


नवलपरासी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नवलपरासीको समग्र विकासका लागि विनोद चौधरीलाई विजय गराउन आग्रह गरेका छन् ।
नवलपरासी विकासमा धेरै पछि परेको र यो जिल्लाको विकासका लागि विनोद चौधरीलाई यहाँ पठाइएको देउवाले बताए ।
Advertisement


पश्चिम नवलपरासीको क्षेत्र नम्बर १ मा आयोजित लोकतान्त्रिक वाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेकपा एमालेलाई जनताले दिएको अभिमत केपी ओलीले बीचमा नै घाँटी निमोठेको भन्दै अब लोकतान्त्रिक गठबन्धनलाई अत्याधिक बहुमतले विजय गराएर लोकतन्त्र र संविधानको रक्षा गर्न आग्रह गरे ।
संसद् विघटन नगर्ने र जनताले दिएको अभिमत पुणर्रुपमा पालना गर्ने पार्टीलाई विजय गराउन पनि उनले मतदातालाई आग्रह गरे ।

चुनावी सभामा बोल्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी मंसीर ४ गतेको चुनाव पाण्डव र कौरबबीचको महाभारत युद्ध जस्तै भएकाले जनताले पाण्डवहरुको पक्षमा मतदान गर्न आग्रह गरे ।
कार्यक्रममा बोल्दै प्रचण्डले विनोद चौधरीको विजय यो क्षेत्रको विकासको कोषेढुङ्गा सावित हुने बताए।
सोही कार्यक्रममा काग्रेस केन्द्रिय सदस्य तथा क्षेत्र नम्बर १ का उमेदवार विनोद चौधरीले आफुले यस क्षेत्रका जनताले भोगेको मल , बीउ, डुबान तथा बेरोजगारीको समस्यालाई योजनाबद्धरुपमा समस्या समाधान गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।२५ बर्ष सम्म रोकिएको बिकासलाई अब गति दिने उनले बताए।






