२०८१ बैशाख १७

शिक्षा

वीरगञ्जस्थित नेशनल मेडिकल कलेजलाई कारबाहीको माग

वीरगञ्जस्थित नेशनल मेडिकल कलेजलाई कारबाहीको माग

देश, शिक्षा, समाचार
२८ पुस, काठमाडौं । नेशनल मेडिकल कलेज वीरगञ्जले अतिरिक्त शूल्क नतिरेको भन्दै दुईजना विद्यार्थीलाई एमबीबीएस परीक्षा दिनबाट बञ्चित गरेको घटनाप्रति नेपाल विद्यार्थी संघले आपत्ति जनाएको छ । सरकारी छात्रावृत्तिमा अध्ययनरत रामजी राम र पंकज रामलाई नियम विपरीतको शूल्क नतिरेको भन्दै परीक्षाबाट वञ्चित गरेर विद्यार्थीको भविष्यमाथि नै खेलवाड गरेको भन्दै नेविसंघले कलेज र कलेजका सञ्चालकलाई हदैसम्मको कारबाही गर्न माग गरेको हो । Advertisement नेविसंघका अध्यक्ष राजिव ढुंगानाले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै रामजी र पंकज दुवै जनालाई तत्काल पुनः परीक्षाको व्यवस्था मिलाउन त्रिवि चिकित्सा शिक्षा अध्ययन संस्थान डिनको कार्यालयसँग माग समेत गरेका छन् । शिक्षा मन्त्रालय, चिकित्सा शिक्षा आयोग र विश्व विद्यालय अनुदान आयोगका पदाधिकारीले समेत आफ्नो जिम्मेवारी पूरा ...
कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम पारित

कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम पारित

देश, शिक्षा, समाचार
कक्षा ११ र १२ मा पुरानै पाठ्यक्रमलाई मान्यता अनुसार पठाइयोस् भनेर भागवता अर्याल समेत ७ जनाले दिएको रिटलाई सर्वोच्च अदालतले खारेज गरेको छ । न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाशकुमार ढुङ्गानाको १० नम्बर बेञ्चको संयुक्त इजलासले आज रिट खारेज गर्दै नयाँ पाठयक्रम अनुसार अध्ययन/अध्यापन गर्न÷गराउन निर्देशनात्मक आदेश दिएको हो ।  Advertisement भागवता अर्यालसमेत ७ जनाले पाठ्यक्रम विकास केन्द्रलाई विपक्षी बनाई सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्च अदालतको यो निर्णयले विद्यालय र विद्यार्थीमाथि रहेको अन्योल हटेको छ । सर्वोच्चमा रिट दायर भएपछि नयाँ पाठयक्रम वा पढने वा पुरानै पाठयक्रम बमोजिम पढने÷पढाउने भन्नेमा विद्यार्थी र विद्यालयहरु अन्योलमा थिए । झण्डै तीन दशकपछि कक्षा ११ र १२ मा नयाँ पाठयक्रम अनुसार पढाई हुँदैछ ।  सर्वोच्च अदालतका संञ्चार विज्ञ किशो...
नेपाली विद्यार्थीले पनि इ–९ भिसा पाउन जुर्यो

नेपाली विद्यार्थीले पनि इ–९ भिसा पाउन जुर्यो

देश, शिक्षा, समाचार
दक्षिण कोरिया सरकारले यहाँ अध्ययनरत विदेशी विद्यार्थीलाई पनि इ–९ भिसा उपलब्ध गराउने गरी तयारी थालेको छ । इ–९ भिसा कोरियन भाषा परीक्षा उत्तीर्ण गरी इपिएस प्रक्रियामार्फत कोरियामा रोजगारीका लागि आउने प्रवासी श्रमिकलाई दिने भिसा (प्रवेषाज्ञा) हो । यहाँ अध्ययनरत विज्ञान र इञ्जिनीयरिङ विषयमा स्नातक प्राप्त विदेशी विद्यार्थीलाई रोजगारी प्रदान गर्ने हेतुले सो भिसा प्रदान गर्न लागिएको यहाँको श्रम मन्त्रालयलाई उद्यृत गर्दै प्रवासी श्रमिक युनियनका अध्यक्ष उदय राईले बताए । Advertisement यहाँको  रोजगार तथा श्रम मन्त्रालयले तयार पारेको अवधारणाका विषयमा कानून मन्त्रालयसँगको समन्वयमा यो वर्षभित्र नयाँ कानून कार्यान्वयनमा ल्याउने गरी काम शुरु भएको छ । यस अवधारणालाई कार्यान्वयन गर्नुअघि कानून मन्त्रालयले सर्वेक्षण गर्नेछ र आवश्यक निर्णय लिनेछ । इपिएस प्...
काठमाडौं विश्वविद्यालयको  उपकुलपति दरखास्त ढोका खुला

काठमाडौं विश्वविद्यालयको उपकुलपति दरखास्त ढोका खुला

देश, शिक्षा, समाचार
२२ पुस, काठमाडौं । सरकारले काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपति पदमा नियुक्त हुन इच्छुक व्यक्तिसँग दरखास्त माग गरेको छ । हालका उपकूलपति रामकण्ठ मकाजुको लगातार दोस्रो कार्यकाल आउँदो माघ पहिलो साता सकिँदै छ । शिक्षा मन्त्रालयले काठमाडौं विश्वविद्यालयको उपकुलपति हुन इच्छुक व्यक्तिलाई पुस २७ गतेभित्र सिफारिस समितिका अध्यक्ष एवम् शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको इमेलमा व्यक्तिगत विवरण पठाउन भनेको छ । Advertisement प्राप्त विवरणका आधारमा योग्य व्यक्तिको नामावली सिफारिस समितिले मन्त्रिपरिषदमा प्रस्ताव लैजाने र कुलपति एवम् प्रधानमन्त्रीले उपकुलपति नियुक्त गर्ने व्यवस्था छ । हालका उपकुलपति माकाजु पुनः तेस्रो कार्यकालका लागि उपकुलपति नियुक्त हुने दाउमा छन् । तर पहिलो कार्यकालमा नियमविपरीत मेडिकल कलेजलाई सम्बन्धन दिएको, दोस्रो कार्यकालमा विश्वविद...
नेसनल प्याब्सन : पौष २५ गते २३ औँ वार्षिक उत्सव र कोरोना पछीको शिक्षा ‘स्ट्रेटेजी’ छलफल (आधिकारिक सूचना/निमात्रणा)

नेसनल प्याब्सन : पौष २५ गते २३ औँ वार्षिक उत्सव र कोरोना पछीको शिक्षा ‘स्ट्रेटेजी’ छलफल (आधिकारिक सूचना/निमात्रणा)

देश, शिक्षा, समाचार
निजी तथा आवासीय विद्यालय हरु को राष्ट्र संगठन ' नेसनल प्याब्सन ' ले यही मिति २०७७ पौष २५ गते २३ औँ वार्षिक उत्सवको उपलक्ष्यमा आगामी शिक्षा योजना र कोरोना बाट प्रभावित शिक्षा क्षेत्रलाई उकास्न बृहत गोष्ठी आयोजना गरेको छ। सम्पूर्ण शिक्षा क्षेत्रमा संलग्न र रुचि राख्ने व्यक्तित्त्वलाई यस कार्यक्रम मा खुला निम्ता भएको नेसनल प्याब्सन का संचार विभाग प्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो। Advertisement आधिकारिक सूचना यस प्रकार रहेको छ: आदरणीय सर तथा म्याडमज्युहरु, नमस्कार । यही मिति २०७७ पाैष २५ गते शनिबार, बिहान ११ बजे रोयल ब्यानक्वेट, तिनकुनेमा नेसनल प्याब्सन को २३ औं स्थापना दिवसको अवसरमा नेसनल प्याब्सन काठमाडौँ जिल्ला समितिको पहलमा प्याब्सन र हिसान लगायतका शैक्षिक संगठनका नेताहरु साथै विज्ञहरु, शिक्षाविद् तथा सरोकारवालाहरुसमेतको उपस्थितिमा,...
विश्वभाषा क्याम्पस माघदेखि पुन संचालन

विश्वभाषा क्याम्पस माघदेखि पुन संचालन

देश, शिक्षा, समाचार
१३ पुस, काठमाडौं । विश्वभाषा क्याम्पसमा आगामी माघ १९ गतेदेखि कक्षा सञ्चालन हुने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण गत चैतदेखि स्थगित पढाइ पुनः सञ्चालनमा आउन लागेको हो । क्याम्पसले चिनियाँ, फ्रान्सेली, जर्मन, स्पेनी, जापानी, इटाली, कोरियाली, प्रारम्भिक अंग्रेजी र लेखन अंग्रेजीमा भर्ना समेत आह्वान गरेको छ । Advertisement लेखन अंग्रेजीका लागि स्नातक र बाँकी भाषाका लागि एसईई/एसएलसीमा कम्तीमा ‘सी’ ग्रेड ल्याउनु पर्ने र १७ पुसदेखि २७ पुससम्म आवेदन फर्म बुझाउन सकिने क्याम्पसले जनाएको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको विश्वभाषा क्याम्पसमा हरेक ६–६ महिनामा नयाँ भर्ना खुल्छ । Credit: OnlineKhabar ...
केयूले पाएन १३ अर्ब : माकाजुले शंकास्पद सम्झौता गरेकै हो?

केयूले पाएन १३ अर्ब : माकाजुले शंकास्पद सम्झौता गरेकै हो?

देश, राजनीति, शिक्षा, समाचार
१३ पुस, काठमाडौं । २५ डिसेम्बरमा काठमाडौं विश्वविद्यालय (केयू) र ब्रिजिन फाउन्डेसनबीच सहयोग सम्झौता भएको एक वर्ष पूरा भएको छ । सम्झौतामा १२ करोड अमेरिकी डलर (करिब १३ अर्ब रुपैयाँ) दिने उल्लेख भए पनि एक रुपैयाँ प्राप्त नगरेको केयू स्रोतले जानकारी दिएको छ । ९ पुस २०७६ मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई साक्षी राखेर केयूका उपकुलपति डा. रामकण्ठ माकाजु श्रेष्ठले फाउन्डेसनका अध्यक्ष ताङ्को मोडोयुसँग सम्झौता गरेका थिए । तर सहयोग रकम आउनु त कता हो कता काठमाडौं आउन पनि मोडोयुलाई केयूले नै प्लेन टिकटको जोहो गरेको देखिन्छ । फाउन्डेसनका अध्यक्षको आउजाउ खर्च व्यहोर्दा नै कलेजको लाखौं खर्च भएको देखिन्छ । Advertisement ‘साँच्चिकै सहयोग गर्न सक्ने संस्था हो भने काठमाडौं आउनलाई पनि केयूले टिकट किनिदिनुपर्ने, दालभातको व्यवस्था गर्नुपर्ने अवस्था कसरी आउँछ ?’ काठम...
लोक सेवाको जाँच: ८ जना नक्कली परीक्षार्थी पक्राउ

लोक सेवाको जाँच: ८ जना नक्कली परीक्षार्थी पक्राउ

देश, शिक्षा, समाचार
२५ मंसिर, सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले अर्काको नाममा परीक्षा दिने आठ नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । लोक सेवा आयोगको कार्यालय सुर्खेतमा प्राविधिक जवान सङ्गीततर्फको परीक्षामा अर्काको परीक्षा दिँदै गरेका आठ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भगवतीमाई गाउँपालिका–७ दैलेख निवासी कमल विकको स्थानमा परीक्षा दिने सोही गाउँपालिकामा बस्ने २३ वर्षीय तिलक विक, गुराँस गाउँपालिका–२ दैलेख बस्ने रणबहादुर रावललको स्थानमा सोही ठाँउका १९ वर्षीय रामबहादुर कार्की रहेको प्रहरी निरीक्षक कनक शाहीले जानकारी दिए । Advertisement त्यस्तै भगवतीमाई गाउँपालिका–७ दैलेख बस्ने चक्रराज विकको स्थानमा परीक्षा दिने सोही ठाउँका २५ वर्षीय दीपेन्द्र विक, नारायण नगरपालिका–७ दैलेख चन्द्रबहादुर रानाको ठाउँमा परीक्षा दिने चामुण्डा बिन्द्रासैनी नगरप...
शिक्षकमा कोरोना देखिएपछि झरुवारासीमा विद्यालय बन्द

शिक्षकमा कोरोना देखिएपछि झरुवारासीमा विद्यालय बन्द

देश, शिक्षा, समाचार
२४ मंसिर, काठमाडौं । ललितपुरको गोदावरी–१३, झरुवासीस्थित नवज्योति माध्यमिक विद्यालयले तीन दिन पठनपाठन बन्द गरेको छ । दुई शिक्षकमा नोवेल कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएपछि मंसिर २५ देखि २७ गतेसम्म विद्यालय बन्द गरिएको प्रधानाध्यापक हरिहर लामिछानेले जानकारी दिए । Advertisement लामिछानेका अनुसार तीन दिनका लागि नर्सरीदेखि कक्षा १२ सम्मको पढाई बन्द गरिएको हो । संक्रमित दुबै शिक्षक होमआइसोलेसनमा रहेको विद्यालयले जनाएको छ । नेपाल अभिभावक महासंघले भने कोरोनाको जोखिम अन्त्य नभईसकेकाले तत्काल फेसटुफेस पढाई नगर्न आग्रह गरेको छ । ‘एकदमै सुरक्षित ठाउँमा बाहेक अहिले विद्यालय गर्न हतार नगरौं, अहिलेलाई वैकल्पिक उपायमै जानु पर्दछ’ महासंघका अध्यक्ष सुप्रभात भण्डारी भन्छन्, ‘ठूला विद्यार्थी पढ्ने विश्वविद्यालय नै खोल्न नसकीरहेका बेला विद्यालय खोल्न आत्...
सभामुख द्वारा  पुस्तकालयको निरीक्षण

सभामुख द्वारा पुस्तकालयको निरीक्षण

देश, शिक्षा, समाचार
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सामुहिक छलफलबाट पुस्तकालयको प्रभावकारी व्यवस्थापन गर्न सकिने बताएका छन् । मंगलबार संघीय संसद सचिवालयमा रहेको पुस्तकालयको निरीक्षणका क्रममा सभामुख सापकोटाले सानो ठाउँमा पनि कसरी प्रभावकारी पुस्तकालय व्यवस्थापन गर्न सकिन्छ भनेर सामुहिक छलफल गर्न सुझाव दिएका छन् । Advertisement उनले आफ्नो र संसद सचिवालयको तहबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको सभामुखको सचिवालयले जनाएको छ । पुस्तकालय अवलोकनका क्रममा सभामुख सापकोटाले पुस्तक पुज्नुपर्छ भनेर सिकाइएको संस्कारभित्र गहन अर्थ रहेको बताए । उनले भने–‘सँस्कार कस्तो बसाल्ने भन्ने महत्वपूर्ण हुन्छ, पुस्तकलाई पुज्नुपर्छ भनेर सिकाइएको अर्थ धेरै गहन छ ।’  सभामुख सापकोटाले नयाँ नयाँ प्रविधिको विकास भएपनि पुस्तकालयमा बसेर पढ्नुको मज्जा बेग्लै रहेको चर्चा ग...