२०८३ बैशाख २१

Author: Senior Editor Nima

सांसदको शपथ खाएपछि सुन्दरीजल पुगे विश्वप्रकाश शर्मा

सांसदको शपथ खाएपछि सुन्दरीजल पुगे विश्वप्रकाश शर्मा

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा झापा १ बाट नवनिर्वाचित सांसद विश्वप्रकाश शर्मा सुन्दरीजल पुगेका छन् ।  बिहीबार प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गरेसँगै उनी बीपी संग्रहालय सुन्दरीजल पुगेका हुन् । उनले सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गर्दै सुन्दरीजल पुगेको पुष्टि गरेका छन् । शर्मा महत्वपूर्ण घटनाक्रमपश्चात् सुन्दरीजल पुग्ने गर्दछन् । उनले पार्टीको १४ औँ महाधिवेशन अघि पार्टी महामन्त्रीमा उमेदवारी घोषणा गर्न पनि सुन्दरीजल नै पुगेका थिए ।  यस्तै, महामन्त्री जितेपश्चात् पनि उनी त्यहाँ पुगेका थिए । उनका समर्थकहरूले उनलाई सानो बीपीको उपमा दिने गर्दछन् । उनका साथमा सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार तथा सांसद सन्तोष चालिसे पनि सँगै पुगेका थिए । ...
सूर्य थापा भन्छन्– कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्छ

सूर्य थापा भन्छन्– कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्छ

राजनीति
काठमाडौं । नेकपा (एमाले)का सांसद सूर्य थापाले कांग्रेस र एमाले मिलेर सरकार बनाए उपयुक्त हुने बताएका छन् । बिहीबार प्रतिनिधिसभा सदस्यको शपथग्रहण गरेपछि सञ्चारकर्मीसँगको कुराकानीनमा थापाले मुलुकको राजनीतिक स्थायित्व र दिर्घकालीन हितका लागि पनि दुई ठूला दल मिलेर सरकार बनाउन उपयुक्त हुने बताए । अहिले नै कसको नेतृत्वमा सरकार बन्छ भनेर भन्न सकिने अवस्था नरहेको उनले बताए । "अब ठूला शक्ति भएकाले नेपाली कांग्रेस र एमाले मिलेर अगाडि जाँदा अलि दिर्घकालीन स्थायित्वका निम्ति पनि हितकर हुन्छ भन्ने मेरो अडान रहँदै आएको छ," उनले भने ।  सांसद थापाले मुलुकको दिर्घकालीन हित केन्द्रित भएर राजनीतिक दलहरू अघि बढनुपर्ने बताए । थापा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई पराजित गर्दै प्युठानबाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन् । ...
सरकारको नेतृत्व लिनेगरी ठूला दलसँग छलफल चलाइएको छ : रवि लामिछाने

सरकारको नेतृत्व लिनेगरी ठूला दलसँग छलफल चलाइएको छ : रवि लामिछाने

राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारको नेतृत्वका लागि ठूला दलहरुसँग छलफल चलाइएको बताएका छन् । आफ्नो पार्टीले पनि प्रतिनिधिसभामा चौथो ठूलो दलको हैसियतले छलफल चलाएको बताए । प्रतिनिधिसभा सदस्य पदको सपथग्रहण गरेलगत्तै सभापति लामिछानेले बिहीबार सरकार बनाउने कुरा संविधानसम्मत ढंगले अघि बढ्ने भएकाले आफूहरु सोहीअनुसार अघि बढ्ने पनि स्पष्ट पारेका छन् ।  संसद् भवन परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै लामिछानेले सरकार बनाउने कुरामा संसद् अनिर्णयको बन्दी नबनोस् भन्ने कुरामा आफूहरु सचेत रहनेसमेत बताए । “आम नागरिकले विश्वास गरेको जनमतको कदर नगर्ने भन्ने कुरै भएन,” लामिछानेले भने, “हामीलाई प्राप्त जनमत सरकार बनाउन पुग्ने छैन । तर, कसैलाई पनि बहुमत नआएको परिवेशमा चौथो ठूलो दलको रुपमा हामीेले पनि नेतृत्व गर्न सक्छौँ कि भन्ने विषयलाई हामीले एकदमै...
बुद्धिजीवीलाई शेखर कोइरालाको आग्रह– हामी बाटो बिराउन सक्छौँ, खबरदारी गर्नू

बुद्धिजीवीलाई शेखर कोइरालाको आग्रह– हामी बाटो बिराउन सक्छौँ, खबरदारी गर्नू

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक दल र नेताहरूलाई बुद्धिजीवीहरूले खबरदारी गरिरहनुपर्ने बताएका छन ।  पर्यटनविज्ञ आदित्य बरालले लेखेको पुस्तक विमोचनम कार्यक्रममा डा. कोइरालाले नेताहरूले बाटो बिराउन सक्ने भन्दै कुनै न कुनै रूपमा खबदारी गर्न आग्रह गरेका हुन् ।  “हामीबाट कहीँकतै गल्ती हुन सक्छ, नेताहरूले बाटो बिराउन सक्छन्, त्यसमा बुद्धिजीवीहरूले सधैँ सचेत गराइरहनुपर्ने आवश्यकता छ,” कोइरालाले भने ।  मुलुकमा चुनौतीका चाङ रहेको भन्दै कोइरालाले देश अहिले पनि कठिन मोडमै रहेको बताए। ...
राप्रपाका अध्यक्ष लिङ्देनसँग अमेरिकी राजदूतको भेट

राप्रपाका अध्यक्ष लिङ्देनसँग अमेरिकी राजदूतको भेट

राजनीति
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन र अमेरिकी राजदूत नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटघाट भएको छ । आज राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा उनीहरूबीच शिष्टाचार भेटघाट भएको हो ।  भेटमा राजदूत थम्पसनले अध्यक्ष लिङ्देनलाई प्रतिनिधिसभाको सदस्य पदमा विजयी भएकोमा बधाई दिएका थिए । उनीहरूबीच समसामयिक विषय र दुई पक्षीय सम्बन्धबारे पनि कुराकानी भएको राप्रपाले जनाएको छ । ...
झलनाथ खनालसहितले पुनः मतदान माग गर्दै परेका रिटमा कारण देखाऊ आदेश

झलनाथ खनालसहितले पुनः मतदान माग गर्दै परेका रिटमा कारण देखाऊ आदेश

राजनीति
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालसहितले पुनः मतदानको माग गर्दै दायर गरेको रिटमा सर्वोच्च अदालतबाट कारण देखाऊ आदेश जारी भएको छ । बुधबार प्रारम्भिक सुनुवाइपछि सर्वोच्चको संवैधानिक इजलासबाट कारण देखाऊ आदेश जारी भएको हो । खनालले इलाम क्षेत्र नम्बर–१, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले रुपन्देही–२ र नेकपा (एमाले)का उमेदवार कर्णबहादुर थापाले बाजुरामा पुनः प्रतिनिधिसभा सदस्य निर्वाचन गराउन माग गर्दै रिट दायर गरेका थिए । यस्तै, एमालेका बलदेव रेग्मीले बाजुरा ‘क’मा पुनः प्रदेशसभा सदस्य निर्वाचन गराउन माग गरेका थिए । ...
ओली, प्रचण्ड र खनालको जम्काभेट

ओली, प्रचण्ड र खनालको जम्काभेट

राजनीति
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालबीच जम्काभेट भएको छ । शीतल निवासमा आयोजित प्रतिनिधिसभाका ज्येष्ठ सदस्यको शपथ ग्रहण समारोहमा नेतात्रय पूर्वप्रधानमन्त्रीको हैसियतमा उपस्थित भएका थिए । एमाले अध्यक्ष ओलीको सचिवालयले नेताहरूबीचको भेटको तस्बिर सार्वजनिक गरेको छ । उनीहरूबीच संवाद पनि भएको छ ।  आज शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद पशुपति शमशेर जबरालाई शपथ खुवाएकी हुन् । ...
प्रचण्ड लिएर माधव नेपाललाई भेट्न पुगे देउवा

प्रचण्ड लिएर माधव नेपाललाई भेट्न पुगे देउवा

राजनीति
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई भेट्न अस्पताल पुगेका छन् । बुधबार उनी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लिएर महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल गएका हुन् । स्वास्थ्यमा समस्या भएपछि अध्यक्ष नेपाल सो अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् । रुघाखोकीसँगै छातीमा संक्रमण देखिएपछि उनी अस्पतालमा भर्ना भएका हुन् । अहिले अवस्था सुधारोन्मुख रहेको उनको सचिवालयले जनाएको छ । देउवा संसदीय दलको नेता निर्वाचित भएसँगै नेपाललाई भेट्न प्रचण्डसहित अस्पताल पुगेका उनको सचिवालयले जनाएको छ । ...
जबराले लिए सांसदको शपथ

जबराले लिए सांसदको शपथ

राजनीति
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित सांसद पशुपतिशमशेर जबराले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवासमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य राणालाई शपथ गराएकी हुन् । राणाले बिहीबार प्रतिनिधिसभाका अरू नवनिर्वाचित सांसदलाई शपथ गराउने कार्यक्रम तय छ । ...
अस्पताल भर्ना भएका माधव नेपालको अवस्था कस्तो छ ?

अस्पताल भर्ना भएका माधव नेपालको अवस्था कस्तो छ ?

राजनीति
काठमाडौं । छातीमा संक्रमण देखिएपछि नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् ।  रुघाखोकी, ज्वरो र छातीमा सामान्य संक्रमण देखिएपछि उनी मंगलबार दिउँसो त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका हुन् । उनलाई छातीरोग विशेषज्ञ डा. सन्तकुमार दास नेतृत्वको चिकित्सकको टोलीले निगरानी गरिरहेका अस्पतालले जनाएको छ । नेपालको स्वास्थ्य अवस्था अहिले सामान्य छ । संक्रमण फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै अहिलेलाई अस्पतालमा सबैखाले भेटघाट बन्द गरिएको छ ।  ...