तीन महिनामा ७०५ वटा विद्युतीय गाडी आयात
१५ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिना (साउन-असोज)मा ७०५ वटा विद्युतीय सवारी आयात भएको छ । भदौसम्म यस्तो संख्या ४१४ थियो । सरकारले विदेशी विनमय सञ्चिति जोगाउन डिजेल पेट्रोलबाट चल्ने सवारीको आयात रोकेपछि चालु आर्थिक वर्ष २०७९/८० मा विद्युतीय चार पांग्रे सवारीको आयात उच्च दरमा बढेको छ । सरकारले यो वर्ष महँगा मूल्यका विद्युतीय सवारीको भन्सार दर बढाएको छ ।
तर, पेट्रोल सवारीको आयात रोकिएका बेला विद्युतीय सवारीको आयात भने करिब तीन गुणाले बढेको छ । तीन महिनामा २ अर्ब ५० लाख रुपैयाँ मूल्यको इलेक्टि्रक गाडी आयात भएको छ ।
यस्तो आयातबाट सरकारले ६२ करोड २२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । तीन महिनामा १ अर्ब ९१ करोड मूल्य बराबरको १०० किलोवाटसम्मका ६८६ वटा विद्युतीय सवारी नेपाल भित्रिएको भन्सार विभागको तथ्यांकमा देखिन्छ । त्यसैगरी १०० देखि २०० किलोवाटसम्मका ...









