२०८१ बैशाख ८

स्याङ्जाका कोरोना संक्रमितको पोखरामा मृत्यु

साभार: रातोपाटी

पोखरा – पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगतको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । 

स्याङ्जा पुतलीबजार वडा नम्बर १ का ८५ वर्षिय बृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।


Advertisement


भदौ २४ गते अस्पतालको आइसियूमा भर्ना भएका उनको बिहान साढे ६ बजे मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिए । पश्चिमाञ्चल अस्पतालमा मृत्यु हुने उनी १० औं संक्रमित हुन् ।

गण्डकीमा हालसम्म २३ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाई सकेका छन् । 

Copy link
Powered by Social Snap