२०८१ बैशाख १७

अपाङ्गता भएकाको प्रतिनिधित्व र पहुँचका लागि लड्छु : कोइराला




विराटनगर । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभामा मोरङ क्षेत्र नम्बर ६ का उमेदवार डा. शेखर कोइरालाले आपाङ्गता भएका व्यक्तिहरुको हरेक क्षेत्रमा प्रतिनिधित्व र पहँुचका लागि लड्ने बताएका छन् । 



Advertisement



विराटनगर–४ मा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले अपांगता भएका व्यक्तिहरुलाई आत्मविश्वास बलियो बनाएर अघि बढ्न आग्रह गरे। आफूलाई चुनाव जिताए अपाङ्गता भएका व्यक्तिहरुलाई हरेक क्षेत्रमा प्रतिनिधित्व र पहुँचमा पु¥याउने प्रतिबद्धता व्यक्त गरे । 



कोइरालाले आपाङगता भएका शिक्षित बेरोजगारहरुलाई समेत रोजगारी व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । अपांगता भएका व्यक्तिहरुलाई सीपमूलक तालिम दिएर स्वरोजगार बनाउन आफू लागिपर्ने उनको भनाइ थियो । 

Copy link
Powered by Social Snap