२०८१ बैशाख १३

कर्पोरेट

शिवम् सिमेन्टलाई ‘बेस्ट म्यानेज्ड कम्पनी अफ द एयर-२०२२’ अवार्ड

शिवम् सिमेन्टलाई ‘बेस्ट म्यानेज्ड कम्पनी अफ द एयर-२०२२’ अवार्ड

कर्पोरेट
काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले ‘बेस्ट म्यानेज्ड कम्पनी अफ द एयर-२०२२’ अवार्ड प्राप्त गरेको छ । शिवम सिमेन्ट्स लिमिटेडलाई न्यू बिजनेश एज प्रालिले सातौं न्यू बिज बिजनेस कन्क्लेभ एण्ड अवार्ड २०२२ कार्यक्रममा विभिन्न फरक फरक सातओटा संस्थागत विधामा दिइएको उक्त अवार्डहरु मध्ये शिवम् सिमेन्टले उक्त अवार्ड पाएको हो । यसभन्दा पहिला पनि शिवम् सिमेन्टले सिमेन्ट जगतमै पहिलो पटक एनएस क्वालिटी अवार्ड–२०१९ प्रथमबाट सम्मानित भइसकेको थियो । हेटौंडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधि युक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको जनाएको छ । ...
सिप्रदी ट्रेडिङले सम्पन्न गर्‍यो स्किल–अप दीक्षान्त कार्यक्रम

सिप्रदी ट्रेडिङले सम्पन्न गर्‍यो स्किल–अप दीक्षान्त कार्यक्रम

कर्पोरेट
सिप्रदी ट्रेडिङले सिप्रदीयन सहायता संस्थाको आयोजनामा छ महिने निःशुल्क स्कील–अप तालिम कार्यक्रम तेस्रो ब्याच सम्पन्न गरेको छ। दक्ष अटो प्राविधिक उत्पादन गर्ने उद्देश्यले गरिएको यस कार्यक्रममा नेपालभर रहेका सिप्रदीका च्यानल पार्टनरहरू-आधिकारीक सर्भिस सेन्टर, प्रमाणित ग्यारेज र आकस्मिकमर्मत सेवा केन्द्रबाट सिफारिस भएका १२ जना प्रशिक्षार्थीहरूले सफलतापूर्वक तालिम सम्पन्न गरेका छन्।  तालिम सकेपछि सिफारिस गरिएको वर्कशपमा रोजगार प्राप्त गरेका कम्पनीले बताएको छ।  कार्यक्रमको दीक्षान्त समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र प्रमुख सञ्चालन अधिकृत राजेशप्रसाद गिरीले प्रशिक्षार्थीहरूलाई प्रमाण पत्र दिएका बताइएको छ। ...
९ लाखमा सुरू गरेको कम्पनी, अहिले वार्षिक एक अर्बभन्दा बढीको कारोबार

९ लाखमा सुरू गरेको कम्पनी, अहिले वार्षिक एक अर्बभन्दा बढीको कारोबार

SYM शुद्ध सकारात्मकता, कर्पोरेट, नेपाली ब्रान्ड
अहिले बजारमा उपलब्ध विभिन्न ब्रान्डका 'रिफ्रेसमेन्ट ड्रिंक्स' मध्ये रिलायबल ग्रुप अफ कम्पनीको उत्पादन 'बदाम ड्रिंक्स' को माग बढ्दो छ। स्वस्थ र स्वादिलो हुनाले बजारमा यसले राम्रो प्रतिक्रिया पाइरहेको कम्पनीका अध्यक्ष अशोक साह बताउँछन्। 'हामी गाईको दूध, अलैंची, बदाम, केसर जस्ता कच्चा पदार्थको मिश्रणमा बदाम ड्रिंक्स बनाउँछौं,' अशोकले भने, 'विभिन्न फलफूल र ड्राइ फ्रुट्सको स्वादमा उत्पादन गर्दैछौं।' रिलायबल नेपालले चकलेट बदाम, किमु बदाम, केसर बदाम, माउन्ट-फ्रेस बदाम जस्ता दर्जन प्रकारका बदाम ड्रिंक्स उत्पादन गर्दैछ। यसबाहेक कम्पनीले भियतनामको एक शक्तिवर्द्धक पेय पदार्थ (इनर्जी ड्रिंक्स) को फ्रेन्चाइज लिएर नेपालमै इनर्जी ड्रिंक्स उत्पादन गरिरहेको छ। कम्पनीले बजारमा 'रेड-ब्लू' र 'रेड-साओला' पुर्‍याइरहेको छ। अशोकले २०६६ सालतिर रिलायबल नेपाल आयात तथा निर्यात प्रालि नामक ...
आइएमई दशैं अफर

आइएमई दशैं अफर

कर्पोरेट
आइएमईले दशैं, तिहार र छठ जस्ता चाडपर्वहरूका अवसरमा सेवाग्राहीमुखी दशैं अफर सार्वजनिक गरेको छ। अफर अनुसार विदेशबाट आइएमईमार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरूमध्ये दैनिक एक जनालाई सामसुङ मोबाइल फोन उपहार स्वरूप प्रदान गरिनेछ।  साथै, हरेक हप्ता आइएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने दुई जनालाई जनही २५ हजार रुपैयाँ उपहार स्वरूप प्रदान गरिने कम्पनीले बताएको छ।  त्यस्तै, अफर अवधिमा एक जना भाग्यशाली विजेतालाई दश लाख रुपैयाँ उपहार स्वरूप प्रदान गरिनेछ। बुधबार पानीपोखरी काठमाडौंस्थित आइएमई केन्द्रीय कार्यालयमा फेसबुक लाइभमार्फत उक्त अफर सार्वजनिक गरिएको हो।  अफर सार्वजनिक कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, ब्राण्ड एम्बासडर दीपकराज गिरी, आइएमई ग्रुपका भाइस प्रेसिडेन्ट रूद्रराज पौडेललगायत ग्रुपमा कार्यरत कर्मचारीहरू...
‘हेयर एण्ड शान्ति’ हेटौंडामा पनि

‘हेयर एण्ड शान्ति’ हेटौंडामा पनि

कर्पोरेट, नेपाली ब्रान्ड
काठमाडौं । हेयर एण्ड शान्ति युनिसेक्स सलुनले हेटौंडाको भाटभटेनी सुपरस्टोरमा नयाँ शाखा खोलेको छ । नेपालमा काठमाडौंको कमलादीबाट सुरु भएको हेयर एण्ड शान्तिका आउटलेट अहिले दरबारमार्ग, ठमेल, जावलाखेल, टंगाल र बानेश्वरमा सञ्चालित छन् । उपत्यकाबाहिर हेयर एण्ड शान्तिले नारायणगढपछि हेटौंडामा शाखा सञ्चालनमा ल्याएको सञ्चालिका अनुजा श्रेष्ठले बताइन् । गुणस्तरीय र दक्ष जनशक्तिबाट कपाल र सौन्दर्य सम्बन्धी सेवा दिंदै आएको हेयर एण्ड शान्तिले छोटो समयमा नै ग्राहकको मन जित्दै गएको उनले बताइन् । ‘उच्चतम उपकरण र उत्पादनको प्रयोग गरेर गुणस्तरीय सेवा दिइने भएकाले छोटो समयमै हेयर एण्ड शान्तिले ग्राहकहरुको मन जित्न सफल भएको हो,’ श्रेष्ठ भन्छिन् । हेयर एण्ड शान्तिले कपालको सम्पूर्ण साजसज्जादेखि केराटिन, स्किन केयर, मेनिक्योर-पेडिक्योर लगायत सेवा दिइरहेको छ । सन् २००१ मा भारत...
कृष्णहरि पुष्कर : शक्तिकेन्द्र रिझाउन सिपालु

कृष्णहरि पुष्कर : शक्तिकेन्द्र रिझाउन सिपालु

आर्थिक, कर्पोरेट
२३ साउन, काठमाडौं । अनियमित ढंगले करको दर हेरफेर प्रकरणमा ‘फेस सेभ’ गर्न अर्थसचिव मधुकुमार मरासिनी मन्त्रालयबाट सुटुक्क बाहिरिए । त्यही प्रकरणमा मुछिएका राजस्व सचिव कृष्णहरि पुष्कर  कर्ण भने मन्त्रालयभित्रै अर्को चौका दाउ हेर्दैछन् । करको दर हेरफेरको विषय भएकाले यो प्रकरणमा मरासिनीमाथि जति नैतिक प्रश्नहरू थिए, उस्तै प्रश्नबाट घेरिएका व्यक्ति हुन्, पुष्कर पनि । तर, सरकारले कत्ति पनि अप्ठ्यारो नमानी १९ साउनको मन्त्रिपरिषद् बैठकबाट तिनै पुष्करलाई तत्कालका लागि भन्दै अर्थसचिवको जिम्मेवारी सुम्पिएको छ । यसअघि नै नैतिक प्रश्नहरूमा कमजोर साबित भइसकेका उनी यतिमै चित्त बुझाउनेमा छैनन् । उनले जसरी पनि अर्थसचिवमा कायम रहने ‘लबिइङ’ बढाएको मन्त्रालय स्रोत बताउँछ । स्रोतका अनुसार, अर्थमन्त्रीमा जनार्दन शर्माको पुनर्वहाली पुष्करको लागि वरदान सावित हुने अवस्था छ । त्यसका लागि हालसाल...
साढे २ करोड लगानीमा भिल्ला बनाउँदै ‘रिभरसाइड रिसोर्ट’

साढे २ करोड लगानीमा भिल्ला बनाउँदै ‘रिभरसाइड रिसोर्ट’

कर्पोरेट, विज्ञापन
राजधानी काठमाडौं उपत्यकाको व्यस्त दिनचर्या र कोलाहलबाट थोरै समय भए पनि अलग भएर आनन्द लिन चाहनु हुन्छ भने तपाईंको चाहना पूरा गरिदिन्छ 'त्रिशूली रिभरसाइड रिसोर्ट' ले। त्रिशूली नदी किनारमा रहेको उक्त रिसोर्टले नदीपारि भिल्ला अर्थात बस्ती रिसोर्ट बनाउँदैछ। रिसोर्टका सञ्चालक उद्धव कँडेलका अनुसार दुई वर्षअघि सुरू भएको भिल्लाको निर्माण आगामी छ महिनाभित्र पूरा हुनेछ।  भिल्लामा सपरिवार बसेर तपाईंले आफूमा ताजगी भर्न सक्नुहुन्छ। करिब पाँच रोपनी क्षेत्रफल ओगट्ने भिल्लामा २५ वटा घर हुनेछन्। ती घरमा एक पटकमा २५ परिवार अटाउँछन्।  भिल्लामा रेस्टुराँ, बार, बगैंचा, स्विमिङ पुल इत्यादि रहने छन्। स्पा, साउना, थेरापी, बडी मसाजको सुविधा पनि हुनेछ। शान्त पारिवारिक वातावरण हुने भिल्ला झट्ट हेर्दा परम्परागत गाउँजस्तो देखिनेछ। उद्धवका अनुसार छानो परम्परागत घरको जस्तै हुनेछ। घरको भित्ता...
अमेरिकामा भुई पुछ्दा साथीहरुको प्रतिक्रियाले जीवन दृष्टिकोण बद्लियो : यक्ष प्रश्नमा अनिल केशरी शाह

अमेरिकामा भुई पुछ्दा साथीहरुको प्रतिक्रियाले जीवन दृष्टिकोण बद्लियो : यक्ष प्रश्नमा अनिल केशरी शाह

SYM शुद्ध सकारात्मकता, अन्तर्वार्ता, कर्पोरेट
अनिल केशरी शाह बारे लेखिरहँदा परिचय खुलाउनु आवश्यक छैन। एक उपनाम नै काफी छ : बादशाह अफ बैंकिङ । यक्ष प्रश्नको साप्ताहिक बुधवार आउने अन्तरवार्ता कार्यक्रमका अतिथि स्वरूप अनिल शाहले मन खोलेर कुरा गरेका छन्। निक्कै प्रेरक प्रसङ्ग र राजेन्द्र बानियाको जोरदार प्रश्न गर्ने शैलीले गर्दा यो श्रृङ्खला सर्वाधिक मनपराइएको छ। Advertisement कुराकानी कै क्रममा अनिल शाहले अमेरिकामा पठन पाठन गर्ने क्रममा कलेज क्यान्टिनको भुई पुछिरहादा साथीहरुले देखेको दृष्टान्त सुनाए। त्यो घटनालाई गहिरो समीक्षा गर्दा श्रम सम्मानको ठूलो पाठ सिक्न सकिन्छ। अनिल शाहको हरेक कुरा र कार्य सुन्दा र हेर्दा हामीलाई गर्व लाग्छ : अनिल शाह पहिलो SYM Inspiration of the Month हुन्। पूर्ण प्रेरक अन्तरवार्ता - यक्ष प्रश्नमा "बादशाह अफ बैंकिङ" अनिल केशरी शाह : https://www.yo...
पारस खड्काको तालिम केन्द्रलाई श्रद्धेश आचार्यले सहयोग गर्ने घोषणा

पारस खड्काको तालिम केन्द्रलाई श्रद्धेश आचार्यले सहयोग गर्ने घोषणा

कर्पोरेट, खेलकुद, देश, समाचार
ए.एफ.टी.आई कर्पोरेशनका सिइओ तथा समूह अध्यक्ष श्रद्धेश आचार्यले नेपाली क्रिकेट टोलीका पूर्व तथा सफल कप्तान पारस खड्काले सुरु गर्नगइरहेको क्रिकेट एक्सेलेन्स सेन्टर "सी ई सी" लाई सहयोग गर्ने घोषणा गरेका छन्। श्रद्धेश भन्दछन्, "मैले स्कूल लेवल सम्म निक्कै क्लब क्रिकेट खेले। वीरगन्जमा जन्मिने ९९% बच्चाले खेल्ने र रुचाउने पहिलो खेल्न क्रिकेट नै हो। म पनि कुनै पृथक थिइन। अहिले आएर खुट्टाको लिगामेन्टको चोट र व्यस्त दिन्चरियले क्रिकेट खेल्न त सम्भव छैन। खेल्न नसकेपनि मेरो क्रिकेट प्रतिको प्रेम सधैं रहिरह्यो। त्यही प्रेमभाव लाई निरन्तरता दिँदै यो सहयोग गर्ने घोषणा गरेको हुँ।" Advertisement श्रदेशले एक वर्ष मा तीन खेलाडीलाई काम लाग्ने क्रिकेट किट प्रदान गर्ने वाचा गरेका छन्। भावी दिनमा संख्या बढाउँदै थप जेहेन्दार क्रिकेटर युवालाई सहयोग गर्ने प्रतिबद्धता आचार्...
शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

आर्थिक, कर्पोरेट, देश, बैँक/ बीमा, समाचार
९ भदौं, काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बुधबार बजार परिसूचक नेप्से ४८.४२ अंकले घटेको हो । कुल २२७ कम्पनीको १९ करोड ५९ लाख ९० हजार ८९ कित्ता सेयर सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा कारोबार रकममा पनि चार अर्ब हाराहारीको गिरावट आएको छ । आज कुल १२ अर्ब ९ करोड २१ लाख ३ हजार रुपैया बराबरको सेयर कारोबार भएको छ । Advertisement मंगलबार १६ अर्ब रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको थियो । बुधबार कारोबारमा आएका सबै उपसमूहमा गिरावट आएको छ । बुधबार कारोबारमा आएकामध्ये १६२ कम्पनीको सेयर मूल्य घट्यो । यस्तै २१ कम्पनीको सेयर मूल्य बढ्दा दुई कम्पनीको मूल्य स्थिर रह्यो । Credit: OnlineKhabar ...