एसईई पुरानै शैलीमा : नेताहरु भन्छन्– संघीयताको मर्म र भावना विपरीत
२८ माघ, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)लाई पुरानै शैली र संरचनामा सञ्चालन गर्ने सरकारको निर्णयप्रति विद्यार्थी संगठनका नेताहरुले विरोध जनाएका छन् । यो निर्णय संघीयताको मर्म र भावना विपरीत भएको उनीहरुको ठहर छ ।
नेकपा सम्बद्ध अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले यो निर्णय सरकारले सच्याउनुपर्ने बताए । ‘सरकारको यो पछिल्लो निर्णय संघीयता र एसईईको जुन ट्र्याक बनाइएको थियो, त्यसको विरुद्धमा छ । यो कुनै हालतमा स्वीकार्य छैन ।’
Advertisement
यसैगरी नेपाली कांग्रेस सम्बद्ध नेविसंघका महामन्त्री बलदेव तिमिल्सिनाले पनि सरकारको यो निर्णय खेदजनक भएको बताए । संघीयताको मर्म, भावना र शिक्षा नीतिमा रहेको प्रावधान विपरीत सरकारले निर्णय गरेको उनको भनाइ छ ।
‘प्रदेश र स्थानीय तहलाई निकम्मा बनाएर शिक्षाको अधिकार आफैंसँग राख्ने मन्त्रिपरिषदको निर्णयले के...









