२०८१ बैशाख २१

आर्थिक

चन्द्रागिरि हिल्सको दाबी– केबलकारमा प्राविधिक समस्या छैन

चन्द्रागिरि हिल्सको दाबी– केबलकारमा प्राविधिक समस्या छैन

अर्थतन्त्र, आर्थिक
काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले चन्द्रागिरिमा सञ्चालित केबलकारमा कुनै  प्राविधिक समस्या नभएको जनाएको छ । लिमिटेडले आज चन्द्रागिरिमा पत्रकार सम्मेलन गर्दै चन्द्रागिरि हिल्सले कहिलेकाहीँ विधुत् आपूर्तिमा समस्या हुँदा केबलकार रोकिने गरेको भन्दै केबलकारमा कुनै पनि प्राविधिक समस्या नभएको स्पष्ट पारेको हो ।  पत्रकार सम्मेलनमा चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्र ढकालले चन्द्रागिरि टेक्नोलोजीको हिसाबले केही समय रोकिने जानकारी दिँदै केही समस्या आएमा तत्कालै समस्या समाधान गर्ने गरिएको बताए । उक्त समस्या केवलकारको समस्या नभएर विद्युत्का कारण समस्या भएको उनको भनाइ छ । प्राविधिक समस्यामा बारेमा बुझाई फरक पर्दा चन्द्रागिरि केवलकारका बारेमा भ्रम सिर्जना भएको उनको जिकिर छ ।  चन्द्रागिरि हिल्सले विद्युत्, जेनेटर र इमरजेन्सी ड्राइभबाट केबलकार सञ्चालन गर्ने गरेको...
डलर बलियो हुँदा विश्व अर्थतन्त्रलाई नोक्सान पुर्‍याउन सक्ने पाँच कारण

डलर बलियो हुँदा विश्व अर्थतन्त्रलाई नोक्सान पुर्‍याउन सक्ने पाँच कारण

अर्थतन्त्र, आर्थिक
पछिल्लो एक वर्ष प्रमुख वैश्विक मुद्राहरूको तुलनामा अमेरिकी डलरमा अत्यधिक वृद्धि भएको छ, यो पछिल्लो २० वर्षमा कहिल्यै देखिएको थिएन । यो ब्रिटिश पाउण्डको तुलनामा १५ प्रतिशत, युरोको तुलनामा १६ प्रतिशत र जापानी येनको तुलनामा २३ प्रतिशत वृद्धि भएको छ ।  डलर विश्वको सञ्चित मुद्रा हो, यसको अर्थ यो धेरै अन्तर्राष्ट्रिय लेनदेनहरूमा प्रयोग गरिन्छ। फलस्वरूप, यसको मूल्यमा परिवर्तनले सम्पूर्ण विश्व अर्थतन्त्रमा प्रभाव पार्छ, जसमध्ये प्रमुख ५ प्रभावलाई यहाँ प्रस्तुत गरिएको छ-  अमेरिकी डलरको शक्ति १९७७-२०२२ १. थप उच्च मुद्रास्फीति  पेट्रोल र अधिकांश वस्तुहरू जस्तै धातु वा काठ सामान्यतया अमेरिकी डलरमा व्यापार गरिन्छ (यद्यपि यसका केही अपवादहरू छन् ।)। त्यसैले जब डलर बलियो हुन्छ, यी वस्तुहरूको मूल्य स्थानीय मुद्रामा बढी हुन्छन् । उदाहरणका लागि बेलायती पाउण्ड...
हेलिकप्टरको भीआईपी उडानमा २ पाइलट अनिवार्य, राति आधार विमानस्थलमै फर्किनुपर्ने

हेलिकप्टरको भीआईपी उडानमा २ पाइलट अनिवार्य, राति आधार विमानस्थलमै फर्किनुपर्ने

आर्थिक, देश
५ असार, काठमाडौं । अब वायुसेवा कम्पनीले तोकिएको आधार विमानस्थल (अपरेटिङ बेस)मा रात्री विसान गरेर पहिलो उडान सोही विमानस्थलबाट गर्नुपर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिरकणले उडान सुरक्षालाई थप सुदृढीकरण गर्न तथा उडान सञ्चालनलाई थप व्यवस्थित गर्न भन्दै यस्तो निर्णय गरेको हो । विमान कम्पनीलेहरु उडान अनुमति लिँदा नै आफ्नो आधार विमानस्थल तोकेका हुन्छन् । तर, अहिले अधिकांश वायु सेवा कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रात्री विसान गर्ने गर्ने गरेका छन् । अब हेलिकप्टर र हवाईजहाजले तोकिएको आधार विमानस्थलबाट दिनको पहिलो उडान गर्नु पर्ने भएको छ । यसैगरी सरकारले विशिष्ट व्यक्ति(भीआईपी)को उडानमा हेलिकप्टर कम्पनीले २ जना पाइलट राख्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको निर्णयअनुसार अब हेलिकप्टरको प्रत्येक उडान पूर्व प्...
राजस्व र सरकारी खर्चबीच तालमेल नमिल्दा अर्थतन्त्रमा संकट : चन्द्रप्रसाद ढकाल

राजस्व र सरकारी खर्चबीच तालमेल नमिल्दा अर्थतन्त्रमा संकट : चन्द्रप्रसाद ढकाल

अर्थतन्त्र, आर्थिक
१२ फागुन, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राजस्व संकलन र सरकारी खर्चबीच तालमेल हुन नसक्दा अर्थतन्त्र संकटमा पर्ने गरेको बताएका छन् । सरकारले राजस्व नियमित रूपमा उठाउने तर खर्च भने समयमै गर्न नसक्दा अर्थतन्त्रमा बर्सेनि एउटै समस्या देखिने गरेको र यसबाट निजी क्षेत्र प्रत्यक्ष रूपमा मर्कामा परेको उनको भनाइ छ । Advertisement ‘राजश्व संकलन शत प्रतिशत हुने तर खर्च नहुने हुँदा तरलता समस्या समेत सिर्जना भएको छ,’ पर्वत उद्योग वाणिज्य संघको साधारणसभालाई बिहीबार सम्बोधन गर्दै उनले भने, ‘यसका निम्ति खर्च गर्नैपर्ने बाध्यात्मक परिस्थिति निर्माण गरिनुपर्छ ।’ वरिष्ठ उपाध्यक्ष ढकालले तरलता संकट समाधानका लागि नेपाल सरकारको खर्च प्रणालीमा सुधार हुनुपर्ने बताए । संघीय सरकारसहित प्रदेश र स्थानीय सरकारको खर्च गर्न...
बाढीपहिरो प्रभावित क्षेत्र निरीक्षण गर्न प्रधानमन्त्री देउवा आज प्रदेश नम्बर १ जाने

बाढीपहिरो प्रभावित क्षेत्र निरीक्षण गर्न प्रधानमन्त्री देउवा आज प्रदेश नम्बर १ जाने

आर्थिक, राजनीति
बाढीपहिरो र डुबान प्रभावित क्षेत्र निरीक्षणका लागि प्रधानमन्त्री शेरबहादुर देउवा आज प्रदेश नम्बर १ का जिल्लाहरूमा जाने भएका छन्। Advertisement बाढीपहिरो तथा डुबानले पुर्‍याएको क्षतिको स्थलगत निरीक्षण गर्न प्रधानमन्त्री देउवा आज इलामलगायत प्रदेश नम्बर १ भित्रका जिल्लाहरू जाने कार्यक्रम छ। प्रधानमन्त्री सुनसरी, मोरङ, इलाम र पाँचथरलगायत ठाउँ पुगेर बाढीपहिरो तथा डुवान प्रभावितहरूसँग भेट्ने कार्यक्रम छ। आज बिहान ८ बजे बाढी प्रभावित क्षेत्र गएर आजै साँझ काठमाडौं फर्किने कार्यक्रम छ। प्रधानमन्त्रीसँगै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जामन्त्री पम्फा भुसाललगायत मन्त्रीहरू पनि प्रदेश नम्बर १ को बाढीपहिरो तथा डुवान क्षेत्रको निरीक्षणका लागि जाने कार्यक्रम रहेको प्रधानमन्त्री देउवाको सचिवालय स्रोतले जनाएको छ। प्रधानमन्त्री देउवा बिहीबार र ...
शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

आर्थिक, कर्पोरेट, देश, बैँक/ बीमा, समाचार
९ भदौं, काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बुधबार बजार परिसूचक नेप्से ४८.४२ अंकले घटेको हो । कुल २२७ कम्पनीको १९ करोड ५९ लाख ९० हजार ८९ कित्ता सेयर सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा कारोबार रकममा पनि चार अर्ब हाराहारीको गिरावट आएको छ । आज कुल १२ अर्ब ९ करोड २१ लाख ३ हजार रुपैया बराबरको सेयर कारोबार भएको छ । Advertisement मंगलबार १६ अर्ब रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको थियो । बुधबार कारोबारमा आएका सबै उपसमूहमा गिरावट आएको छ । बुधबार कारोबारमा आएकामध्ये १६२ कम्पनीको सेयर मूल्य घट्यो । यस्तै २१ कम्पनीको सेयर मूल्य बढ्दा दुई कम्पनीको मूल्य स्थिर रह्यो । Credit: OnlineKhabar ...
एएफसी वुमन्स एसियन कप छनोट खेल्ने नेपाली टिम घोषणा

एएफसी वुमन्स एसियन कप छनोट खेल्ने नेपाली टिम घोषणा

आर्थिक
२०२२ एएफसी वुमन्स एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय टिम घोषणा गरिएको छ। मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले २३ सदस्यीय नेपाली टिम मंगलबार घोषणा गरेका हुन्।  बन्द प्रशिक्षणमा रहेका पाँच खेलाडी बाहिरिएका छन्। जसमा अमिसा कार्की, अन्चली वाइबा, हिमा चौधरी, मनिषा राउत र शर्मिला थापा रहेका छन्।  Advertisement छनोट प्रतियोगिता आगामी सेप्टेम्बर तेस्रो साता उज्वेकिस्तानमा हुँदैछ। छनोटमा नेपालले फिलिपिन्स र हङकङसँग खेल्नेछ।  नेपालले पहिलो खेल फिलिपिन्ससँग १८ सेप्टेम्बर र हङकङसँग २१ सेप्टेम्बरमा खेल्नेछ। तीन टिम मध्ये शीर्ष टिम भारतमा हुने एसियन कपमा छनोट हुनेछ।   ‍नेपाली टिम अन्जना राना मगर (गोलकिपर), एन्जिला तुम्बापो सुब्बा (गोलकिपर), उषा नाथ (गोलकिपर), अमृता जैशी, अनिता बस्नेत, अनिता केसी, विमला विक, विमला...
समयमै कर नतिरे सिलबन्दी गर्ने काठमाडौं महानगरको चेतावनी

समयमै कर नतिरे सिलबन्दी गर्ने काठमाडौं महानगरको चेतावनी

अर्थतन्त्र, आर्थिक, देश, समाचार
काठमाडौँ महानगरपालिकाले तोकिएको अवधिमा कर तिर्न नआउने करदाताको घर, पसल र व्यवसायमा सिलबन्दी गर्ने भएको छ । यसअघि कामपाले गत असार १६ गते कर तिर्नका लागि ३० दिने सार्वजनिक सूचना जारी गरेको थियो । सूचनाअनुसार अब कर तिर्ने समय दुई दिन मात्र बाँकी छ सोही समयमा कर नबुझाए घर, पसल र व्यवसायमा सिलबन्दी गर्ने चेतावनी कामपाले दिएको छ ।   Advertisement समयमा नै कर तिर्नका लागि भन्दै कामपाले आजदेखि घरजग्गा र सम्पत्ति कर नबुझाउने २० ठूला करदाताको कार्यस्थलमा माइकिङ शुरु गरेको छ । कामपा राजस्व विभागका प्रमुख डा शिवराज अधिकारीका अनुसार पहिलो चरणमा हामीले नाम सार्वजनिक गरेका २० करदातामध्ये आजसम्ममा वडा ११ को एनआरटी क्लब, वडा १३ को काठमाडौँ इञ्जिनियरिङ कलेज र वडा ४ का देवेन्द्र श्रेष्ठ सम्पर्क मात्र सम्पर्कमा आएका छन् । कामपालाई करको विवरणसम्म नबुझाउने अन्य करदा...
डेढ अर्बको लागतमा कागज उद्योग स्थापना हुँदै, दैनिक ७५ टन उत्पादन हुने

डेढ अर्बको लागतमा कागज उद्योग स्थापना हुँदै, दैनिक ७५ टन उत्पादन हुने

आर्थिक, देश, समाचार
महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरमा १ अर्ब ५० करोडको लागतमा नयाँ कागज उद्योग स्थापना हुने भएको छ । आज आइएमई समूहका अध्यक्ष तथा उद्यमी चन्द्रप्रसाद ढकालसहितका उद्योगपतिले नेपाल पल्स ऐण्ड पेपर इन्डष्ट्रि प्रालीको शिलान्यास गरेका छन् ।  अध्यक्ष ढकाल, जनकपुरधामको सर्राफ समूह, उद्योगपति सुनिल गोपाल श्रेष्ठ, होमनाथ ज्ञवाली लगायतको सो उद्योगमा लगानी रहेको छ ।  Advertisement आइएमई समूहद्वारा प्रवर्धित यस उद्योगको आफ्नै ११ बिघा जमिनमा निर्माण हुने भवनमा कारखाना सञ्चालन हुनेछ । उद्योगलाई आवश्यक पर्ने सबै उपकरण र यन्त्र जडानको काम एक वर्षभित्र सम्पन्न गरेर उत्पादनको काम शुरु गरिने जनाइएको छ ।  उद्योग सञ्चालनमा आएपछि दैनिक ७५ टन कागज उत्पादन गर्ने क्षमता रहने जानकारी पनि सो अवसरमा दिइयो । उद्योग सञ्चालनमा आएलगत्तै कम्तीमा एक सय जनाले तत्क...
नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा

नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा

आर्थिक
निरन्तरको वर्षातसँगै झरेको पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ ।     विभिन्न स्थानमा खसेको पहिरो पन्छाएसँगै आज बिहान ९ः१० बजेदेखि एकतर्फी रुपमा सवारी साधन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।  Advertisement कार्यालयका अनुसार पहिरोका कारण रोकिएका सवारी साधनलाई पालैपालो गन्तव्यमा पठाउने क्रम शुरु भएको छ । चारकिलो, पाँचकिलो, जलबिरे, सेती दोभानमा पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा ल्याइएको हो ।  सो सडक क्षेत्रमा बिहीबारदेखि पटक पटक पहिरो खस्ने र पन्छाउने कार्य जारी छ । पहिरोका कारण बिहिबार चार घण्टा र शुक्रबार दुई घण्टा मात्रै सञ्चालनमा आएको सो सडकखण्ड दुईतर्फी सञ्चालनमा आउन अझै केही समय लाग्ने कार्यालयले जनाएको छ ।  नारायणगढ–मुग्लिन सडकखण्डमा पटक–पटक झरेको पहिरोका कारण यातायात सेवा अवरुद्ध...