२०८३ असार ९

मनोरञ्जन / कला

‘अडिसन’बाट यसरी छनोट हुन्छन् कलाकार

‘अडिसन’बाट यसरी छनोट हुन्छन् कलाकार

नेपाली चलचित्र, मनोरञ्जन / कला
चलचित्रको प्रमुख आकर्षण नै कलाकार हुन्छन् । त्यसैले पोस्टरमा उनीहरूलाई प्रस्तुत गर्ने गरिन्छ । चलचित्रमा देखिने कलाकारले ती भूमिका कसरी पाउने गर्छन् ? वा निर्देशकले चरित्र चयन कसरी गर्ने गरेका छन् ? विदेशी चलचित्रमा कलाकार छनोट गर्ने निकाय नै हुन्छ । उनीहरूले नै कथा पढेर पात्रअनुसार कलाकार सुझाव दिने गर्छन् । यद्यपी नेपालमा त्यस्तो छैन । निर्देशक आफैँले छनोट गर्ने गरेका छन् । केही समययता कलाकार छनोट गर्न पनि निर्देशक राखिन्छ । उनीहरूलाई चलचित्रको भाषामा ‘कास्टिङ डिरेक्टर’ भनिन्छ । पात्र सुहाउँदो कलाकारको लागि अडिसन पनि लिने गरिन्छ । पात्रको गाउँ, स्वभाव, वर्णदेखि शिक्षा र हाउभाउसमेत पात्र छनोट गर्ने निर्देशक वा चलचित्रको निर्देशकले तय गर्छन् । नेपालमा चलचित्रका लागि कलाकार छनोट र भूमिकामा पात्र चयन केही वर्षयता प्रक्रियागतरूपमै हुन् थालेको निर्देशक दिनेश राउतले बताउनुभयो । उह...
नयाँ प्रविधिमा पुराना चलचित्र

नयाँ प्रविधिमा पुराना चलचित्र

मनोरञ्जन / कला
चलचित्र निर्माण (पोष्ट प्रोडक्सन), छायाँकनदेखि प्रदर्शनसम्म डिजिटल प्रविधिबाट हुने गर्दछ । नेपालमा ‘डिजिटल यात्रा’ को सुरुआत भूषण दाहाल निर्देशित ‘कागबेनी’ र आलोक नेम्वाङ निर्देशित ‘सानो संसार’ को निर्माण र प्रदर्शनसँगै भएको थियो । सन् २००८ मा क्वेष्ट इन्टरटेनमेन्टले निर्माण गरेका यी दुई चलचित्रसँगै डिजिटल प्रविधि भित्रिएको र निर्माण सहज, व्यवस्थित तथा व्यावसायिक भएको चलचित्रकर्मी बताउँछन् । प्रविधि डिजिटलमय भएसँगै चलचित्र विकास बोर्डले पुराना चलचित्रलाई संरक्षण र सुरक्षित गर्ने उद्देश्यले डिजिटाइजेसन तथा रेष्टोरेसन गरेको छ । सेल्युलाइड प्रविधिमा रहेको महत्वपूर्ण चलचित्र आमा, के घर के डेरा, बदलिँदो आकाश, जीवनरेखा, सिन्दूर, कुमारी, मनको बाँध, परिवर्तन, हिजोआज भोलि र शान्तिदीपलाई डिजिटाइजेसन गरेर सुरक्षित राखेको बोर्डका चलचित्र सङ्ग्रहालय, सूचना तथा अन्तर्राष्टिय सम्बन्ध अधि...
लघु चलचित्र प्रतियोगिता हुँदै

लघु चलचित्र प्रतियोगिता हुँदै

मनोरञ्जन / कला
चलचित्र विकास बोर्डले लघु चलचित्र प्रतियोगिता आयोजना गर्ने भएको छ । मौलिक, सामाजिक रुपान्तरण र जागरण, सचेतना, लैङ्गिक हिंसा, जातीय विभेद, कुप्रथा, राष्ट्रिय स्वाभिमान र कला संस्कृतिलाई संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले निर्माण भएका लघु चलचित्रको प्रतियोगिता गर्ने जानकारी दिएको छ । “लघु चलचित्र निर्माण गर्नेलाई प्रोत्साहन र उचित अवसर मिलोस् भन्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो । चलचित्रकर्मीलाई सरल र सहजताका लागि बोर्ड सदैव साथ मै छ”, बोर्ड अध्यक्ष भुवन केसीले भन्नुभयो । प्रतियोगितामा सहभागी हुनका लागि बोर्डबाट स्वीकृत ढाँचाको दरखास्त फारम २०८० वैशाख १० गतेसम्ममा बोर्डको कार्यालय अथवा इमेलमार्फत पेस गर्नुपर्नेछ । प्रतियोगितामा उत्कृष्ट हुने तीन चलचित्रले क्रमशः प्रथम हुने चलचित्रले रु एक लाख ५० हजार, द्वितीय हुनेले रु एक लाख र तृतीय हुनेले रु ७५ हजार प्राप्त...
देउडा अभिनयमा जम्दै ‘झरना’

देउडा अभिनयमा जम्दै ‘झरना’

मनोरञ्जन / कला
महेन्द्रनगर, १५ चैत (रासस) : पहाडी जिल्ला अछाममा जन्मिएकी मोडल तथा नृत्याङ्गना झरना बोहरा सुदूरपश्चिमको देउडा गीत अभिनयमा चर्चित बन्दै गएकी छिन् । उहाँको परिवार अछामबाट कैलाली झरेपछि बाल्यकाल भजनीमा बित्यो । सानैदेखि देउडा गुनगुनाउने उहाँ पछि अभिनयमा लाग्नुभयो । देउडासँगै आधुनिक गीतमा समेत बोहराले अभिनय गर्दैआउनुभएको छ । नृत्य एकदमै राम्रो भएका कारण बोहरालाई कर्णालीको जुम्लादेखि भारतको बैंग्लोरसम्म निम्तो आइरहन्छ । सुदूरपश्चिमकी चल्तीकी कलाकार बोहराको माग यहाँका नौवटै जिल्लामा हुने मेला महोत्सवमा अझ बढी छ । “प्रायः गीतको अभिनयमै बढी समय दिने गरेकी छु”, बोहराले भन्नुभयो, “पछिल्लो समय स्टेज कार्यक्रममा नृत्यका लागि बोलाउने क्रम बढेको छ ।” सुदूरपश्चिमका देउडा तथा आधुनिक गीत गरेर बोहराले तीन सयभन्दा बढीमा अभिनय गरिसक्नुभएको छ । सुदूरपश्चिमेलीहरूले देउडा कार्यक्रममा भारतमा समेत...
Raju Lama & Mongolian Heart to perform live in Thamel

Raju Lama & Mongolian Heart to perform live in Thamel

मनोरञ्जन / कला
काठमाडौं । गायक राजु लामाले काठमाडौंको ठमेलस्थित टर्टल लाउन्ज एण्ड क्लबमा लाइभ कन्सर्ट गर्ने भएका छन् । ‘भ्वाइस अफ नेपाल’को कोचसमेत रहेका लामाले शुक्रबार बेलुकी आफ्नो ब्यान्ड ‘मंगोलियन हार्ट’सहित लाइभ प्रस्तुति दिने भएका हुन् । कन्सर्टमा लामाले मंगोलियन हार्टका चर्चित गीतमा प्रस्तुति दिने तयारी छ । टर्टलका सञ्चालक आयुष ठकुरीका अनुसार लामाले मंगोलियन हार्टका चर्चित गीतहरु पर्खाइमा भिज्यो सिरानी, तिमीलाई देखेर, हल्ला चलेछ, बादलपारिको देशबाट, म माया लाउँदिन, सायद तिम्रो बाटोमा लगायत गीत प्रस्तुत गर्नेछन् । यसअघिका टर्टलमा गायिकाहरु तृष्णा गुरुङ, त्रिशला गुरुङलगायतले लाइभ ब्याण्डसहित सांगीतिक प्रस्तुति दिएका थिए । विगत पाँच वर्षदेखि सञ्चालित टर्टल क्लब गत क्रिसमस इभमा सविन राईको लाइभ कन्सर्टसहित नयाँ स्वरुपबाट सञ्चालनमा छ । केही सातासम्म अब हरेक शुक्रबार टर्टलमा चर्चित कलाका...
प्रियंका कार्की ‘मुन्द्रेको कमेडी क्लब’को नयाँ अध्यक्ष

प्रियंका कार्की ‘मुन्द्रेको कमेडी क्लब’को नयाँ अध्यक्ष

मनोरञ्जन / कला
काठमाडौं । अभिनेत्री प्रियंका कार्की ‘मुन्द्रेको कमेडी क्लब’को नयाँ संस्करणमा अध्यक्षको भूमिकामा देखिने भएकी छन् । प्रियंकालाई लिएर जितु नेपालले बुधबार महाराजगञ्जको एक ब्याङ्क्वेटमा कार्यक्रमको प्रोमो छायांकन गरिसकेका छन् । यसअघि यो टीभी शोमा दीपाश्री निरौला र करिश्मा मानन्धरले अध्यक्षको भूमिका निर्वाह गरिसकेका छन् । निकट स्रोतले अध्यक्षको रुपमा प्रियंका निश्चित भएको र प्रोमो छायांकन भइसकेको जानकारी दियो । दमन रुपाखेतीसहितका कलाकारले यो कार्यक्रमको तेस्रो सिजनमा प्रवेश गरेका छन् । दमनसहित श्याम राना, दिनेश काफ्ले, राजेन्द्र नेपाली ‘लट्टे’, प्रभात लामा र एलिना बास्कोटा ‘सान्नानी’ यो कार्यक्रममा देखिनेछन् । अघिल्लो संस्करणको चर्चित पात्र फुलन्देको आमाको ठाउँमा यसपटक जितुको सानीआमा पात्रलाई इन्ट्री गराइँदैछ, जसलाई श्याम रानाले निर्वाह गर्नेछन् । ‘छक्कापञ्जा’ फेम्ड सुमन ग...
‘पशुपतिप्रसाद’को चर्चित पात्रमाथि ‘भष्मे डन’ निर्माण हुने, दशैंमा रिलिज तयारी

‘पशुपतिप्रसाद’को चर्चित पात्रमाथि ‘भष्मे डन’ निर्माण हुने, दशैंमा रिलिज तयारी

नेपाली चलचित्र, मनोरञ्जन / कला
काठमाडौं । चर्चित फिल्म ‘पशुपतिप्रसाद’मा निकै रुचाइएको पात्र थियो भष्मे डन । यो चरित्रले बिपिन कार्कीलाई घरेलु फिल्ममा स्थापित गरिदियो । यो पात्रमाथि सयौ मिम र ट्रोल बने । नेटिजनमाझ यसको चर्चा अहिले पनि सेलाएको छैन । यो लोकप्रिय पात्रमाथि फिल्म ‘भष्मे डन’ निर्माण हुने भएको छ । पशुपतिप्रसादको स्पिन-अफ (कुनै फिल्मको चर्चित पात्रमाथि केन्द्रित रहेर निर्माण हुने अर्को फिल्म) को रुपमा यो प्रोजेक्ट बन्ने भएको हो । निर्माणमा ‘पशुपतिप्रसाद’ फेम्ड निर्देशक दीपेन्द्र खनाल र अभिनेता खगेन्द्र लामिछानेले सहकार्य गर्ने छन् । दीपेन्द्रले निर्देशन र खगेन्द्रले निर्माण गर्ने निधो भएको छ । पटकथा पनि खगेन्द्र स्वयमले लेखिरहेका छन् । भष्मे डनको शीर्ष भूमिकामा बिपिनले नै अभिनय गर्नेछन् । ‘पशुपतिप्रसाद’मा हनुमानको भूमिकामा देखिएका रविन्द्रसिंह बानियाँ पनि भष्मे डनमा देखिनेछन् । साथै, मित बाक...
जसको अद्भूत क्षमता देखेर बेलायती प्राध्यापकहरू चकित खाए, हेर्नुहोस् युट्युबमा

जसको अद्भूत क्षमता देखेर बेलायती प्राध्यापकहरू चकित खाए, हेर्नुहोस् युट्युबमा

मनोरञ्जन / कला
त्यो बेला समुद्र तरेर जानु राम्रो मानिन्थेन। विदेशिँदा समाजले अस्वीकार नै गर्थ्यो। त्यसमाथि बेलायतले भारतमाथि शासन गरिरहेकै बेला थियो। त्यस्तो परिवेशमा मद्रासका ब्राह्मण श्रीनिवास रामनुजनले यी सबै घेरा नाघ्ने हिम्मत गर्लान्? यो कथा बीसौं शताब्दीतिरको हो। रामानुजन एक गरिब परिवारका युवा हुन्, कामको खोजीमा भौंतारिरहेका छन्। कुनै औपचारिक डिग्री नभएका उनी कार्यालयहरूमा काम गर्न चाहन्छन्। आफूले बनाएका केही नोट र टिपोट नै उनको प्रमाणपत्र हो। ती कागजात हेरेर कतिले उनको तारिफ पनि गर्छन्। तर जागिर कसैले दिँदैनन्। कमाइ नभएकै कारण उनले भर्खरै बिहे गरेकी श्रीमतीलाई आफूसँग राख्न सकेका छैनन्। दिनरात भौंतारिरहेका बेला एक दिन उनी एक ठाउँमा पुगेर अडिन्छन्। त्यहाँका हाकिमले उनलाई काम दिन्छन्। उनी रामानुजनको काम देखेर प्रभावित हुन्छन्।&n...
ओस्करमा पुगेका ३ उत्कृष्ट छोटा फिल्म, हेर्नुहोस् युट्युबमा

ओस्करमा पुगेका ३ उत्कृष्ट छोटा फिल्म, हेर्नुहोस् युट्युबमा

मनोरञ्जन / कला
लम्बाई कम हुँदैमा छोटा फिल्मले पार्ने प्रभावको असर छोटो हुँदैन। कम समयमा चरित्र स्थापित गर्ने, द्वन्द्व सिर्जना गरी रोमाञ्च र संवेदना जगाउने, कथा र दृश्यमा आफ्नो शिल्प देखाउने चुनौती स्वीकार्दै छोटा फिल्मका सर्जकहरूले उम्दा काम गर्दै आएका छन्। अर्कोतिर, दैनिक जीवनका मसिना घटनाबाटै कथा टिपेर सामाजिक कथा भन्ने मामिलामा पनि छोटा फिल्मको योगदान महत्वपूर्ण छ। छोटा फिल्मलाई सिर्जनशील निर्देशकले छोटो समय र थोरै लगानीमा आफ्नो प्रतिभा देखाउने माध्यमसमेत बनाएका छन्। यस्तै विशेषताका कारण फिचर फिल्मसँगै छोटा फिल्मले ओस्कर, कान्सलगायत संसारभरका अवार्ड समारोहमा आफ्नो स्थान बलियो बनाएका छन्। सन् १९२९ देखि वितरण हुन थालेको ओस्करका केही वर्षमै छोटा फिल्मबीच नियमित प्रतिस्पर्धा हुन थालेको हो। सन् १९३२ मा जेम्स प्यारोटको 'म्युजिक बक्स' पहिलो पटक पुरस्कृत छोटो फिल्म हो।  आज हामीले ओ...
कदम थिएटरमा ‘१२ एंग्री म्यान’को नेपाली रुपान्तरण ‘१२ दुर्वासा’ मञ्चन हुने

कदम थिएटरमा ‘१२ एंग्री म्यान’को नेपाली रुपान्तरण ‘१२ दुर्वासा’ मञ्चन हुने

मनोरञ्जन / कला
कदम थिएटरमा विश्वप्रसिद्ध अमेरिकी नाटक तथा टिभी सिरिज '१२ एंग्री म्यान'को नेपाली रुपान्तरण नाटक '१२ दुर्वासा' मञ्चन हुने भएको छ। झापा दमकस्थित थिएटरमा यही भदौ १० गतेबाट नाटक मञ्चन हुने लागेको हो। विसं २०७३ मा मण्डला थिएटरले समेत यस नाटकको नेपाली रुपान्तरण पस्किसकेको छ। यो नाटक विश्वका धेरै मुलुकका मञ्चमा मञ्चन भइसकेको छ। सिजन दाहालको परिकल्पना तथा निर्देशन रहने नाटकमा हेमन्त बुढाथोकी, जीवन बराल, मौसम राना, तिब्बत राई, सुवास खरेल, बलु राई, रोमनाथ ओली, राजेन्द्र अधिकारी, सन्तोष दुलाल, चिरञ्जीवी घिमिरे, सुमन लिङ्देन, मनिकशंकर, सुजन भण्डारी, नवीन रिजाललगायत कलाकारको अभिनय छ। नाटकमा एउटा छोराले आफ्नै बुबालाई मारेको हो वा होइन भन्ने एकै प्रश्नमा केन्द्रित छ। अदालतले यो विषयमा निर्णय गर्न गाह्रो भएर वा विशेष कारणवश केही गम्भीर शंका देखेर फरक पे...