आम्दानी र खर्चको गणित मिलाउँदैमा नतिजा दिँदैन बजेटले
नेपालमा पहिलोपटक सुवर्णशमसेरले २००८ सालमा बजेट प्रस्तुत गरेका थिए। यसपालि ३३ औं अर्थमन्त्री विष्णु पौडेलबाट बजेट आउँदैछ। विगतको अनुभवले भन्छ, यसले पनि कुनै चमत्कार गर्ने छैन।
सामान्यजनका सोचहरू तत्कालीन घटनाहरूबाट बढी प्रभावित हुन्छन्। अहिले हामीलाई प्रभावित गरिरहेको विषय कोरोना महामारी हो। बजेट तर्जुमा र कार्यान्वयनमा हाम्रा सरकारहरू इमानदार र जवाफदेही भइदिएको भए, कम्तीमा हामीलाई कोरोनाले यति धेरै दुःख दिने थिएन, धेरै मान्छेले ज्यान गुमाउनु पर्ने थिएन।
यसअघिका लगातार तीन आर्थिक वर्ष युवराज खतिवडाले बजेट प्रस्तुत गरे। धेरैको आशाविपरित 'धुरन्धर' अर्थशास्त्रीले ल्याएका ती बजेटले पनि काम गरेनन्। यसले संकेत गर्छ, बजेट अर्थशास्त्रीय प्राविधिक विषय मात्र होइन, यसमा राजनीति र अरू धेरै तत्व मिसिएका हुन्छन्।
बजेटमा लोकप्रिय राजनीतिका तत्व हाबी भए भने जनताले धेरै दुःख पाउ...









