२०८१ आश्विन ५

नेसनल प्याब्सन : पौष २५ गते २३ औँ वार्षिक उत्सव र कोरोना पछीको शिक्षा ‘स्ट्रेटेजी’ छलफल (आधिकारिक सूचना/निमात्रणा)

निजी तथा आवासीय विद्यालय हरु को राष्ट्र संगठन ‘ नेसनल प्याब्सन ‘ ले यही मिति २०७७ पौष २५ गते २३ औँ वार्षिक उत्सवको उपलक्ष्यमा आगामी शिक्षा योजना र कोरोना बाट प्रभावित शिक्षा क्षेत्रलाई उकास्न बृहत गोष्ठी आयोजना गरेको छ।

सम्पूर्ण शिक्षा क्षेत्रमा संलग्न र रुचि राख्ने व्यक्तित्त्वलाई यस कार्यक्रम मा खुला निम्ता भएको नेसनल प्याब्सन का संचार विभाग प्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो।


Advertisement


आधिकारिक सूचना यस प्रकार रहेको छ:

आदरणीय सर तथा म्याडमज्युहरु, नमस्कार । यही मिति २०७७ पाैष २५ गते शनिबार, बिहान ११ बजे रोयल ब्यानक्वेट, तिनकुनेमा नेसनल प्याब्सन को २३ औं स्थापना दिवसको अवसरमा नेसनल प्याब्सन काठमाडौँ जिल्ला समितिको पहलमा प्याब्सन र हिसान लगायतका शैक्षिक संगठनका नेताहरु साथै विज्ञहरु, शिक्षाविद् तथा सरोकारवालाहरुसमेतको उपस्थितिमा, विभिन्न तह र तप्काका जनप्रतिनिधिहरूको आतिथ्यतामा साथै माननिय शिक्षा मन्त्रि कृष्णगोपाल श्रेष्ठको प्रमुख आतिथ्यतामा हुन गइहेको: “कोभिड-१९ महामारी पछिको विधालय संचालन, नयाँ पाठ्यक्रमको सम्भाव्यता र शैक्षिक स‌‌त्रको निर्क्योल” विषयक अन्तरक्रिया कार्यक्रममा सम्पुर्ण प्रिन्सिपल , विधालय संचालकहरू तथा शिक्षाप्रेमीहरू अनिवार्य सहभागी भएर कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुन हार्दिक अनुरोध गर्दछु।

राजन श्रेष्ठ संचार विभाग प्रमुख, नेसनल प्याब्सन काठमाडौँ जिल्ला समिति

Copy link
Powered by Social Snap