२०८१ बैशाख ७

क्याप्टेन विजय लामालाई कोराना संक्रमण

Credit: OnlineKhabar

२९ भदौ, काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । दुई दिनअघि शान्ति सैनिकको टोलीलाई सुडान पुर्‍याएर फर्किएका उनले आइतबार स्वाब दिएका थिए ।

आइतबार नै रिपोर्ट आउँदा  कोरोना संक्रमण पुष्टि भएको नेपाल एयरलाइन्सका एक वरिष्ठ अधिकारीले जानकारी दिए । अहिले उनी सोल्टी होटेलमा छन् । क्याप्टेन लामाले  आफूलाई कोरोना संक्रमण भएको सार्वजनिक रुपमा नै बताएका  छन् ।


Advertisement


उद्धार उडान शुरु भएसँगै नेपाल एयरलाइन्सले आफ्ना कर्मचारीलाई सोल्टीमै क्वारेन्टिनमा राख्दै आएको छ । यसअघि पनि नेपाल एयरलाइन्सका १० भन्दा  धेरै उडान कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

क्याप्टेन लामासँगै ककपिटमा रहेका अर्का क्पाप्टेनसमेत संक्रमित भएका छन् । दुबै जना सोल्टीको आइसोलेसनमा रहेको कम्पनीले जनाएको छ ।

Copy link
Powered by Social Snap