एकै दिन १९ अर्बको सेयर कारोबारले बढाएको जोखिम
गत साता एकै दिन नेपाल स्टक एक्स्चेन्जमा करिब १९ अर्ब रुपैयाँ बराबरको सेयर किनबेच भयो । नेपालको अर्थतन्त्रमा एकै दिन १९ अर्ब रुपैयाँको सेयर कारोबार हुनु सानो होइन ।
हालै सार्वजनिक तथ्यांकअनुसार वाणिज्य बैंकले ९० अर्ब रुपैयाँभन्दा बढी रकम सेयर बजारमा ऋणका रुपमा लगानी गरेका छन् । अन्य वित्तीय संस्था र सहकारीबाट पनि ठूलो रकम सेयर बजारमा आएको छ । स्रोत नखुलेको सम्पत्ति पनि सेयर बजारमार्फत भित्रिएको अनुमान छ । जुनरुपमा सेयर किनबेच भइरहेको छ त्यसले यो देखाउँछ पनि । यस आधारमा तुलनात्मकरुपमा सानो अर्थतन्त्र भए पनि सेयर बजारमा कारोबार ठूलो हुँदै गएको छ ।
यस बजारमा कुनै संकट आयो भने यसले समग्र वित्तीय क्षेत्र नै डाँबाडोल बनाउनेछ । त्यसैले अब सेयर बजारलाई वेवास्ता गरेर जाने अवस्था छैन । सरकार र केन्द्रीय बैंकले सेयर बजारलाई अब हल्कारुपमा लिन हुँदैन । यसलाई केन्द्रम...









