२०८३ असार १४

स्वास्थ्य

कोरोनाबाट उपत्यकाका ४ सहित ८ को मृत्यु

कोरोनाबाट उपत्यकाका ४ सहित ८ को मृत्यु

देश, समाचार, स्वास्थ्य
साभार: रातोपाटी कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ४ सहित ८ जनाको मृत्यु भएको छ । मृतक सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौंका २० र ७४ वर्षीय पुरुष रहेका छन् भने ललितपुर र भक्तपुरका क्रमशः ७६ र ८८ वर्षीय पुरुष रहेका छन् । यस्तै सप्तरीका ६६, मकवानपुरका ७४, रुपन्देहीका ७२ र कैलालीका ३० वर्षीय पुरुषको पनि मृत्यु भएको छ।   Advertisement यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४६७ पुगेको मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये हालसम्म ०.६५ प्रतिशतको मृत्यु भएको छ ।  ...
पाल्पाको पहिरोमा बेपत्ता भाको पाँचै जनाको शव भेटियो

पाल्पाको पहिरोमा बेपत्ता भाको पाँचै जनाको शव भेटियो

देश, समाचार, सामाजिक, स्वास्थ्य
Credit: OnlineKhabar १० असोज, तानसेन । पाल्पाको रम्भा गाउँपालिका–२ बेलौजामा बिहीबार बिहान पहिरोले घर पुरिँदा बेपत्ता भएका पाँच जनाको शव भेटिएको छ । गएराति थप दुई जनाको शव भेटिएको हो । शुक्रबार दिउँसो तीन जनाको शव भेटिएको थियो । Advertisement जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन गिरीका अनुसार गएराति घरमूली ६० वर्षीय हुमबहादुर गाहा र उनकी श्रीमती ५० वर्षीया हुमीसरा गाहाको शव भेटिएको छ । शुक्रबार दिउँसो कृष्णमाया गाहा, लक्ष्मी गाहा, र खुसीसारा आलेको शव भेटिएको थियो । वर्षाका कारण बिहीबार खोजीकार्य हुन सकेको थिएन । शुक्रबार बिहानदेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीयवासी खोजी कार्यमा खटिएका थिए । ...
धरानमा सप्तरीका कोरोना संक्रमितको मृत्यु

धरानमा सप्तरीका कोरोना संक्रमितको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
Credit: OnlineKhabar १० असोज, काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित एक जना पुरुषको मृत्यु भएको छ । सप्तरीको राजविराज नगरपालिका–३ का ६३ वर्षीय पुरुषको आज बिहानपख १ः३० बजे मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । Advertisement विराट मेडिकल कलेज बिराटनगरबाट रिफर भएर आएका उनी यही असोज ८ गते दिउँसो सवा ३ बजेतिर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएका थिए । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई बिराटनगरबाट धरानस्थित बीपी प्रतिष्ठानमा रिफर गरिएको थियो । प्रतिष्ठानमा कोरोना परीक्षण गर्दा उनमा सोही दिन रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो । ती बिरामीमा पहिलेदेखि अन्य कुन...
बाढीले रुपन्देहीमा  धेरै घरहरु बगायो, ५० घर डुबानमा

बाढीले रुपन्देहीमा धेरै घरहरु बगायो, ५० घर डुबानमा

देश, समाचार, सामाजिक, स्वास्थ्य
Credit: OnlineKhabar १० असोज, बुटवल । रातभरको वर्षाले रुपन्देहीको विभिन्न स्थानमा वस्तीहरु डुबानमा परेका छन् भने बाढीले दर्जन बढी घर बगाएको छ । तिलोत्तमा नगरपालिकामा विभिन्न स्थानमा ७ वटा घर बाढीले बगाएको छ । बुटवल उपमहानगरको लक्ष्मीनगरको डाँडामा सुखौरा खोलामा आएको बाढीले कम्तीमा ४ वटा घर, बाख्राको खोर र केही सवारी साधन बगाएको स्थानीय अगुवा टेकराज पन्थीले बताए । Advertisement तिनाउ नदीको बाढीले बुटवल उपमहानगरपालिकाको वडा नं. १७ रानीगन्ज मनकामना टोलमा एउटा घर र देवदहको चरंगेमा एउटा घर खोलाले बगाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीका बुटवल, तिलोत्तमा, देवदह र लुम्बिनी सांस्कृतिक नगरपालिकामा बाढीले क्षति पु¥याएको छ । रोहिणी नदी बस्तीतिर पसेपछि तिलोत्तमा नगरपालिका–११ भूपू सैनिकमा करिब ५० घर डुबानमा परेका छन् । रोहिणी नद...
तुलसीपुरका कोरोना संक्रमित युवकको मृत्यु

तुलसीपुरका कोरोना संक्रमित युवकको मृत्यु

देश, समाचार, स्वास्थ्य
Credit: OnlineKhabar ८ असोज, तुलसीपुर । दाङको तुलसीपुरमा पहिलो पटक कोरोना संक्रमणका कारण एक युवकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १० गौरीगाउँ निवासी ३९ बर्षीय एक युवकको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको हो । बोनम्यारोको समस्या देखिएपछि ती युवक भदौ ४ गते काठमाडौंस्थित सिभिल अस्पतालमा उपचारका लागि भर्ना भएका थिए। उपचारको क्रममा सोही अस्पतालमा उनलाई कोरोना संक्रमण पुष्टि भएको आफन्तले बताएका छन् । भदौ ३१ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई आईसीयूहितको उपचार चाहिने भन्दै राजधानीको ह्यम्स अस्पतालमा सारिएको थियो । Advertisement उपचारका क्रममा उनको विहीबार विहान साढे २ बजेतिर ह्याम्स हस्पिटलमा मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ । नेपाली सेनाले उनको अन्त्येष्टि काठमाडौंमै गर्ने तयारी गरेको छ । योसहित कोरोना संक्रमणका कार...
नवलपरासी र कपिलवस्तुका २ संक्रमितको बुटवलमा मृत्यु

नवलपरासी र कपिलवस्तुका २ संक्रमितको बुटवलमा मृत्यु

देश, समाचार, स्वास्थ्य
Credit: OnlineKhabar ८ असोज, बुटवल । बुटवलको कोरोना अस्पतालमा उपचाररत नवलपरासी पश्चिम र कपिलवस्तुका एक–एक जना संक्रमितको मृत्यु भएको छ । उनीहरु दुवैजना सात दिनदेखि भेन्टिलेटरमा थिए । गत भदौ २७ गते अस्पताल भर्ना भएका नवलपरासी पश्चिमको रामग्राम नगरपालिका ३ का ४९ वर्षीय पुरुषको बिहीबार बिहान ४ बजे मृत्यु भएको हो । उनी कलेजो र मिर्गौलाका दीर्घ रोगी थिए । यस्तै असोज १ गते अस्पताल भर्ना भएका कपिलवस्तुको बुद्धभूमि नगरपालिका–६ का ५० वर्षीय पुरुषको बिहान ७ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । उनी मधुमेह र मिर्गौलाका दीर्घ रोगी रहेको डा. गौतमले बताए । Advertisement चितवनमा पनि एक जनाको मृत्यु यसैगरी चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित एक युवकको मृत्यु भएको छ । तनहुँको आँबुखैरहनी नगरपालिका वडा नम्बर ३...
भेरी अञ्चल अस्पतालमा कोरोनाबाट वडाध्यक्षको मृत्यु

भेरी अञ्चल अस्पतालमा कोरोनाबाट वडाध्यक्षको मृत्यु

देश, समाचार, स्वास्थ्य
साभार: रातोपाटी बाँके । भेरी अञ्चल अस्पताल नेपालगञ्जमा  उपचारका क्रममा बर्दियाको बारबर्दिया नपा वडा नं ३ का वडाध्यक्ष वर्ष ३९ का सूर्यबहादुर थारुको आज कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।  Advertisement जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले आज बिहान उपचारका क्रममा अध्यक्ष थारुको मृत्यु भएको बताए । यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । यसअघि कैलाली, अछाम, अर्घाखाँचीँ, सुर्खेत र बर्दियाका  कोरोना सङ्क्रमितको बाँकेमा मृत्यु भएको थियो । ...
डा. केसीले लिए स्वेच्छिक डिस्चार्ज

डा. केसीले लिए स्वेच्छिक डिस्चार्ज

देश, समाचार, स्वास्थ्य
साभार: रातोपाटी काठमाडौं । डा.गोविन्द केसीले ट्रमा सेन्टरबाट स्वेच्छिक डिस्चार्ज लिएका छन् । अनसनरत केसीले आज ट्रमा सेन्टरबाट स्वेच्छिक डिस्चार्ज लिएका हुन् । दिउँसो ट्रमा सेन्टर पुर्याइका केसीले साँझ स्वेच्छिक डिस्चार्ज लिएका हुन् । ९ दिनदेखि अनसनरत केसी आज नै नेपालगञ्जबाट आएका थिए । उनी त्रिवि शिक्षण अस्पताल जान खोजे पनि प्रहरीले जबर्जस्ती ट्रमा सेन्टर पुर्याएको थियो ।  Advertisement केसीले शिक्षण अस्पतलमा आफुलाई भर्ना नगर्दासम्म कुनै परीक्षण गर्न नदिने र उपचार पनि नलिने अडान लिएपछि उनलाई आज नै शिक्षण अस्पताल सारिएको हो । केसीका समर्थकहरुले ‘वि आर विथ जिकेसी’, ‘डा. केसी एक्ला छैनौं, हामी तिम्रो साथ छौं’ लगायतका नारा लगाएका थिए । ...
पछिल्लो २४ घण्टामा थप १ हजार ३५६ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा थप १ हजार ३५६ जनामा कोरोना पुष्टि

देश, समाचार, सामाजिक, स्वास्थ्य
साभार: सेतोपाटी पछिल्लो २४ घण्टामा थप १ हजार ३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्गर गौतमका अनुसार मंगलबार थपिएकासहित हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ६६ हजार ६३२ पुगेको छ। त्यस्तै सोही अवधिमा जना कोरोनाबाट ८२३ मुक्त भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ४८ हजार ६१ पुगेको छ। Advertisement कोरोनाबाट निको हुनेको दर ७२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा मृतक थप २ जनामा कोरोना पुष्टि भएको छ। हालसम्म मृतक ४२९ जनामा कोरोना पुष्टि भएको छ। ...
मकवानपुरमा जीप दुर्घटना, दुई बालकको मृत्यु

मकवानपुरमा जीप दुर्घटना, दुई बालकको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
साभार: रातोपाटी मकवानपुर । मकवानपुरको राक्सिराङ–३ मैनाटारमा जीप दुर्घटना हुँदा दुई जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका–३ का १३ वर्षीय रिजन तितुङ र ११ वर्षीय अनुप वाइबा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । Advertisement मनहरीबाट सरिखेत पलाँसे जाँदै गरेको ना १ ज ७१७५ नंको बोलेरो जीप आज दिउँसो दुर्घटना हुँदा दुबै बालकको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका राक्सिराङ गाउँपालिका–३ का २७ वर्षीय सुरज शाहीलाई थप उपचारका लागि भरतपुर अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए ।  जीप चालक राक्सिराङ–५ का भीषण प्रजालाई प्रहरीले नियन्त्रणमा लिइ घटनाका विषयमा थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।  ...