२०८१ बैशाख ११

कोरोनाबाट थप १० को मृत्य, ३४ जना भेन्टिलेटरमा

साभार: रातोपाटी

बितको २४ घण्टामा देशभर कोरोनाभाइरसबाट थप १० जनाको मृत्यु भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । मृतकमा ३ महिला र ७ पुरुष रहेको उनले बताए ।  

मृतकमा काठमाडौंमा ५७ वर्षीया महिला, ६० र ७० वर्षीय पुरुष रहेका छन् । यस्तै बाँकेमा ७६ वर्षीया महिला, ५३ र ३९ वर्षीय पुरुष रहेका छन । यस्तै मोरङमा ६८ वर्षीय पुरुष, सर्लाहीमा ७२ वर्षीया महिला, महोत्तरीमा ५८ वर्षीय पुरुष र चितवनमा ५५ वर्षीय पुरुष रहेका छन् । 


Advertisement


यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ४९१ पुगेको छ । यस्तै देशभर आईसीयूमा २१३ जना रहेका छन् भने भेन्टिलेटरमा ३४ जना रहेका छन् । ५०० बढी संक्रमित रहेको जिल्ला ७ वटा रहेका छन् । 

Copy link
Powered by Social Snap