२०८१ जेष्ठ ६

अर्थतन्त्र

‘ब्युटिपार्लरबाट घर धानिरहेका महिलाहरू अब अरूको भरमा बाँच्नुपर्ने भयो’

‘ब्युटिपार्लरबाट घर धानिरहेका महिलाहरू अब अरूको भरमा बाँच्नुपर्ने भयो’

अर्थतन्त्र
विगत पन्ध्र वर्षदेखि ब्युटिपार्लर सञ्चालन गरेर खर्च धान्दै आएकी शान्ता शाहलाई हिजोआज मुश्किल छ। घर चलाउन श्रीमानको भर पर्नुपर्छ। पार्लरको भाडा तिर्न पनि अरूसँगै पैसा सापटी माग्न बाध्य छिन्। एक लाख लगानीमा पन्ध्र वर्षअगाडि कलंकीमा लोटस ब्युटिपार्लर सञ्चालन गरेकी उनले सामान्य अवस्थामा राम्रो कमाउँथिन्। तीन जनाको परिवार खर्च उनको कमाइले धानिएको थियो। तर कोभिड महामारी सुरू भएसँगै कारण लामो समय पार्लरको काम ठप्प भएपछि उठ्न नसक्ने गरी थला परेको उनी बताउँछिन्। 'काठमाडौंमा एउटा सानो घर बनाएका छौं। श्रीमानको कमाइ घरको किस्ता तिर्न छुट्याएर पार्लरको पैसाले मैले खर्च चलाउँदै आएकी थिएँ,' उनी भन्छिन्, 'अब त तरकारी किन्ने पैसा पनि श्रीमानसँग माग्नुपरेको छ। पार्लर खोल्न सक्ने अवस्था छैन। यही बेला पार्लरको भाडा बढ्यो, कसरी तिर्ने हो, भेउ पाएकी छुइनँ।' ...
कोरोना कहरमा रिचार्जर एपको विशेष सेवा : ९९९ मा अक्सीमीटर ; ई- सेवाको सहकार्य

कोरोना कहरमा रिचार्जर एपको विशेष सेवा : ९९९ मा अक्सीमीटर ; ई- सेवाको सहकार्य

अर्थतन्त्र, नेपाली ब्रान्ड
काठमाडौं । ई–कमर्स प्लेटफर्म रिचार्जरले कोभिडसँग सम्बन्धित उपकरण तथा सामानहरु सस्तो मूल्यमा उपलब्ध गराउने भएको छ । पेमेन्ट गेटवे ई-सेवासँगको सहकार्यामा रिचार्जरले बजारकोभन्दा सस्तो मूल्यमा अक्सिमिटर, क्यान अक्सिजन, मास्क, फेस शिल्ड, स्यानिटाइजर, पीपीई सेट लगायतका सामान निःशुल्क डेलिभरी गरिदिने भएको हो । पल्स अक्सिमिटर ९९९ रुपैयाँमा उपलब्ध गराउने रिचार्जरले जनाएको छ । रिचार्जरले मोबाइल एपमा सञ्चालन हुने ह्याप्पी आवर अफरमा निश्चित समयका लागि यो अफर सञ्चालन गर्न लागेको हो । वैशाख ३१ गते शुक्रबार दिउँसो १२ बजेदेखि ५ बजेसम्म सञ्चालन हुने ह्याप्पी आवरमा उल्लेखित मूल्यमा अक्सिमिटर अर्डर गर्न सकिने रिचार्जरले जनाएको छ । एक जना प्रयोगकर्ताले अधिकतम ५ वटासम्म अक्सिमिटर खरिद गर्न सक्ने छन् । Advertisement ह्याप्पी आवरमा अर्डर भएका अक्सिमिटरको निःशुल्क ...
Personality Profile : Biography of Educational Entrepreneur Rajan Shrestha (EN)

Personality Profile : Biography of Educational Entrepreneur Rajan Shrestha (EN)

अर्थतन्त्र, उद्यमशीलता, शिक्षा
(Published by Rula /Asian Awards) Short Introduction: I am RAJAN SHRESTHA. Also known as Dharatal, I am a 30-years-old man from Nepal. I was born as the second child of my parents on 17th May, 1990 and brought up in Budhanilkantha-13, Chunikhel, Tusal, Kathmandu. I was raised in typical socio-cultural community with less freedom and a lots of boundaries. I would like to thank my mom Chandra Maya Shrestha and dad Ramji Shrestha for the lesson of struggles they have taught and helped me grow myself day by day. I would also like to extend my sincere gratitude to my mom who made me a man of society and helped me stand back whenever I fell. Whatever I am today is due to her, no matter what. It would be unfair if I don’t mention here my better half, Dimpal Shrestha, my daughte...
सुनको मूल्‍य तोलामा तीन सयले घट्यो

सुनको मूल्‍य तोलामा तीन सयले घट्यो

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार
२२ वैशाख, काठमाडौं । सुनको मूल्‍य तोलामा तीन सय रुपैयाँले घटेको छ । मंगलबार ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्‍य बुधबार ९० हजार तीन सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबारका लागि महासंघले तेजावी सुनको प्रतितोला मूल्‍य ८९ हजार ८ सय रुपैयाँ तोकेको छ । मंगलबार भने तेजाबी सुन प्रतितोला ९० हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । Advertisement यस्तै चाँदीको प्रतितोल मूल्‍यमा पनि पाँच रुपैयाँले गिरावट आएको छ । मंगलबार प्रतितोला १ हजार तीन सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्‍य बुधबार एक हजार तीन सय २० रुपैयाँ तोकेको छ । देशका प्रमुख शहरहरुमा सुरु भएको निषेधाज्ञाका कारण सुनको कारोबार भने शूनय जस्तै रहेको महासंघले जनाएको छ । Credit: OnlineKhabar ...
सहारा बिजनेस ग्रुपको भब्य घोषणा : १ महिना भित्र ७ प्रदेशमै अक्सिजन प्लान्ट

सहारा बिजनेस ग्रुपको भब्य घोषणा : १ महिना भित्र ७ प्रदेशमै अक्सिजन प्लान्ट

अर्थतन्त्र, देश, समाचार
युवा उद्यमी सुदर्शन राज शर्मा सधैँ समाज कल्याणको बाटो समातेर व्यापार गर्नु पर्दछ भन्ने सिद्धांत राख्दछन। स्वाही विचार समातेर सहारा बिजनेस ग्रुपका अध्यक्षले १ महिना भित्र सात प्रदेशमा अक्सिजन प्लान्ट निमार्ण गर्ने घोषणा गरेका छन। Advertisement कोरोना महामारीको बेला अक्सिजनको अभाव पर्ने र धेरै नेपालीहरु अक्सिजन अभावमा मृत्यु बहन गर्नु पर्ने परिस्थीती आउन सक्छ। सुदर्शन भन्छन ' मलाई यस्तो दृश्य कल्पना मात्र गर्दा पनि मन भक्कानेर आउँछ। स्वही पीडालाई शक्तिमा परिवर्तन गरी सम्पूर्ण नेपाली हरु को साझा अक्सिजन प्लान्ट स्थापना गर्न गईरहेको हु।' ७ प्रदेश मैं बन्न लागेको अक्सिजन प्लान्ट सहारा बिजनेस ग्रुप मातहत रहने छ र नेपालको गौरव गर्न मिल्ने अक्सिजन प्लान्टको रूप मा स्थापना हुने विज्ञहरु बताउँछन्। प्लान्ट का केही योजना तस्बिर ...
२८ करोड ५० लाख बढी तिर्ने गरी युरिया मल खरिद गर्न सम्झौता

२८ करोड ५० लाख बढी तिर्ने गरी युरिया मल खरिद गर्न सम्झौता

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार
११ चैत, काठमाडौं । एक मेट्रिक टनमा साढे ९ हजार रुपैयाँ थप रकम तिर्नेगरी कृषि सामग्री कम्पनीले ३० हजार मेट्रिकटन युरिया मल खरिद गर्न ठेक्का सम्झौता गरेको छ । जोशी बिज हाउस नामक मल सप्लायर्ससंग ३० हजार मेट्रिक टन युरिया मल खरिद गर्न मंगलबार ठेक्का सम्झौता भएको कम्पनीका प्रवक्ता विष्णुप्रसाद पोखरेलले अनलाइनखबरलाई बताए । Advertisement उनका अनुसार जोशी बिज हाउसले प्रति मेट्रिक टन ४७३ अमेरिकी डलरमा मल ल्याउने गरी सम्झौता गरेको हो । यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको दबाबमा कृषि सामग्री कम्पनीले प्रति मेट्रिकटन ३९१ डलरमा मल ल्याउन परेको टेण्डर रद्ध गरेको थियो । तर अहिले प्रति मेट्रिक टन ८२ डलर (करिब साढे ९ हजार रुपैयाँ) बढी मूल्यमा मल ल्याउन सम्झौता भएको छ । यसरी बढी मूल्यमा ३० हजार मेट्रिक टन मल खरिद गर्दा २४ लाख ६० हजार डलर अर्थात २८ करोड ...
पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा २–२ रुपैयाँ बढाइएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  यससँगै काठमाडौंमा अब एक लिटर पेट्रोलको ११८ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १०१ रुपैयाँ पर्नेछ ।  Advertisement निगमले आन्तरिक तर्फ हवाइ इन्धन प्रतिलिटर रु २ बढाएर ७४ रुपैयाँ बनाएको छ । निगमले ग्यास र हवाइ इन्धन (अन्तर्राष्ट्रियतर्फ) को मूल्य भने यथावत राखेको छ ।  यसअघि निगमले फागुन १७ मा पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।  त्यसअघि पनि निगमले अन्तर्राष्ट्रिय बजारमै मूल्य वृद्धि भएको भन्दै भाउ बढाउँदै आएको थियो । निगमले बढाएको मूल्य मंगलबार मध्यरातिदेखि लागू हुने जनाइएको छ ।  साभार: रातोपाटी ...
८२ प्रतिशत जनताका पहुँचमा इन्टरनेट सेवा

८२ प्रतिशत जनताका पहुँचमा इन्टरनेट सेवा

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार, सामाजिक
नेपालमा दुई करोड ४७ लाख  ३५ हजार जनसङ्ख्याका पहुँचमा इन्टरनेट सेवा पहुँच पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले हालै यहाँ सार्वजनिक गरेको  चालु आर्थिक वर्षको छ महिनाको  तथ्याङ्क अुनसार मङ्सिर  मसान्तका तुलनामा पुस महिनामा तीन लाख ८८ हजार बढी प्रयोगकर्ता थपिएका छन् । मङ्सिरमा कूल २ करोड ४३ लाख ४७ हजार १५७ जनाको पहुँचमा इन्टरनेट सेवा  थियो । कूल जनसङ्ख्यामध्ये ८२ दशमलव ७९ प्रतिशत जनताका पहुँचमा इन्टरनेट सेवा पुगेको तथ्याङ्कमा उल्लेख छ । प्राधिकरणले जनसङ्ख्या प्रक्षेपण ९२०११–२०३०० लाई आधार मानेर प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनमा प्राधिकरणले नेपालको कूल जनसङ्ख्या दुई करोड ९८ लाख ७६ हजार ५३१ लाई आधार बनाएको छ । Advertisement प्राधिकरणको तथ्याङ्क अनुसार सबैभन्दा धेरै योगदान मोबाइल इन्टरनेटको रहेको छ । गत पुससम्म मोबाइल इन्टरनेटको हिस्सा ६० दशमलव...
गलत औषधिले लाखौँ मूल्यको माछा मरेपछि

गलत औषधिले लाखौँ मूल्यको माछा मरेपछि

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार, स्वास्थ्य
एग्रोभेटले दिएको गलत औषधिका कारण पोखरीमा भएको लाखौँ मूल्यको माछा मरेको भन्दै माछापालक किसानले क्षतिपूर्ति माग गरेका छन् ।  सिरहाको मिर्चैया नगरपालिका–५ थानाचौकस्थित स्वस्तिका इन्टरप्राइजेजले दिएको गलत औषधिका कारण सिरहाकै कल्याणपुर नगरपालिका–१ बनिनियाँमा रहेको पोखरीको माछा मरेको भन्दै माछापालक किसान अमरप्रसाद यादवले क्षतिपूर्तिका लागि प्रहरीमा उजुरी दिएका छन् ।  Advertisement फिस चुना लिन गएकामा इन्टरप्राइजेजका सञ्चालकले दिएको सीयु सल्फ (कपर सल्फेट) र एउटा अक्सिलाइट (अक्सिजन) नामक दुईवटा औषधि प्रयोग गरेपछि पोखरीका सम्पूर्ण माछा मरेको किसान यादवले दुखेसो पोखे । फिस चुना लिन गएकामा इन्टरप्राइजेजका सञ्चालकले दिएको सीयु सल्फ (कपर सल्फेट) र एउटा अक्सिलाइट (अक्सिजन) नामक दुईवटा औषधि प्रयोग गरेपछि पोखरीका सम्पूर्ण माछा मरेको किसान यादवले दुखेसो पोखे...
डिम्याट खाताको संख्या ३० लाख नाघ्यो

डिम्याट खाताको संख्या ३० लाख नाघ्यो

अर्थतन्त्र, देश, शेयर बजार, समाचार
१९ फागुन, काठमाडौं । डिम्याट खाताको संख्या ३० लाख नाघेको छ । पछिल्लो समय सेयर बजारमा सर्वसाधाणको आकर्षण बढ्दो छ । खासगरी नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण सेयर (आईपीओ) पछि सर्वसाधारणहरुको बजारमा आकर्षण ह्वात्तै बढेको हो । सेयर कारोबारको सम्पूर्ण लेखाजोखा राख्ने सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार बुधबारसम्म डिम्याट खाता संख्या ३० लाख ४१ लाख ६ सय ९८ पुगेका छन् । Advertisement सेयर बजारमा प्रवेश गर्न डिम्याट खाता अनिवार्य छ । सेयर प्रमाणपत्र तथा अन्य धितोपत्रलाई कुनै बैङ्कमा खाता खोलेर जम्मा गर्नुलाई सेयर अभौतिकीकरण अथवा डिम्याट गर्नु भनिन्छ । यस्तो खातालाई हितग्राही खाता पनि भनिन्छ । आफूसँग भएको भौतिक सेयर प्रमाणपत्रलाई डिम्याट गराएपछि आफूसँग सेयर प्रमाणपत्रको कागज चाहिँदैन, त्यो बैंकमा रहेको डिम्याट खातामा हुन्छ । सामान्य अर्थमा भन्नुपर...