२०८१ जेष्ठ १

सभामुख द्वारा पुस्तकालयको निरीक्षण

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सामुहिक छलफलबाट पुस्तकालयको प्रभावकारी व्यवस्थापन गर्न सकिने बताएका छन् । मंगलबार संघीय संसद सचिवालयमा रहेको पुस्तकालयको निरीक्षणका क्रममा सभामुख सापकोटाले सानो ठाउँमा पनि कसरी प्रभावकारी पुस्तकालय व्यवस्थापन गर्न सकिन्छ भनेर सामुहिक छलफल गर्न सुझाव दिएका छन् ।


Advertisement


उनले आफ्नो र संसद सचिवालयको तहबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको सभामुखको सचिवालयले जनाएको छ ।

पुस्तकालय अवलोकनका क्रममा सभामुख सापकोटाले पुस्तक पुज्नुपर्छ भनेर सिकाइएको संस्कारभित्र गहन अर्थ रहेको बताए । उनले भने–‘सँस्कार कस्तो बसाल्ने भन्ने महत्वपूर्ण हुन्छ, पुस्तकलाई पुज्नुपर्छ भनेर सिकाइएको अर्थ धेरै गहन छ ।’  सभामुख सापकोटाले नयाँ नयाँ प्रविधिको विकास भएपनि पुस्तकालयमा बसेर पढ्नुको मज्जा बेग्लै रहेको चर्चा गर्दै समयानुकूल परिवर्तन गर्दै ‘इ–लाइब्रेरी’का लागि गरिएको तयारीप्रति खुसी व्यक्त गरे । 

साभार: रातोपाटी

Copy link
Powered by Social Snap