२०८३ बैशाख २२

Author: Senior Editor Nima

शैक्षिक मुद्दा लिएर काठमाडौं–१मा अघि बढेका ऋषभ भट्टराई

शैक्षिक मुद्दा लिएर काठमाडौं–१मा अघि बढेका ऋषभ भट्टराई

राजनीति
काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा ०६४ साल यता प्रकाशमान सिंहले यो निर्वाचन क्षेत्रमा ह्याट्रिक गरिसकेका छन् ।  माओवादीको बोलवाला भएको ०६४ सालको पहिलो संविधानसभा होस् वा वाम गठबन्धन भएको ०७४ सालको संविधान जारी पछिको पहिलो निर्वाचन –यहाँ प्रकाशमान सिंह नै निर्वाचित हुँदै आएका छन् ।  यो निर्वाचन क्षेत्रमा उनलाई अहिले भने स्वतन्त्रदेखि नयाँ पार्टीका उमेदवारसम्मले चुनौती दिइरहेका छन् ।  विवेकशील साझा पार्टीको अध्यक्षका रुपमा अघिल्लो निर्वाचनमा रवीन्द्र मिश्रले उनलाई चुनौती दिएका थिए ।  काठमाडौं १ मा पार्टीसँगै स्वतन्त्र उमेदवार पनि चर्चामा छन् ।  गणेशमान सिंहको परिवारसँग निकट सम्बन्ध भएका हरिबोल भट्टराईका छोरा ऋषभ नै प्रकाशमानसँग प्रतिस्पर्धामा उत्रिएका छन् ।  मेडिकल इन्स्टिच्युट चलाउँदै गरेका ३९ वर्षीय ऋसभ बानेश्व...
मोरङ पुगेर प्रचण्डले गरे शेखरको तारिफ

मोरङ पुगेर प्रचण्डले गरे शेखरको तारिफ

राजनीति
विराटनगर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मोरङ पुगेर कांग्रेस नेता डा. शेखर कोइराला नभएको भए १२ बुँदे सम्झौता हुनेमा शंका रहेको बताएका छन् । आज मोरङको गछियामा आयोजित गठबन्धनको आमसभामा प्रचण्डले शेखर कोइरालाको सक्रियताका कारण १२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौता सम्भव भएको बताए ।  "यहाँ तपाईंहरूको अगाडि अहिले नेपाली कांग्रेसको वरिष्ठ नेता डा. शेखर कोइराला हुनुहुन्छ । मैले भन्नैपर्ने हुन्छ, डा. शेखर कोइराला नभएको भए १२ बुँदे सम्झौता बन्थ्यो कि बन्दैनथ्यो होला भनेर म बेलाबेलामा सोच्ने गर्छु । उहाँ गिरिजाप्रसाद कोइरालाको दाइने हातका रूपमा हुनुहुन्थ्यो, जतिबेला हामी १२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौताको तयारी गर्दै थियौँ । उहाँ सक्रिय नभएको भए देशमा यो परिस्थिति बन्थ्यो कि बन्थेन होला सोच्छु," उनले बताए । सभामा उनले...
स्वर्णिम वाग्ले भन्छन्– नेतृत्वमा युवा आउनुपर्छ, यथास्थितिमा परिवर्तन हुँदैन

स्वर्णिम वाग्ले भन्छन्– नेतृत्वमा युवा आउनुपर्छ, यथास्थितिमा परिवर्तन हुँदैन

राजनीति
काठमाडौं । अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपालको अर्थतन्त्र सुधार गर्न राजनीतिक नेतृत्वमा युवा आवश्यक रहेको बताएका छन् । आज वाग्मती क्याम्पसका विद्यार्थीहरूलाई सन् २०३० सम्म नेपालको अर्थतन्त्रको मार्ग चित्रका विषयमा प्रशिक्षण दिँदै अर्थविद् डा. वाग्लले मुलुकको अर्थतन्त्र सवल र चलायमान बनाउँदै माथि उठाउन राजनीतिक नेतृत्व सक्षम हुनुपर्ने बताए । यथास्थितिमा भने मुलुकको अर्थतन्त्र माथि जान नसक्ने उनको भनाइ छ ।  "राजनीतिक निर्णय तथा नीतिहरू अन्तर्राष्ट्रिय मुलुकसँग प्रतिष्पर्धी बनाउने गरी गर्नुपर्छ । मुलुकको अर्थतन्त्र सवल र चलायमान बनाउनको लागि अहिलेको व्यवस्थाको निरन्तरता हुनु हुँदैन । यथास्थितिमा मुलुकको अर्थतन्त्र माथि जान सक्दैन । त्यसैले मुलुकको अर्थतन्त्र माथि लानको लागि राजनीतिक नेतृत्वमा युवा अगाडि आउनुपर्छ," उनले भने । उनले नेपालको अर्थतन्त्रल...
गठबन्धन सरकार बनेर पाँचवर्ष ढुक्कले चल्ने देउवा र दाहालको दाबी

गठबन्धन सरकार बनेर पाँचवर्ष ढुक्कले चल्ने देउवा र दाहालको दाबी

राजनीति
सुर्खेत । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावपछि निर्माण हुने लोकतान्त्रिक वाम गठबन्धन पाँच बर्षसम्म टिक्ने बताएका छन् ।  सुर्खेतको मेहलकुनामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले ओलीको जस्तो गरी आफूहरुले संसद भंग नगर्ने उनले बताए । “हामी ५ वर्ष संसद चलाउँछौं,” उनले भने, “त्यसका लागि गठबन्धनलाई जिताउन आवश्यक छ ।” उनले गठबन्धन दलको पक्षमा मतदान गरि संविधानको रक्षा र केपी ओलीको निरंकुशता रोक्न आग्रह गरे ।  सभामा नेकपा माओवादीका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्दै उनले जनताको अधिकार सुनिश्चित गर्न गठबन्धन गरिएको बताए ।  केपी ओलीले सरकारमा हुँदा संसद विघटन नै गठबन्धनको सुरुवात भएको उनको भनाई थियो । अब संसद् जोगाउन, गठबन्धनको सरकार बनाउन,  चुनाव सफलता पार्...
विनोद चौधरीलाई जिताउन देउवा र प्रचण्डको आग्रह

विनोद चौधरीलाई जिताउन देउवा र प्रचण्डको आग्रह

राजनीति
नवलपरासी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नवलपरासीको समग्र विकासका लागि विनोद चौधरीलाई विजय गराउन आग्रह गरेका छन् ।  नवलपरासी विकासमा धेरै पछि परेको र यो जिल्लाको विकासका लागि विनोद चौधरीलाई यहाँ पठाइएको देउवाले बताए ।  पश्चिम नवलपरासीको क्षेत्र नम्बर १ मा आयोजित लोकतान्त्रिक वाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेकपा एमालेलाई जनताले दिएको अभिमत केपी ओलीले बीचमा नै घाँटी निमोठेको भन्दै अब लोकतान्त्रिक गठबन्धनलाई अत्याधिक बहुमतले विजय गराएर लोकतन्त्र र संविधानको रक्षा गर्न आग्रह गरे । संसद् विघटन नगर्ने र जनताले दिएको अभिमत पुणर्रुपमा पालना गर्ने पार्टीलाई विजय गराउन पनि उनले मतदातालाई आग्रह गरे । चुनावी सभामा बोल्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी मंसीर ...
अपाङ्गता भएकाको प्रतिनिधित्व र पहुँचका लागि लड्छु : कोइराला

अपाङ्गता भएकाको प्रतिनिधित्व र पहुँचका लागि लड्छु : कोइराला

राजनीति
विराटनगर । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभामा मोरङ क्षेत्र नम्बर ६ का उमेदवार डा. शेखर कोइरालाले आपाङ्गता भएका व्यक्तिहरुको हरेक क्षेत्रमा प्रतिनिधित्व र पहँुचका लागि लड्ने बताएका छन् ।  विराटनगर–४ मा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले अपांगता भएका व्यक्तिहरुलाई आत्मविश्वास बलियो बनाएर अघि बढ्न आग्रह गरे। आफूलाई चुनाव जिताए अपाङ्गता भएका व्यक्तिहरुलाई हरेक क्षेत्रमा प्रतिनिधित्व र पहुँचमा पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।  कोइरालाले आपाङगता भएका शिक्षित बेरोजगारहरुलाई समेत रोजगारी व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । अपांगता भएका व्यक्तिहरुलाई सीपमूलक तालिम दिएर स्वरोजगार बनाउन आफू लागिपर्ने उनको भनाइ थियो ।  ...
रवि लामिछानेको उमेदवारी खारेज गर्न माग गर्दै उजुरी

रवि लामिछानेको उमेदवारी खारेज गर्न माग गर्दै उजुरी

राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उमेदवार रवि लामिछानेविरुद्ध उम्मेदवारी खारेजीको मागसहित उजुरी परेको छ ।  उमेदवार लामिछानेले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता त्याग नगरेकाले उमेदवारी खारेजी गर्नुपर्ने भन्दै उजुरी परेको हो ।  उमेदवार लामिछानेको विरुद्धमा राजकुमार पाण्डेले उमेदवारी खारेज गर्न माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएको निर्वाचन आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए । मंगलवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा निर्वाचन आयोगका उपन्यायाधिवक्ता वाग्लेले उम्मेदवार लामिछानेबिरुद्धको उजुरीपछि कानूनी व्यवस्थाअनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ चितवनको निर्वाचन क्षेत्रलाई पत्राचार गरेको बताए ...
मतदान कक्षमा क्यामेरा वा मोबाइल लगेमा जफत गरिने

मतदान कक्षमा क्यामेरा वा मोबाइल लगेमा जफत गरिने

राजनीति
काठमाडौं । निर्वाचन आयोगले मतदान केन्द्रमा क्यामरा, मोबाइलसहित अन्य निषेधित वस्तु रोक्नेबारे चार बुँदे निर्देशन दिने निर्णय गरेको छ । आयोगले मतदाता तथा अन्य व्यक्तिलाई सलाई, लाइटर, फोटो खिच्ने क्यामरा, मोबाइल तथा अन्य निषेधित वस्तुलाई मतदान केन्द्रमा लिन रोक लगाएको छ ।  आयोगले कसैले फोटो खिच्ने क्यामरा वा मोबाइल साथमा लगेर मतदान कक्षमा गएमा तत्काल जफत गर्न निर्देशन दिएको छ ।  निर्णयहरू : (क) मतदानका दिन मतदान केन्द्रमा प्रवेश गर्ने मतदाता तथा अन्य व्यक्तिलाई सलाई, लाइटर, फोटो खिच्ने क्यामरा, मोबाइल तथा अन्य निषेधित वस्तु नलिई मतदान केन्द्रमा आउनको निम्ति प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा २१ ब्मोजिम सर्वपक्षीय बैठकमा समेत छलफल गराई सार्वजनिक आह्वान र अनुरोध गर्ने । (ख) मतदाता वा अन्...
पहिचानका लागि क्रस खुकुरी रोजेँ : रमेश केसी

पहिचानका लागि क्रस खुकुरी रोजेँ : रमेश केसी

राजनीति
काठमाडौं । रमेश केसी काठमाडौं ५ बाट प्रतिनिधिसभाका स्वतन्त्र उमेदवार हुन् । साढे २ दशकदेखि सामाजिक अभियानमा सक्रिय केसीले आफ्नै कालमा परिवर्तनका लागि स्वतन्त्र उमेदवारी दिएको बताउँछन् । “अहिले पनि घरदैलो अभियानमै छु,” कुरा गर्दै केसीले भने, “नेपालीको पहिचान वीर गोरखाली भन्ने छ । तर अहिले हामी सबैतिरबाट कमजोर भएको देखिएको छ । त्यसैले हामी कमजोर होइनौं है भन्ने सन्देश दिनका लागि पनि मैले क्रस खुकुरी चुनाव चिह्न लिएको हुँ ।” उनले भविष्यको खोजीमा विदेशिएका सन्ततीलाई नेपाल फर्किने वातावरण बनाउन पनि आफूले उमेदवारी दिएको बताउँछन् । “अहिले पनि दैनिक युवाहरु भिसाको खोजीमा भौतारिइरहेका छन्,” उनले भने, “नेपालमा उत्पादन नहुँदा आयात र निर्यातमा समानता कायम हुन सकेको छैन । त्यसलाई सन्तुलन नमिलाई नेपालको विकास सम्भव छैन । मैले जित हासिल गरेँ भने त्यसका लागि पह...
चितवनमा रविलाई ओलीको कटाक्ष : टिभीमा समाचार पढ्न छोडी घण्टी बजाएर बाटो सोध्या छन्

चितवनमा रविलाई ओलीको कटाक्ष : टिभीमा समाचार पढ्न छोडी घण्टी बजाएर बाटो सोध्या छन्

राजनीति
चितवन — एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनमा आयोजित सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं चितवन २ का प्रतिनिधिसभा उम्मेदवार रवि लामिछाने र चितवन ३ मा गठबन्धनबाट माओवादीका उम्मेदवार डा. भोजराज अधिकारीको आलोचना गरेका हुन् ।  चितवनमा आयोजित चुनावी सभामा सोमबार ओलीले बाटो बिराएर 'समाचार पढ्नुपर्ने' र 'बिरामी जाँच्नुपर्ने' मान्छेहरू उम्मेदवार बनेर आएको अभिव्यक्ति दिएका हुन् । 'मैले सुनेको छु यस क्षेत्रमा अनेकथरी मानिस उठेका छन् । कोही बिमारी जाँच्नुपर्ने अस्पताल छोडेर यता आएछन् । कोही टिभीमा समाचार भन्नुपर्ने त्यो छोडर यता आएका छन् । कोही के गर्नुपर्ने, कोही के गर्नुपर्ने ! चिन्नु न जान्नु कता हिँड्या हो थाहा छैन, घण्टी बजाएका छन्, बाटो सोध्या छन्,' उनले भने । पूर्वसञ्चारकर्मी लामिछाने चितवन-२ मा उम्मेदवार छन् ...