२०८३ बैशाख २२

Author: Senior Editor Nima

एमाले सरकारमा जाने पक्षमा छैन : ओली

एमाले सरकारमा जाने पक्षमा छैन : ओली

राजनीति
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा जाने पक्षमा नरहेको बताएका छन् । एमालेले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफ्नो पार्टीले सत्तामा रहेपनि, प्रतिपक्षमा रहेपनि राष्ट्र र जनताको हितमा सक्रिय र जिम्मेवार भूमिका निर्वाह गर्ने बताए ।  सत्तारूढ गठबन्धनले सरकार गठनका लागि अनुचित, अपवित्र र फोहोरी उद्देश्य र अभ्यास गरिरहेको भन्दै उनले एमाले त्यसविरुद्धमा रहेको बताए । “एमालेबाहेक अन्य दलसँग सरकार बनाएर के गर्ने भन्ने कुनै गन्तव्य नै छैन,” ओलीले भने, “देश र जनताका लागि भन्दा पनि आफ्नो स्वार्थ पूरा गर्नका लागि सत्तारूढ दलहरू सरकार बनाउने खेलमा लागि परेकाले त्यसमा आफ्नो पार्टी सामेल हुन नचाहेको हो ।”  ...
राजनीति आयुले होइन, आवश्यक्ताको सिद्धान्तले चल्छ : प्रवक्ता महत

राजनीति आयुले होइन, आवश्यक्ताको सिद्धान्तले चल्छ : प्रवक्ता महत

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राजनीति आवश्यक्ताको सिद्धान्तले चल्ने बताएका छन् ।  मंगलबार दिउँसो कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा देउवाको समर्थनमा पुगेका उनले राजनीति आयुको सिद्धान्तबाट नभएर आवश्यक्ताको सिद्धान्तले चल्ने भएकाले अहिलेको आवश्यक्ता शेरबहादुर देउवा संसदीय दलको नेतामा चयन हुनु रहेको बताए ।  महतले कुनै पनि दलले बहुमत नल्याएको अवस्थामा परिपक्व नेतृत्वको आवश्यक्ता रहेको बताए । उनले देशले खोजेको नेतृत्व कांग्रेसले प्रस्तुत गर्ने भन्दै अहिले देशले प्रधानमन्त्री शेरबहादुर देउवालाई नै चाहेको बताए । उनले अन्य दलहरुसँग मिलेर सरकार बनाउनुपर्ने आवश्यक्ता भएकाले त्यो गुण, कला र अनुभव देउवासँग मात्रै रहेको बताए । “परिपक्व नेतृत्वको आवश्यक्ता छ । देशले खोजेको नेतृत्व हामीले प्रस्तुत गर्ने हो,” उनले भने, “कांग्रेसको मात्रै बहुमत छै...
स्वास्थ्यमा सुधार भएपछि स्वदेश फर्किए वर्षमान

स्वास्थ्यमा सुधार भएपछि स्वदेश फर्किए वर्षमान

राजनीति
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्त चीनमा उपचार गराएर आज स्वदेश फर्किएका छन् ।  स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि पुन तीन सातापछि नेपाल फर्किएका हुन् । उनी चाइना साउथर्न एयरलाइन्सको नियमित उडानबाट गोन्झाओ हुँदै अपराह्न १ बजे अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका थिए । उनलाई माओवादी नेताहरु शालिकराम जमकट्टेल, विमला सुवेदी, युवराज दुलाल, सरल सहयात्री पौडेल, डिपी ढकाल, दुर्गा चापागाईं, अमनलाल मोदी, रन्जित तामाङ र सरल भाटलगायत विमानस्थल पुगेका थिए ।  वंशाणुगत जण्डिशबाट पीडित पुन चुनावी धपेडीका कारण रोग बल्झिएपछि गत १६ मंसिरमा नेपाली चिकित्सकहरुको परामर्शमा फलोअप उपचारका लागि चीन गएका थिए । उनको सेनजेन प्रान्तस्थित थर्ड पिपुल्स् अस्पतालमा उपचार भएको थियो ।  ...
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई राप्रपाका नेता जबराले शपथ गराउने

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई राप्रपाका नेता जबराले शपथ गराउने

आर्थिक
काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता पशुपतिशमशेर जबराले शपथग्रहण गराउने भएका छन् । संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले ऐन, कानुन र संवैधानिक व्यवस्थाअनुसार नेता जबराले प्रतिनिधिसभाको ज्येष्ठ सदस्यको हैसियतले नवनिर्वाचित सांसदहरूलाई शपथग्रहण गराउने कार्यक्रम तय गरिएको बताएका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा यही पुस ७ गते दिउँसो १ बजे शपथग्रहण कार्यक्रम तय गरिएको छ । प्रवक्ता पाण्डेका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ सदस्य जबरालाई शपथग्रहण गराएपछि जबराले अरू सांसदहरूलाई शपथ गराउनुपर्ने हुन्छ । त्यसका लागि पुस ६ गते कार्यक्रम तय गरिएको पनि प्रवक्ता पाण्डेले जानकारी दिए । “ऐन, कानुन र संविधानमा व्यवस्था भएअनुसार शपथ गरेर मात्रै संसदीय गतिविधिहरू गर्नुपर्ने हुन्छ । त्यसका ला...
ओलीलाई ‘मेन अफ दी इलेक्सन’ सम्मान

ओलीलाई ‘मेन अफ दी इलेक्सन’ सम्मान

राजनीति
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई ‘मेन अफ दी इलेक्सन’का रूपमा सम्मान गरिएको छ । मंगलबार काठमाडौंमा एमालेका तर्फबाट विजयलाल श्रेष्ठले सांसदहरूलाई बधाई दिने कार्यक्रममा ओलीलाई सम्मान गरेका हुन् । यस्तै, गएको निर्वाचनमा पार्टीलाई अर्घाखाँची, पर्वत र धनकुटा गरी तीन जिल्लामा ‘क्लिन स्वीप’ गराएको भन्दै ओलीले पार्टीका ती जिल्ला अध्यक्षहरूलाई सम्मान गरे । सोलुखुम्बुमा बहुदलपछि पहिलोपटक एमालेले जितेकामा पनि ओलीले सम्मान गरेका छन् । ...
मुद्दा फिर्तासम्बन्धी अध्यादेशमा मानवअधिकार आयोगको चासो, सरकारलाई पठायो पत्र

मुद्दा फिर्तासम्बन्धी अध्यादेशमा मानवअधिकार आयोगको चासो, सरकारलाई पठायो पत्र

राजनीति
काठमाडौँ — सरकारले विभिन्न मुद्दामा कसुर ठहर भई सजाय भोगिरहेका कैदी बन्दीलाई छुट दिने गरी ल्याएको फौजदारी कार्यविधि संहिता, २०७४ लाई संशोधन गर्न अध्यादेश ल्याउने मन्त्रिपरिषद्को निर्णयमा चासो व्यक्त गरेको छ । उक्त विषयमा भएका निर्णयबारे विवरण माग गर्दै मानवअधिकार आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेको हो । राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता टीकाराम पोखरेलले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेका हुन् । मन्त्रिपरिषद्ले उक्त विषयमा अध्यादेश ल्याउने भन्ने समाचार प्रकाशित भएको र त्यसले आयोगको ध्यानाकर्षण भएको पत्रमा उल्लेख छ । 'मन्त्रिपरिषद्को मिति २०७९ मंसिर २५ मा बसेको भनिएको बैठकले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११६ मा भएको प्रावधानलाई संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको र उ...
शीतल निवास पुग्यो विवादित अध्यादेश, राष्ट्रपतिले के गर्लिन् ?

शीतल निवास पुग्यो विवादित अध्यादेश, राष्ट्रपतिले के गर्लिन् ?

राजनीति
उक्त निर्णय अनुसार सरकारले अध्यादेश जारी गर्नका लागि राष्ट्रपति समक्ष पठाएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरिन् भने यसले कानुनी रुप धारण गर्नेछ र राजनीतिक घटनाहरूमा जोडिएका फौजदारी अभियोग प्रमाणित भएकाहरूले सजाय छुट पाउने छन् । तर राष्ट्रपतिले यो अध्यादेश जारी गर्छिन् कि गर्दिनन् भन्ने विषय अस्पष्ट छ । यसअघि राष्ट्रपतिले विधेयक समेत प्रमाणिकरण नगरेको नजिर छ । त्यसैले पनि यो विवादित अध्यादेश राष्ट्रपतिबाट जारी हुन्छ कि हुँदैन भन्ने शंसय देखिएको छ । राष्ट्रपति कार्यालयका सञ्चार विज्ञ टीका ढकालले अध्यादेश राष्ट्रपति कार्यालयमा आइपुगेको र त्यसलाई राष्ट्रपतिले अध्ययन गर्ने बताए । 'यसले अन्य विषयमा के कस्तो प्रभाव पार्छ कि भनेर यसबारे राष्ट्रपतिज्यूले अध्ययन गर्नु हुनेछ,' सञ्चारविज्ञ ढकालले बताए । कामचलाउ हैसियतको सरकारले दीर्घकाली...
अध्यादेश प्रकरणमा पार्टीभित्रै एक्लिँदै देउवा

अध्यादेश प्रकरणमा पार्टीभित्रै एक्लिँदै देउवा

राजनीति
काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मुलुकी फौजदारी कार्यविधि संहिता पहिलो संशोधन अध्यादेश २०७९ जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गर्यो । सोमबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरिएको जानकारी दिए । तर, सरकारको यो कदमको चौतर्फी विरोध भएको छ । दलबाहिर मात्र होइन, आफ्नै दल नेपाली कांग्रेसभित्र पनि सरकारको यो कदमको विरोध भइरहेको छ । कांग्रेस सभापतिसमेत रहेका शेरबहादुर देउवा अहिले सरकारमा छन् । कामचलाउ सरकारले गलत गरेको भन्दै पार्टीभित्रै विरोध भएको हो ।  विरोध गर्नेमा देउवासँग सभापतिमा लडेका नेता शेखर कोइरालादेखि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा रहेका छन् । यस्तै, अर्का नेता प्रदीप पौडेलले पनि अध्यादेश ल्याउने विषयमा ...

समानुपातिक सूची सच्याउने समय सकिँदा पनि केही दल आयोग पुगेनन्

समानुपातिक सूची सच्याउने समय सकिँदा पनि केही दल आयोग पुगेनन्

राजनीति
काठमाडौं । निर्वाचन आयोगले दलहरूलाई समानुपातिक सूचीमा रहेको त्रुटि सच्याएर ल्याउन आज अपराह्न ४ बजेसम्मको समय तोकेको थियो । तर, निर्धारित समय सकिँदा पनि आयोगमा त्रुटि देखिएका केही दल पुगेका छैनन् ।  नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले मात्रै सूची बुझाएका छन् । आयोग स्रोतका अनुसार नेकपा (एमाले)को पत्र पनि आयोगमा पुगेको छ । समानुपातिक सूचीमा त्रुटि रहेका दल जनता समाजवादी पार्टी (जसपा) र नागरिक उन्मुक्ति पार्टीको सच्याइएको सूची आयोगमा पुगेको छैन । दलहरूले शनिबार समानुपातिकतर्फको सूची आयोगमा बुझाएका थिए । आयोगले त्रुटि देखिएका दललाई आज अपराह्नसम्म त्रुटि सच्याएर पठाउन समय तोकेको थियो । दलहरूले बुझाएको प्रतिनिधिसभाको सूची सच्याउनुनपर्ने र प्रदेशसभाको सूचीमा भने सच्याउन पाँच दललाई आयोगले पत्र पठाएको थियो ।  दलले सच्याइएको सूची बुझाएपछि आयोगले समा...
प्रचण्ड र कांग्रेस नेता केसीबीच सिंहदरबारमा भेट

प्रचण्ड र कांग्रेस नेता केसीबीच सिंहदरबारमा भेट

राजनीति
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी पुगेका छन् । केसीले दाहाललाई सिंहदरबारमा भेटेका हुन् ।  केसीको सचिवालयले दिएको जानकारीअनुसार भेटमा गठबन्धन दलले मंसिर ४ को निर्वाचनबाट पाएको म्यान्डेट र संसदीय अंकगणितका साथै नयाँ सरकार गठनको विषयमा छलफल भएको थियो । यस्तै, बालाजु बाइपास–ककनी तथा पुरानो पासाङ ल्यामु राजमार्ग छिटोभन्दा छिटो बनाउने विषयमा छलफल भएको थियो । भेटमा रासायनिक मलको अभाव तथा कृषि उपज नपाएर कृषकले भोग्नु परेको समस्या समाधानको विषयमा पनि छलफल भएको सचिवालयले जानकारी दिएको छ । “उहाँहरुबीचको भेटमा जनजीविकाका सवालमा निर्वाचनको बेला जनस्तरबाट उठेका आवाजहरु सामूहिक रुपमा समाधान गर्ने प्रतिवद्वताका विषयमा गहन छलफल भयो,” सचिवालयले भन्यो, “अर्थतन्त्र सुधारको सन्दर्भमा गठब...