कोरोना कहरमा रिचार्जर एपको विशेष सेवा : ९९९ मा अक्सीमीटर ; ई- सेवाको सहकार्य
काठमाडौं । ई–कमर्स प्लेटफर्म रिचार्जरले कोभिडसँग सम्बन्धित उपकरण तथा सामानहरु सस्तो मूल्यमा उपलब्ध गराउने भएको छ ।
पेमेन्ट गेटवे ई-सेवासँगको सहकार्यामा रिचार्जरले बजारकोभन्दा सस्तो मूल्यमा अक्सिमिटर, क्यान अक्सिजन, मास्क, फेस शिल्ड, स्यानिटाइजर, पीपीई सेट लगायतका सामान निःशुल्क डेलिभरी गरिदिने भएको हो ।
पल्स अक्सिमिटर ९९९ रुपैयाँमा उपलब्ध गराउने रिचार्जरले जनाएको छ । रिचार्जरले मोबाइल एपमा सञ्चालन हुने ह्याप्पी आवर अफरमा निश्चित समयका लागि यो अफर सञ्चालन गर्न लागेको हो ।
वैशाख ३१ गते शुक्रबार दिउँसो १२ बजेदेखि ५ बजेसम्म सञ्चालन हुने ह्याप्पी आवरमा उल्लेखित मूल्यमा अक्सिमिटर अर्डर गर्न सकिने रिचार्जरले जनाएको छ । एक जना प्रयोगकर्ताले अधिकतम ५ वटासम्म अक्सिमिटर खरिद गर्न सक्ने छन् ।
Advertisement
ह्याप्पी आवरमा अर्डर भएका अक्सिमिटरको निःशुल्क ...









