२०८१ बैशाख २३

कर्पोरेट

जेठसम्म एक खर्ब ४८ अर्ब पुनर्कर्जा स्वीकृत

जेठसम्म एक खर्ब ४८ अर्ब पुनर्कर्जा स्वीकृत

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार
३१ असार, काठमाडौं । जेठ मसान्तसम्म  कोभिड प्रभावित व्यवसाय पुनरुत्थानका लागि राष्ट्र बैंकले प्रदान गर्दै आएको पुर्नकर्जा एक खर्ब ४८ अर्ब रुपैयाँ स्वीकृत भएको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको ११ महिनाको वित्तीय विवरणअनुसार स्वीकृतमध्ये एक खर्ब २७ अर्ब ९ करोड रुपैयाँ भने लगानी भइसकेको छ । यस्तै व्यवसाय पुर्नउत्थानका लागि सरकारले प्रदान गरेको सहुलियतपूर्ण ऋण लगानी कृषि तथा पशुपन्छी क्षेत्रमा अत्यधिक रहेको पाइएको छ । Advertisement जेठ मसान्तसम्म एक खर्ब ५० अर्ब ९६ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण कर्जा प्रवाह भएकोमा एक खर्ब दुई अर्ब ८३ करोड रुपैयाँ कृषि र पशुपन्छी क्षेत्रमा लगानी भएको राष्ट्र बैंकले जनाएको छ । कृषि तथा पशुपन्छी क्षेत्रमा यस्तो कर्जा लिनेको ऋणी ४४ हजार ७ जना छन् । यस्तै महिला उद्यमशील कर्जा शीर्षकमा ५० हजार ५१३ उद्यमीले ४४ ...
मोरङमा अष्ट्रेलियाको भनेर नवलपरासीको बाख्रा वितरण

मोरङमा अष्ट्रेलियाको भनेर नवलपरासीको बाख्रा वितरण

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार
२५ जेठ, विराटनगर । मोरङको बेलबारी नगरपालिकाले अष्ट्रेलियाको भनेर नवलपरासीको बाख्रा वितरण गरेको पाइएको छ । नगरपालिकाले जेठ १५ गते अष्ट्रेलियाबाट आयात गरेको ‘फूल ब्लड’ बोयर बोका भनी नवलपरासीबाट ल्याएको ९२ वटा बोयर बाख्रा विभिन्न ४४ वटा फर्म र केही किसानलाई वितरण गरेको हो । अष्ट्रेलियाबाट ‘फूल ब्लड’ बोयर बाख्रा ल्याउन जेठ ३ गते संखुवासभाको ग्रो अर्गानिक कृषि फर्मलाई एक करोड २४ लाख रुपैयाँमा ठेक्का दिएको थियो । सप्लायर्सले जेठ १५ गते बोका ल्याएपछि वितरण गर्दा किसानले विरोध जनाएका थिए । Advertisement बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाहले बाख्रा ल्याउँदा सप्लायर्सको बदमासी देखिएको बताए । ‘आयातकर्ताले भारतको लखनउ हुँदै ल्याएको बताएपछि बाख्रा बाँडियो,’ उनले भने, ‘शनिबार ल्याएका थिए, कागजपत्र पछि ल्याउने भनेपछि बाख्रा वितरण गरियो ।’ सप...
विदेशी लगानी ल्याउँदा राष्ट्र बैंकको स्वीकृति नचाहिने

विदेशी लगानी ल्याउँदा राष्ट्र बैंकको स्वीकृति नचाहिने

अर्थतन्त्र, कर्पोरेट
काठमाडौं । विदेशी लगानी ल्याउन नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिन नपर्ने भएको छ । राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ जारी गर्दै यस्तो व्यवस्था गरिएको हो । Advertisement “विदेशी लगानीकर्ताले विदेशी लगानी स्वीकृति गर्ने निकायबाट विदेशी लगानीको स्वीकृति प्राप्त गरेपश्चात् सोबापतको विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन राष्ट्र बैंकबाट पूर्वस्वीकृति लिन अनिवार्य हुने छैन,” विनियमावलीमा भनिएको छ । तर, विदेशी लगानी स्वीकृत भएपश्चात् विदेशी मुद्रा भित्र्याउनु वा पठाउनुपूर्व, लिखित जानकारी भने दिनुपर्ने व्यवस्था गरिएको छ । काठमाडौं । विदेशी लगानी ल्याउन नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिन नपर्ने भएको छ । राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ जारी गर्दै ...
सार्वजनिक बिदाका कारण बुधबार सुनचाँदीको मूल्य यथावत

सार्वजनिक बिदाका कारण बुधबार सुनचाँदीको मूल्य यथावत

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार
आज २५६५ औं बुद्ध जयन्ती । सार्वजनिक विदाका कारण आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा कुनै हेरफेर गरिएको छैन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार सुनचाँदीको मूल्य गत मंगलबारकै मूल्य कायम गरिएको हो ।  Advertisement महासंघका अनुसार आज पनि छापावाल सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँ कायम गरिएको छ भने तेजाबी सुन प्रतितोला ९३ हजार रुपैयाँ नै कायम गरिएको छ ।  त्यस्तै यता चाँदीको मूल्य पनि गत मंगलबारकै मूल्य प्रतितोला एक हजार ३५० रुपैयाँ कायम गरिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । साभार: रातोपाटी ...
कञ्चनपुरमा तरकारी र खाद्यान्न किन्न जाँदा अनिवार्य फेसशिल्ड लगाउनुपर्ने

कञ्चनपुरमा तरकारी र खाद्यान्न किन्न जाँदा अनिवार्य फेसशिल्ड लगाउनुपर्ने

आर्थिक, कर्पोरेट, देश, समाचार, सामाजिक
२२ वैशाख, काठमाडौं । कञ्चनपुरमा खाद्यान्न तथा तरकारी किन्न जाँदा अनिवार्य फेसशिल्ड लगाउनुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बुधबार सूचना जारी गर्दै हाल लागू भएको निषेधाज्ञाको समयमा तरकारी, फलफूल र खाद्यान्न खरिद बिक्री गर्न छुट्टाइएको समयमा ग्राहकहरुको भिडभाड भएकाले अबदेखि अनिवार्य रुपमा मास्क, फेसशिल्ड र पञ्जा लगाएर मात्रै दैनिक उपभोग्य सामग्री खरिद बिक्री गर्न भनिएको छ । भाइजरसहितको हेलमेट लगाउनेले भने फेससिल्ड लगाउनु पर्नेछैन । Advertisement कोरोना संक्रमण बढेपछि कञ्चनपुरमा निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञा अवधिमा प्रत्येक आइतबार, मंगलबार र बिहीबार बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र तरकारी तथा खाद्यान्न खरिद बिक्री गर्न पाइन्छ । उपभोग्य सामग्री खरिद गर्न जाँदा फेसशिल्ड, मास्क र ग्लोब्सको प्रयोग नगरी अटेर गर्नेलाई कानूनबमोजिम कारवा...
सुनको मूल्‍य तोलामा तीन सयले घट्यो

सुनको मूल्‍य तोलामा तीन सयले घट्यो

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार
२२ वैशाख, काठमाडौं । सुनको मूल्‍य तोलामा तीन सय रुपैयाँले घटेको छ । मंगलबार ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्‍य बुधबार ९० हजार तीन सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबारका लागि महासंघले तेजावी सुनको प्रतितोला मूल्‍य ८९ हजार ८ सय रुपैयाँ तोकेको छ । मंगलबार भने तेजाबी सुन प्रतितोला ९० हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । Advertisement यस्तै चाँदीको प्रतितोल मूल्‍यमा पनि पाँच रुपैयाँले गिरावट आएको छ । मंगलबार प्रतितोला १ हजार तीन सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्‍य बुधबार एक हजार तीन सय २० रुपैयाँ तोकेको छ । देशका प्रमुख शहरहरुमा सुरु भएको निषेधाज्ञाका कारण सुनको कारोबार भने शूनय जस्तै रहेको महासंघले जनाएको छ । Credit: OnlineKhabar ...
विद्युतीय बस खरिद प्रक्रिया पुनः अघि बढाइयो

विद्युतीय बस खरिद प्रक्रिया पुनः अघि बढाइयो

आर्थिक, कर्पोरेट, देश, समाचार
सरकारले विद्युतीय बस खरिद प्रक्रिया पुनः अघि बढाउन साझा यातायात सहकारी प्रालिलाई आवश्यक कागजात उपलब्ध गराएको छ । संस्थामार्फत नै विद्युतीय बस खरिद गरेर सञ्चालन गर्ने गरी सरकारले दुई वर्ष अघि उक्त सहकारीको सेयर खरिद गरेको थियो ।  त्यतिबेला बस कस्तो हुने भन्ने विवरणलगायत विषयमा समस्या आउँदा सरकारले साझालाई दिइएको रकम फिर्ता गर्ने जनाएको थियो । सेयर रकम फिर्ता नभएको र सोही रकमबाट अहिले बस खरिद गरेर सञ्चालन गर्ने योजना बनाइएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता दीपक भट्टराईले बताए । Advertisement उनले भने, “अहिले पुनः बस खरिदका लागि प्रक्रिया अघि बढिरहेको छ ।” सरकारले २०७५ सालमा संस्थालाई ३०० विद्युतीय बस खरिदका लागि भन्दै रु तीन अर्ब बराबरको सेयर खरिद गरेको थियो । त्यतिबेला स्फेसिफिकेसन, ठेक्का कागजात बनाउनेलगायत प्राविधिक समस्या भएको प्...
२८ करोड ५० लाख बढी तिर्ने गरी युरिया मल खरिद गर्न सम्झौता

२८ करोड ५० लाख बढी तिर्ने गरी युरिया मल खरिद गर्न सम्झौता

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार
११ चैत, काठमाडौं । एक मेट्रिक टनमा साढे ९ हजार रुपैयाँ थप रकम तिर्नेगरी कृषि सामग्री कम्पनीले ३० हजार मेट्रिकटन युरिया मल खरिद गर्न ठेक्का सम्झौता गरेको छ । जोशी बिज हाउस नामक मल सप्लायर्ससंग ३० हजार मेट्रिक टन युरिया मल खरिद गर्न मंगलबार ठेक्का सम्झौता भएको कम्पनीका प्रवक्ता विष्णुप्रसाद पोखरेलले अनलाइनखबरलाई बताए । Advertisement उनका अनुसार जोशी बिज हाउसले प्रति मेट्रिक टन ४७३ अमेरिकी डलरमा मल ल्याउने गरी सम्झौता गरेको हो । यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको दबाबमा कृषि सामग्री कम्पनीले प्रति मेट्रिकटन ३९१ डलरमा मल ल्याउन परेको टेण्डर रद्ध गरेको थियो । तर अहिले प्रति मेट्रिक टन ८२ डलर (करिब साढे ९ हजार रुपैयाँ) बढी मूल्यमा मल ल्याउन सम्झौता भएको छ । यसरी बढी मूल्यमा ३० हजार मेट्रिक टन मल खरिद गर्दा २४ लाख ६० हजार डलर अर्थात २८ करोड ...
पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा २–२ रुपैयाँ बढाइएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  यससँगै काठमाडौंमा अब एक लिटर पेट्रोलको ११८ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १०१ रुपैयाँ पर्नेछ ।  Advertisement निगमले आन्तरिक तर्फ हवाइ इन्धन प्रतिलिटर रु २ बढाएर ७४ रुपैयाँ बनाएको छ । निगमले ग्यास र हवाइ इन्धन (अन्तर्राष्ट्रियतर्फ) को मूल्य भने यथावत राखेको छ ।  यसअघि निगमले फागुन १७ मा पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।  त्यसअघि पनि निगमले अन्तर्राष्ट्रिय बजारमै मूल्य वृद्धि भएको भन्दै भाउ बढाउँदै आएको थियो । निगमले बढाएको मूल्य मंगलबार मध्यरातिदेखि लागू हुने जनाइएको छ ।  साभार: रातोपाटी ...
८२ प्रतिशत जनताका पहुँचमा इन्टरनेट सेवा

८२ प्रतिशत जनताका पहुँचमा इन्टरनेट सेवा

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार, सामाजिक
नेपालमा दुई करोड ४७ लाख  ३५ हजार जनसङ्ख्याका पहुँचमा इन्टरनेट सेवा पहुँच पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले हालै यहाँ सार्वजनिक गरेको  चालु आर्थिक वर्षको छ महिनाको  तथ्याङ्क अुनसार मङ्सिर  मसान्तका तुलनामा पुस महिनामा तीन लाख ८८ हजार बढी प्रयोगकर्ता थपिएका छन् । मङ्सिरमा कूल २ करोड ४३ लाख ४७ हजार १५७ जनाको पहुँचमा इन्टरनेट सेवा  थियो । कूल जनसङ्ख्यामध्ये ८२ दशमलव ७९ प्रतिशत जनताका पहुँचमा इन्टरनेट सेवा पुगेको तथ्याङ्कमा उल्लेख छ । प्राधिकरणले जनसङ्ख्या प्रक्षेपण ९२०११–२०३०० लाई आधार मानेर प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनमा प्राधिकरणले नेपालको कूल जनसङ्ख्या दुई करोड ९८ लाख ७६ हजार ५३१ लाई आधार बनाएको छ । Advertisement प्राधिकरणको तथ्याङ्क अनुसार सबैभन्दा धेरै योगदान मोबाइल इन्टरनेटको रहेको छ । गत पुससम्म मोबाइल इन्टरनेटको हिस्सा ६० दशमलव...