२०८० चैत्र १६

शिक्षा

आजदेखि काठमाडौंको तारकेश्वरमा विद्यालय सञ्चालन

आजदेखि काठमाडौंको तारकेश्वरमा विद्यालय सञ्चालन

देश, शिक्षा, समाचार
काठमाडौंको तारकेश्वर नगरपालिकाले आजदेखि नगरभित्रका विद्यालय खुला गरेको छ । स्वास्थ्यका सबै मापदण्ड पूरा गरी अभिभावकको सुझावमा आजदेखि नगरपालिकाले विद्यालय खोल्न अनुमति दिएको नगर शिक्षा शाखा प्रमुख होमनाथ न्यौपानेले बताए ।   कोभिड–१९ को सङ्क्रमणको अवस्थालाई समीक्षा गरी विद्यालयलाई भयरहित एवं सुरक्षित तवरमा विद्यालय सञ्चालनको व्यवस्था मिलाउन हरेक विद्यालयलाई निर्देशन दिएको बताइएको छ । Advertisement विद्यालयको पठनपाठनलाई नियमित गराउन स्वास्थ्य सुरक्षामा मापदण्ड पालन गर्ने विधि, प्रत्येक विद्यालयमा हेल्प डेस्क निर्माण गर्ने र नजिकको स्वास्थ्य संस्थासँग समन्वय गरी आवश्यकतानुसार स्वास्थ्य परीक्षण र परामर्श दिने, विद्यालयको सरसफाइ, हात धुने व्यवस्था, विद्यालयलाई दैनिक निर्मलीकरण गर्ने, प्रत्येक दिन कक्षा शुरु हुनुअगावै कम्तीमा पाँच मिनेट कोभिड–१९ को सङ...
स्थानीय पढ्यक्रम नै पढाउने निधो : बुढानिकण्ठ

स्थानीय पढ्यक्रम नै पढाउने निधो : बुढानिकण्ठ

देश, शिक्षा, समाचार
काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयनमा ल्याएको छ । स्थानीयस्तरका प्राकृतिक, सांस्कृतिक, भाषिक एवम् ऐतिहासिक विषयवस्तुका साथै पेसा व्यवसाय समेटिएर १०० पूर्णाङ्कको पाठ्यक्रम निर्माण गरी पठनपाठन अघि बढाइएको नगर शिक्षा शाखा प्रमुख जगतनाथ उपाध्यायले बताए ।  “स्थानीयस्तरका मूल्यमान्यता, कलासंस्कृतिको संरक्षण र सम्बर्धन गर्ने उद्देश्यले स्थानीय पाठ्यक्रम तयारी गरी कार्यान्वयनमा ल्याइएको हो”, प्रमुख उपाध्यायले भने । गत वैशाखदेखि पढाइ शुरु गर्ने उद्देश्यले निर्माण गरिएको पाठ्यक्रम कोभिड–१९ र त्यसको असरले उत्पन्न परिस्थितिका कारण पाठ्यपुस्तक छपाइलगायत काममा ढिलाइ भएको औँल्याइएको छ । अहिले नगरपालिकाले सञ्चालन गरेको विभिन्न माध्यममार्फत पठनपाठन अघि बढाइएको बताइएको छ । Advertisement  नगरपालिकाले कक्षा १ देखि ८ सम्म अन...
जनस्तरबाटै शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गरिने

जनस्तरबाटै शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गरिने

देश, शिक्षा, समाचार
शिक्षा क्षेत्रमा सुधारका लागि सरकारद्वारा गठित आयोगले प्रतिवेदन बुझाएको झन्डै २ वर्ष बितिसकेको छ तर अझैसम्म सरकारले त्यसलाई सार्वजनिक गरेको छैन । सरोकारहरुवालाहरुको भगीरथ प्रयत्नका बाबजूद त्यसलाई सार्वजनिक गर्ने र लागू गर्ने सवालमा सरकार चरम उदासीन देखिएको छ । यो स्थितिमा सो पूर्व आयोगमा रहेका १३ जना सदस्यहरु आफैँले अहिले सो प्रतिवेदन सार्वजनिक गर्दैछन् । देशकै पहिलो सार्वजनिक विद्यालय दरवार हाइस्कूल, काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी आज दिनको ११ बजेबाट ‘उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन– २०७५’ सार्वजनिक गर्ने काम भइरहेको छ । Advertisement आयोगका एक पूर्व सदस्यले रातोपाटीसँग कुरा गर्दै सरकारले शिक्षा माफियाहरुको प्रभावमा परेर सो प्रतिवेदनलाई लुकाएको आरोप लगाएका छन् । पूर्व माओवादीका तर्फबाट शिक्षामन्त्री बनेको गिरिराजमणि पोखरेलेको...
उपत्यकाका अधिकांश विद्यालय खुल्ने

उपत्यकाका अधिकांश विद्यालय खुल्ने

देश, शिक्षा, समाचार, स्वास्थ्य
सङ्घीय सरकारले स्थानीय तहलाई विद्यालय चलाउन अनुमति दिएसँगै काठमाडौँका अधिकांश स्थानीय तह विद्यालयमा पठनपाठन शुरु गर्ने तयारीमा जुटेका छन् । स्वास्थ्य मापदण्ड अपनाएर शिक्षण सिकाइ क्रियाकलाप अघि बढाउन अधिकार प्रत्यायोजन भएपछि कतिपय स्थानीय तहले पठनपाठन सञ्चालन गराइसकेका छन् भने कतिपय शुरु गर्ने जमर्काेमा छन् ।  Advertisement शङ्खरापुर नगरपालिकाले स्वास्थ्य मापदण्ड अपनाएर सामाजिक दूरी कायम गरी आफ्नो अनुकूलता हेरेर पठनपाठन सञ्चालन गर्न विद्यालयहरुलाई निर्देशन दिइसकेको नगरप्रमुख सुवर्ण श्रेष्ठले जानकारी दिए ।  यसैगरी तारकेश्वर नगरपालिकाले स्वास्थ्य मापदण्ड अपनाएर मङ्सिर २१ गते बाट विद्यालय सञ्चालन गर्ने भएको छ । एकै पटक धेरै विद्यार्थी भेला गराउँदा सङ्क्रमणको जोखिम हुने भएकाले बिहान र बेलुका दुई समयमा आलोपालो गरेर विद्यालय खोल्ने तयारीमा रहेको शिक्ष...
मेयरहरुले निर्णय गरेपछि मात्र विद्यालय खोलिने – मेयर फोरम

मेयरहरुले निर्णय गरेपछि मात्र विद्यालय खोलिने – मेयर फोरम

देश, राजनीति, शिक्षा, समाचार, सामाजिक
ललितपुर महानगरपालिकाले काठमाडौँ भ्याली मेयर फोरमको निर्णयपछि अनुकूल समयमा मात्र विद्यालय खोल्ने जनाएको छ । विश्वव्यापीरूपमा फैलिरहेको कोरोना महामारीका कारण महानगरपालिकाले काठमाडौँ उपत्यकामा कोभिड सङ्क्रमणदर बढ्दै गएका कारण अन्य महानगरपालिका र नगरपालिकाका प्रमुखसँगको सल्लाह र सुझावपछि मात्र विद्यालय खोल्न उपयुक्त हुने जनाएको हो । जाडो समयमा कोभिड भाइरस बढी समय बाँच्छ भन्ने भनाइ रहँदा यसको असर विद्यार्थीमा नपरोस् भनी सो बैठकको छलफलपछि कसरी र कहिले विद्यालय खोल्न उपयुक्त हुन्छ, त्यसै गरिने महानगर प्रमुख चिरीबाबु महर्जनले बताए । उनले भने, “काठमाडौँ उपत्यकाका नगरप्रमुखसँग छलफल गरेर विद्यालय खोल्दा सबैमा एकरूपता पनि आउनेछ ।” Advertisement अभिभावक र सम्बन्धित विज्ञको सकारात्मक सुझावपछि सही समयमा विद्यालय खोलिने भएको महानगरपालिकाका शिक्षा शाखा उपसचिव म...
लोक सेवा लिखित परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

लोक सेवा लिखित परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

देश, शिक्षा, समाचार
कञ्चनपुरमा एक नक्कली परीक्षार्थी पक्राउ परेका छन्।  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले लोक सेवा आयोगले लिँदै गरेको नेपाली सेनाको सैन्य दर्जाको परीक्षामा अर्कै व्यक्तिको नाममा परीक्षा दिइरहेका एक व्यक्तिलाई नियन्त्रणमा लिएको हो। कञ्चनपुर भीमदत्त नगरपालिका वडा नम्बर ४ मा रहेको कञ्चन विद्या मन्दिर परीक्षा केन्द्रमा अर्कै व्यक्तिको नाममा परीक्षा दिइरहेको आरोपमा डोटी सायल गाउँपालिका वडा नम्बर ६ का २२ वर्षिय सुमन खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ। Advertisement उनले बझाङ दुर्गाथली गाउँपालिका वडा नम्बर ४ का २२ वर्षिय मुकेश भण्डारीको नाममा परीक्षा दिइरहेकोले पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले वास्तविक परीक्षार्थी भण्डारीलाई पनि नियन्त्रणमा लिइसकेको छ। ...
त्रिविका कक्षा अब भौतिक उपस्थितिमै

त्रिविका कक्षा अब भौतिक उपस्थितिमै

देश, शिक्षा, समाचार
काठमाडौँ, मङ्सिर १५ गते । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले विद्यार्थीको भौतिक उपस्थितिमै अब उच्च शिक्षाका कक्षाहरू सञ्चालन गर्नेभएको छ । कोरोनाका कारण विश्वविद्यालयले सञ्चालन गरेको अनलाइन कक्षामा सबै विद्यार्थीको पहुँच स्थापित हुन नसकेर लाखौँ विद्यार्थी उच्च शिक्षाको नियमित अध्ययनबाट वञ्चित भएपछि विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने निचोडमा विश्वविद्यालय पुगेको हो । वार्षिक प्रणालीका विद्यार्थी समेट्दैविश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसालले मातहतका धेरै क्याम्पसबाट भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न सक्ने माग गरिएपछि आफूहरूले त्यसका लागि स्वीकृति दिएको जानकारी दिनुभयो । धेरैजसो काठमाडौँ उपत्यका बाहिरका क्याम्पसले अनुमति पाए कक्षा सञ्चालन गर्न सक्ने जनाएका थिए । जुम्ला, भोजपुरलगायतका धेरै स्थानबाट विश्वविद्यालयका पदाधिकारीलाई यस खालको माग आए...
१२ को परिक्षा कुशल रूपमा सञ्चालन भयो : गिरिराज मणि पोखरेल

१२ को परिक्षा कुशल रूपमा सञ्चालन भयो : गिरिराज मणि पोखरेल

देश, शिक्षा, समाचार
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले आजदेखि शुरु भएको कक्षा १२ को परीक्षा सन्तोषजनक र व्यवस्थित भएको बताएका छन् । कोभिड–१९ को जोखिमप्रति सजग हुँदै जनस्वास्थ्यका मापदण्ड पालना गरी ४० नम्बरका लागि लिइएको सो परीक्षाको अनुगमन गर्न आज त्रिपुरेश्वरस्थित विश्व निकेतन माविमा पुगेका मन्त्री पोखरेलले परीक्षाको चुस्त व्यवस्थापनबाट आफू सन्तुष्ट रहेको जनाएका हुन् । सो विद्यालयमा ६७७ विद्यार्थी सहभागी छन् । सम्बन्धित विद्यालयमा हाल परीक्षा दिन पायक नपर्ने परीक्षार्थीलाई पायक पर्ने अन्य परीक्षा केन्द्रबाट पनि परीक्षा दिन सकिने व्यवस्था गरिएको छ । परीक्षार्थीले हलमा जानुअघि साबुनपानीले हात धुने र स्यानिटाइजर लगाउने तथा हलमा सामाजिक दूरी कायमको प्रबन्ध गरिएको छ । कोभिड–१९ को सङ्क्रमण भएका परीक्षार्थीलाई पछि बेग्लै प्रबन्ध गरिने बोर्डले जनाएको छ । Advertis...
बीएडको होम सेन्टर परीक्षाकाे  तालिका निष्कासन

बीएडको होम सेन्टर परीक्षाकाे तालिका निष्कासन

देश, शिक्षा, समाचार
६ मंसिर, काठमाडौं । बीएड प्रथम र छैठौं सेमेस्टरको परीक्षा सम्बन्धित क्याम्पसमै हुने भएको छ । त्रिभुवन विश्वविद्यालय, शिक्षा संकाय, परीक्षा नियन्त्रण महाशाखाले काठमाडौं उपत्यका बाहिर ‘होम सेन्टर’मा परीक्षा सञ्चालन गर्न लागेको हो । काठमाडौं उपत्यकाका लागि भने ताहचालस्थित महेन्द्ररत्न क्याम्पस, कुलेश्वरस्थित जनमैत्री क्याम्पस र भक्तपुरस्थित सानोठिमी क्याम्पसलाई केन्द्र तोकिएको छ । Advertisement बीएड प्रथम सेमेस्टरको १७ पुस र छैठौं सेमेस्टरको परीक्षा २० पुसदेखि सुरू हुने भएको छ । एमएडको परीक्षा केन्द्र तोक्न बाँकी परीक्षा नियन्त्रण महाशाखाका अनुसार एमएड दोस्रो सेमेस्टरको परीक्षा ३० मंसिरबाट सुरू हुँदैछ । नोवेल कोरोना भाइरस -कोभिड-१९)का कारण गत चैतमा स्थगित भएको खुल्ला तथा दुर सिकाइ समेतको परीक्षा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न ...
७ शिक्षक संक्रमित, मंसिर १५ सम्म विद्यालय बन्द  : गोरखा

७ शिक्षक संक्रमित, मंसिर १५ सम्म विद्यालय बन्द : गोरखा

देश, शिक्षा, समाचार, स्वास्थ्य
६ मंसिर, गोरखा । सात जना शिक्षकमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएपछि गोरखा नगरपालिकाका सबै विद्यालय मंसिर १५ सम्म बन्द रहने भएका छन् । नगरपालिकाले प्रत्यक्ष सिकाइ सहजीकरण निर्देशिकाले तोके बमोजिम स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर कक्षा सञ्चालन विद्यालयहरुलाई अनुमति दिएको थियो । त्यसअनुसार दसैंपछि विद्यालयहरु खुले । तर सात शिक्षक र केही अभिभावकमा कोरोना संक्रमण देखियो । नगरपालिकाले कात्तिक २४ देखि मंसिर ६ गतेसम्म सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गर्‍यो । Advertisement सक्रिय संक्रमितको संख्या ६५ पुगेपछि मंसिर १५ सम्म शैक्षिक संस्था बन्द राख्ने नयाँ निर्णय भएको छ । संक्रमितको कन्ट्याक्ट ट्रेसिङ र स्क्रिनिङ गरी स्थिति सामान्य अवस्थामा ल्याउन शैक्षिक संस्था बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ । ‘संक्रमण फैलन थालेपछि कात्त...