२०८१ बैशाख २४

अर्थतन्त्र

सेयर बजारलाई तरलता र ब्याजदरको त्रास

सेयर बजारलाई तरलता र ब्याजदरको त्रास

अर्थतन्त्र, देश, शेयर बजार, समाचार
१७ फागुन, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले विगत ४–५ वर्षदेखि लगानीयोग्य रकम (तरलता) को निकै ठूलो समस्या झेले । लगानी योग्य रकम अभाव हुँदा बैंकहरुले माग भइ आएको कर्जाको फाइल टेवलमा थन्काएर बस्न बाध्य भए । तर, कोरोना पछि भने अवस्था फरक रह्यो । लामो समय भएको लकडाउनका कारण व्यापार व्यवसायहरु ठप्प रहे । त्यसपछि कर्जाको माग सुस्तायो र बैंकमा तरलता थुप्रियो । अहिले भने पुनः तरलता अभाव हुने त्रास सेयर बजारका लगानीकर्ताहरुमा देखिएको छ । Advertisement ‘कोरोनापछि अन्य क्षेत्र सुस्त हुँदा सेयर बजारमा उत्साह छाएको थियो, बजारमा उत्साह आउनुको मूख्य कारण भने तरलता र ब्याजदर नै हो’ सेयर विश्लेषक हरिकुमार कार्की भन्छन्, ‘त्यो उत्साह अहिले पनि कायमै छ, केहि दिन घट्दा कतै समस्या होला कि भन्ने आशंका गरिएको छ ।’ तर, अहिले नै तरलता घट्ने र ब्याजदर बढ्ने सम्...
भारतीय कुखुराको तस्करी बढेपछि व्यवसायी चिन्तित

भारतीय कुखुराको तस्करी बढेपछि व्यवसायी चिन्तित

अर्थतन्त्र, कर्पोरेट, देश, विदेश / एन.आर.एन, समाचार
भारतबाट अवैधरूपमा कुखुरा तस्करी हुने क्रम बढेपछि बाँकेका कुखुरा व्यवसायी चिन्तित भएका छन् । मुख्य नाका जमुनाहबाट सुरक्षाकर्मीले आयात हुन नदिए पनि भित्री नाकाबाट खुलेआम भारतीय कुखुरा, चल्ला र अण्डा आयात हुने गरेको खजुरा गाउँपालिका–२ सीतापुरका कुखुरा व्यवसायी इन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार बाँके र बर्दियाका विभिन्न ग्रामीण नाकाबाट नेपाली र भारतीय सुरक्षाकर्मीसँगको मिलेमतोमा तस्करी हुने गरेकाले नेपाली व्यवसायी समस्यामा परेका छन् । ग्रामीण क्षेत्रका नाका प्रयोग गरी दैनिकरूपमा ठूलो मात्रामा भारतीय कुखुरा नेपाल आउन नरोकिएपछि नेपाली कुखुरापालक किसानको व्यवसाय नै धरापमा परेको छ । Advertisement भारतमा बेलाबखत फैलिने बर्डफ्लुलगायत पक्षीजन्य रोग नेपाल भित्रिने खतराका कारण नेपाल सरकारले भारतीय कुखुराजन्य पदार्थ आयातमा प्रतिबन्ध लगाएको छ तर भारत...
रिचार्जर एप ‘बेस्ट ई-कमर्स प्लाटफोर्म’ पुरस्कार बाट सम्मानित : ११००० नेपाली युवाको भोटको परिणाम

रिचार्जर एप ‘बेस्ट ई-कमर्स प्लाटफोर्म’ पुरस्कार बाट सम्मानित : ११००० नेपाली युवाको भोटको परिणाम

अर्थतन्त्र, कभर स्टोरी, कर्पोरेट, नेपाली ब्रान्ड
नेपालको पहिलो पंक्तिमा पर्ने ई-कमर्स रिचार्जर एप 'बेस्ट ई-कमर्स प्लाटफोर्म' पुरस्कार बाट पुरस्कृत भएको छ। युवा जनमानसको बीचमा रही काम गर्दै आएको अग्रणी संस्था 'अलाइ फर टीनस इन्टरनेशनल' ले अनलाइन माध्यम बाट ४ ई- कमर्स कम्पनीहरुका बीच प्रतिस्पर्धा आयोजना गरेको थियो। चार कम्पनीमा दराज, सस्तो डिल, दरबारमाट र रिचार्जर रहेका थिए। उक्त प्रतिस्पर्धाका ११०५३ कुल भोट मा ५१% भन्दा बढी भोट रीचार्जर एपले पाई विजेता रहेको प्रतिस्पर्धा निरीक्षक एलाई फर टीन इन्टरनेशनलका प्रबंधक मंजिल लामा बताउँछन्। अलाई फर टीन इन्टरनेशनलका संस्थापक तथा प्यारेन्ट कम्पनी ' ए.एफ.टी.आई कर्पोरेशन ' का सिइओ श्रद्धेश आचार्य भन्छन, ' बिजेता अन्तिम दिन सम्म निश्चित थिएन। म बेला बेला मंजिल सरलाई सोध्थे : कसले जित्न सक्छ ? उनको अन्तिम दिन सम्म उत्तर आउँथ्यो ," निश्चित छैन सर जी! निक्कै रमाइलो छ।" आचार्...
पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार
काठमाडौं । नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल नियगले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजल, मट्टितेल र हवाइ इन्धन (आन्तरिकतर्फ)को मूल्य बढाएको हो । नयाँ मूल्यसुचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय १४ रुपैयाँ पुगेको छ । यस्तै डिजल र मट्टितेलको मूल्य ९७ रुपैयाँ प्रतिलिटर पर्नेछ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्य सूचीअनुसार नाफा अझै चुलिने भएपछि तेलको मूल्य बढाएको हो । Advertisement नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा ५ रुपैयाँ ८२ पैसा, डिजलमा ४ रुपैयाँ १३ पैसा र ग्यासमा २ सय ८५ रुपैयाँ ८३ पैसा घाटा छ । मट्टितेलमा भने निगम नाफामा छ । नयाँ मूल्यसूचीअनुसार निगमलाई १५ दिनमा ६ करोड ७ लाख रुपैयाँ घाटा छ । साभार: रातोपाटी ...
कञ्चनपुरका चिनी मिललाई उखु अभाव

कञ्चनपुरका चिनी मिललाई उखु अभाव

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार
३ फागुन, कञ्चनपुर । कञ्चनपुरमा सञ्चालित चिनी मिललाई उखुको अभाव भएको छ । उखु रोप्ने समयमा भएको बन्दाबन्दीका कारण उखु उत्पादक किसानले समयमै मल खाद पाउन नसक्दा र पर्याप्त वर्षा नहुँदा उखुको उत्पादन घटेको हो । बेलौरी नगरपालिकाको शिवनगरमा सञ्चालित महाकाली सुगर इन्डष्ट्रिज र पुनर्वास नगरपालिकामा सञ्चालित भागेश्वर चिनी मिललाई सिजनमा ६० लाख क्विन्टलभन्दा बढी उखु क्रसिङका लागि आवश्यक पर्दछ । दुवै मिलले सिजनमा मुस्किलले ४० लाख क्विन्टल उखु मात्रै क्रसिङ गर्दै आएका छन । उखु अभाव भएपछि निर्धारित समयअगावै मिल बन्द गर्नुपर्ने अवस्था आएको महाकाली सुगर इन्डष्ट्रिजका प्रबन्धक सिडी पाण्डेयले बताए । ‘किसानलाई उखुको उत्पादन बढाउनका लागि जग्गा बढाउनुपर्ने हुन्छ’, उनले भने, ‘नयाँ प्रविधितर्फ आकर्षित गरी उन्नतजात लगाउन उत्प्रेरित गरिए उखुको उत्पादन बढाउन सकिन्छ ।’ विश्वका सबैभन्दा उन्नत उखु...
सहारा बिजनेस ग्रुपमा रोजगारी अवसर : युवा उद्यमी सुदर्शन भन्छन ‘यो त ट्रेलर हो’

सहारा बिजनेस ग्रुपमा रोजगारी अवसर : युवा उद्यमी सुदर्शन भन्छन ‘यो त ट्रेलर हो’

अर्थतन्त्र, मिश्रित, रोजगार अवसर, समाचार, सूचना
सहारा बिजनेस ग्रुपले आफ्नै जग्गामा निर्माण भइरहेको मध्य बानेश्वर स्थित कर्पोरेट कार्यालय र बुढानिलकणठमा निर्माण भई रहेको जेरेटिक होमको निर्माण प्रक्रियामा आवश्यक केही कर्मचारी हरु का लागि रोजगारी अवसर श्रृजना गरेको छ। संस्थाका कार्यकारी अध्यक्ष सुदर्शन राज शर्मा भन्छन, " यो सानो ट्रेलर हो, हाम्रो १००० भन्दा बढी लाई रोजगारी दिने सपना प्रति हामी गम्भीर रुपले अघि बढेका छौं। Advertisement उक्त पद यस प्रकारको छ Field Supervisor of construction of Geriatric Home Required staff : 1Location: BudhanilkanthaQualification: Bachelors degree in complimenting field highly preferred Salary: As per qualification with mutual understandingSkills: Good communication skills, easy mobility, capability of dealing with suppliers and supervisory skills. Field...
स्थानीय उत्पादित तरकारी बिक्रीको थलो बन्दै हाटबजार

स्थानीय उत्पादित तरकारी बिक्रीको थलो बन्दै हाटबजार

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार
कैलालीको टीकापुरमा सञ्चालित तरकारी हाटबजारमा दैनिक ३०० भन्दा बढी किसान स्थानीयस्तरमा उत्पादित तरकारी बिक्रीका लागि आउने गरेका छन् । हाटबजारमा ताजा र स्थानीयस्तरमा उत्पादन भएको अग्र्यानिक तरकारी पाइने भएपछि उपभोक्ताको भीड लाग्ने गरेको छ ।  हाटबजारलाई व्यवस्थित गर्न टीकापुर नगरपालिकाले ब्लक नं ११ मा तरकारी राख्ने सेड निर्माण गरेको छ । “नगरपालिकाले निर्माण गरेका सेड अलि अग्ला छन्, यसलाई व्यवस्थित गर्न आवश्यक छ”, टीकापुर–४ अस्नेहरीका राजेश चौधरीले भने, “हाटबजारमा घरमा उत्पादन भएको तरकारी ल्याएर बिक्री गर्न सहज भएको छ । थोरै बारीमा खेती गरेका किसानले आफूलाई बढी भएको तरकारीसमेत बिक्री गर्न सजिलो भएको छ ।” Advertisement टीकापुर–१ वनगाउँ दक्षिणपुरुवाकी जुग्रीदेवी चौधरीले चार कठ्ठा जग्गामा तरकारी खेती गरेमा वर्षभरि हाटबजारमा तरकारी बिक्री गरेर गुजारा चल...
माछापुच्छ्रे बैङ्कको आफ्नै मोवाइल वालेट ‘रेमिट्याप’ संचालन, नेपाली कमर्सियल बैकिङ्ग इतिहासमै पहिलो

माछापुच्छ्रे बैङ्कको आफ्नै मोवाइल वालेट ‘रेमिट्याप’ संचालन, नेपाली कमर्सियल बैकिङ्ग इतिहासमै पहिलो

अर्थतन्त्र, देश, समाचार
काठमाडौं । माछापुच्छ्रे बैङ्कले नेपाली कमर्सियल बैंकिङ्ग इतिहासमा नै बैङ्क पहिलो आफ्नै मोवाइल वालेट ‘रेमिट्याप’ संचालनमा ल्याएको छ ।  बैकिङ्ग क्षेत्रमा विभिन्न ट्रेन्डसेट गर्दै आइरहेको माछापुच्छ्रे बैङ्कले बिशेषगरी डिजीटल बैकिङ्गमा नयाँनयाँ खोज र अनुसन्धान गर्दै नयाँनयाँ सेवा र सुविधाहरु आफ्ना ग्राहकहरुमाझ संचालन गर्दै आएको छ ।  Advertisement यसैक्रममा ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै तथा डिजिटल बैकिङ्ग सुविधाहरुलाई हरेक तह र तप्कासम्म पुर्याउने उद्देश्यले माछापुच्छ्रे बैङ्कले आफ्नै मोवाइल वालेट संचालनमा ल्याएको हो । रोबस्ट टेक्नोलोजीमा निर्माण भएको रेमिट्याप मोवाइल वालेट अत्यन्त सुरक्षित छ र चलाउन एकदमै सहज रहेको छ । रेमिट्यापमा नेपालमा यसअघि कुनैपनि वालेटमा नभएका विशेषताहरु जस्तै भर्चुअल कार्ड सिर्जना गरि उक्त कार्डबाट भुक्तानी गर्ने, स...
भिजेर काम नलाग्ने भयो रु २८ करोडको मल

भिजेर काम नलाग्ने भयो रु २८ करोडको मल

अर्थतन्त्र, देश, समाचार, सामाजिक
साल्टट्रेडिङ कर्पोरेशन लिमिटेडले तेस्रो मुलुकबाट आयात गरी नेपाल भित्र्याएको छ हजार ६०० मेट्रिक टन रासायनिक मलमध्ये रु २८ करोड मूल्य बराबरको छ हजार २५० मेट्रिक टन मल भिजेर काम नलाग्ने भएको छ । भदौ ६ गते वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयमा आएको पाँच महिना भइसक्दा सबै मल पानीले भिजेर डल्ला परेकाले भन्सार जाँचपास हुनसकेको छैन । रु २८ करोड मूल्य बराबरको एक लाख २५ हजार बोरा रहेको उक्त मल काम नलाग्ने भएपछि यसको जिम्मेवारी कर्पोरेशनले लिन नसक्ने क्षेत्रीय प्रबन्धक अमोज लामिछानेले राससलाई बताए । कम्पनीले आयातकर्ता स्वीस सिङ्गापुरमार्फत उक्त मल मगाएको हो । सो मल सुक्खा बन्दरगाह भन्सार कार्यालयको ‘यार्ड’मा यत्रतत्र छरिएको अवस्थामा छ । उक्त मलको आपूर्तिकर्ता स्वीस सिङ्गापुरमार्फत साल्टट्रेडिङ कर्पोरेशनले भारतको कोलकाता बन्दरगाहबाट रेलमार्ग भएर वीरगञ्जको सुक्खा बन्...
सीमावर्ती बजारका व्यापारी पलायन हुँदै

सीमावर्ती बजारका व्यापारी पलायन हुँदै

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार
कोरोना कहरको असर सबै क्षेत्रमा परेको छ । महाकारीका बेला गरिएको बन्दाबन्दीका कारण धेरैले रोजगारी गुमाए भने व्यापारसमेत गर्न पाएनन् । लामो समयदेखि सीमानाका बन्द हुँदा सीमा क्षेत्रका व्यापारी पलायन हुन थालेका छन् । कोरोना कहरका कारणले व्यापार व्यवसाय चौपट बनेपछि भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाटका व्यापारी पलायन हुन थालेका हुन् ।   झुलाघाटका कतिपय व्यापारीले आफूहरु पलायन भएको बताएका छन् । सीमानाका नखुल्दा पलायन हुनुपरेको स्थानीय व्यापारी तोयनाथ जोशी बताउँछन् । लामो समयसम्म झुलाघाटमा आफ्नो व्यापार कोरोना कहरले ठप्प भएपछि सो ठाउँबाट सरेर हाल दार्चुलाको गोकुलेश्वर पुगेको उनको भनाइ छ । उनले भने, “नाका बन्द हुँदा व्यापार चौपट भयो, हाल यतै सानोतिनो व्यापार गर्दैछु ।” Advertisement झुलाघाट बजारका व्यापारीको विगतमा भने राम्रो व्यापार चलेको थियो । सीमाव...