कलंकीमा बससेवाको अत्याधुनिक प्यासेन्जर लाउञ्ज सञ्चालनमा
नेपालमा अनलाइनमार्फत बस टिकटिङ सेवा प्रदान गर्दै आएको बस सेवा डटकमले कलंकी स्थित् ढुंगे अड्डामा अत्याधुनिक किसिमको प्यासेन्जर लाउञ्ज (यात्रु प्रतिक्षालय) सञ्चालनमा ल्याएको छ।
हवाइ यात्रुलाई प्यासेञ्जर लाउञ्जको सुविधा भएपनि सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रु लक्षित नेपालमै पहिलो पटक यस किसिमको लाउञ्ज निर्माण गरिएको हो।
यात्रुहरुलाई आफू जाने बस कुर्न कुनै किसिमको झञ्झट नहोस् भन्ने उद्देश्यले बस सेवाले लाउञ्ज सञ्चालनमा ल्याएको बताइएको छ।
उक्त लाउञ्जको शुक्रबार चन्द्रागिरी नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले उद्घाटन गरेका हुन्।
कम्पनीका अनुसार लाउञ्जमा यात्रुहरूलाई वाइफाइ, निःशुल्क खानेपानी र चिया तथा कफी खाने व्यवस्था मिलाइएकोे छ।
उक्त लाउञ्जको बससेवाबाट टिकट काटेका यात्रु मात्रै नभएर अन्य सबै यात्रुले समेत प्रयोग गर्न सक्नेछन्।
लाउञ...









