२०८२ मंसिर २३

Author: Senior Editor Nima

समाजवादी मोर्चाको कोशी, बागमती र सुदूरपश्चिम सभा भदौ २४ देखि  

समाजवादी मोर्चाको कोशी, बागमती र सुदूरपश्चिम सभा भदौ २४ देखि  

राजनीति
समाजवादी मोर्चा नेपालले बाँकी रहेका तीन प्रदेशमा पनि सन्देश सभा गर्न मिति तय गरेको छ।  मोर्चाको पूर्वघोषित कार्यक्रमअनुसार बागमती, कोशी र सुदूरपश्चिम प्रदेशमा सन्देश सभा गर्न बाँकी छ।  तीमध्ये भदौ २४ बागमती प्रदेशमा, भदौ २५ गते कोशीमा तथा भदौ २६ गते सुदूरपश्चिममा सन्देश सभा गर्न कार्यतालिका तय गरिएको मोर्चाका सदस्यसचिव प्रमेश हमालले जानकारी दिए। मोर्चाले यसअघि गण्डकी, मधेस, लुम्बिनी र कर्णालीमा प्रदेशस्तरीय सभा सम्पन्न गरिसकेको छ। बागमतीको हेटौँडामा र सुदूरपश्चिमको धनगढीमा हुने सभाको संयोजन नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले गर्ने छ। कोशीको विराटनगरमा गरिने कार्यक्रमको संयोजन जनता समाजवादी पार्टीले गर्ने तालिका छ। मोर्चामा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा  (एकीकृत समाजवादी) र  नेपाल कम्युनिष्ट पार्टी आवद्ध...
मानव बेचबिखन तथा ओसारपसार विरूद्धको कदम प्रभावकारी हुन सकेनः ओली

मानव बेचबिखन तथा ओसारपसार विरूद्धको कदम प्रभावकारी हुन सकेनः ओली

राजनीति
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्नमाथि कारबाही र पीडितको उद्धार गरी स्वदेश फिर्ती गर्ने काम प्रभावकारी हुन नसकेको बताएका छन् । मानव बेचविखनविरूद्धको १७ ‌औं राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै ओलीले अन्तरदेशीय संगठित अपराधका रूपमा रहेको मानव बेचबिखन तथा ओसारपसारका घटना अहिले पनि कम हुन नसकेको बताएका हुन्। मानव बेचबिखन तथा ओसारपसार न्यूनिकरण र निराकरणका लागि चालिएको कदम प्रभावकारी नभएको ओलीको भनाइ छ। ‘त्यस्ता कार्यमा संलग्नलाई कानूनको दायरामा ल्याएर दण्डित गर्न र पीडित/प्रभावितको उद्धार, स्वदेश फिर्ती, पुनःस्थापना, पुनर्मिलन र राहत तथा क्षतिपूर्ति प्रदान गर्ने काम प्रभावकारी हुन सकेको छैन,’ सन्देशमा उनले भनेका छन्। समाजमा रहेको गरिबी, बेरोजगारी र पछौटेपनको फाइदा अपराधजन्य कार्यमा संलग्न पक्षले उठाइरहेको ओलीले बताए...
कृषिमन्त्री भन्छन्– नेपालले कोदो उत्पादन बढाउनुपर्छ

कृषिमन्त्री भन्छन्– नेपालले कोदो उत्पादन बढाउनुपर्छ

देश, राजनीति, समाचार
काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसालले नेपालले कोदो उत्पादन बढाउनुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको पहाडी भूभाग कोदो उत्पादनका लागि उर्वर रहेको भन्दै कोदो उत्पादन गरी विदेशमा निर्यात गर्न सक्नुपर्ने बताए । बाँदर आतंकबाट पनि अन्य अन्नबालीको तुलनामा कोदोलाई कम क्षति हुने भएकाले कोदोको उत्पादन गर्न उनको आग्रह छ । सरकारले पनि कोदो उत्पादनलाई बढावा दिने गरी काम गरिरहेको उल्लेख गर्दै उनले कोदो स्वास्थ्यका लागि लाभदायी रहेको बताए । समाजमा खानपानमा आएको परिवर्तनसँगै स्वस्थताको कमी हुँदै गइरहेको समयमा प्राकृतिक कृषितर्फ र प्राकृतिक खानपानतर्फ मानिसहरुले रुचि राखिरहेको उनले बताए । खाद्यान्न वृद्धि गर्ने नेपालको अभियानलाई अगाडि बढाउन कोदो उत्पादन मुख्य सावित हुनसक्ने बताउँदै उनले जलवायु परिवर्तनको क्षेत...
एमाले लुम्बिनी अध्यक्षमा राधाकृष्णले घटाए अग्रता

एमाले लुम्बिनी अध्यक्षमा राधाकृष्णले घटाए अग्रता

राजनीति
काठमाडौं । नेकपा (एमाले) लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कँडेलले अग्रता घटाएका छन् । ६०० मत गणना हुँदा कँडेलले २८७ मत पाएका छन् ।  सुरुदेखि नै अगाडि रहेका हरिप्रसाद रिजालको अग्रता कायमै राखेका छन् । उनले ३०८ मत पाएका छन् । उनलाई पछ्यारहेका कँडेल अहिले २१ मतले पछाडि छन् । यसअघि पाँचसय मत गणना हुँदा उनी २९ मतले पछाडि छन् । निर्वाचन समितिका प्रमुख हरिप्रसाद भण्डारीका अनुसार ९६५ मत खसेको छ । ...
एमाले लुम्बिनी निर्वाचन : राधाकृष्ण कँडेल २ मतले विजयी

एमाले लुम्बिनी निर्वाचन : राधाकृष्ण कँडेल २ मतले विजयी

राजनीति
काठमाडौं । नेकपा (एमाले) लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कँडेल निर्वाचित भएका छन् । उनी दुई मतले विजयी भएका हुन् । गए राति सम्पन्न मतपरिणाम अनुसार कँडेलले ४७९ मत प्राप्त गर्दा उनका प्रतिष्पर्धी हरि रिजालले ४७७ मत पाएको निर्वाचन समितिका प्रमुख हरिप्रसाद भण्डारीले जानकारी दिए । कँडेल उपाध्यक्ष विष्णु पौडेल निकट मानिन्छन् ।  उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठ ४५५ मत प्राप्त गर्दै विजयी भएका छन् । उपसचिव (पुरुष)मा पूर्ण बुढा मगर ४१८ मत पाउँदै विजयी भएका छन् । उपसचिव (महिला)मा लीला राना मगर ३५२ मत पाउँदै निर्वाचित भएकी छन् ।  ...
एसियाली खेलकुदका लागि नेपाली उसुको वैदेशिक प्रशिक्षण चीनमै

एसियाली खेलकुदका लागि नेपाली उसुको वैदेशिक प्रशिक्षण चीनमै

खेलकुद, देश, समाचार
चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुद सहभागी हुने उसु खेलाडीको वैदेशिक प्रशिक्षण चीनमै हुने भएको छ। त्यसका लागि १२ खेलाडीसहित १६ सदस्यीय नेपाली उसु टोली मंगलबार हुझाव प्रस्थान गर्दै छ । खेलाडीहरुमा थाउलोतर्फ विजय सिन्जाली, दीपक हमाल, पासाङ शेर्पा, निमा घर्ती मगर, सविता राई, कविता थापा मगर र सुस्मिता तामाङ रहेका छन्। सान्सौंतर्फ पदम राई, मंगलप्रसाद थारु, समन घुस्री, रोहित चुनारो र एलिना चौधरी छन् । प्रशिक्षकमा उसुका मुख्य प्रशिक्षक अमर थिङ र अन्य दुई प्रशिक्षकमा प्रकाशवहादुर लामा (थाउलो) र गणेश अर्याल (सान्सौं) रहेका छन्। टोलीसँगै नेपाल उसु महासंघका महासचिव नवराज ढुंगाना पनि हुझाव जाने मुख्य प्रशिक्षक थिङले जानकारी गराए । टोली हुझावबाटै हाङझाव एसियाडमा सहभागी हुनेछ । ...
भारतसँगको खेलपछि नेपाली टिमको प्रशंसा 

भारतसँगको खेलपछि नेपाली टिमको प्रशंसा 

खेलकुद, देश, समाचार
एसिया कप २०२३ अन्तर्गत नेपालले छिमेकी भारतसँग सोमबार प्रतिस्पर्धा गर्‍यो। भारतसँग पहिलो पटक प्रतिस्पर्धा गरेको नेपालले खेलमा १० विकेटको हार ब्यहोरे पनि नेपाली टिमको प्रशंसा भइरहेको छ।  समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको नेपाल भारतसँग हारेपछि प्रतियोगिताबाट बाहिरियो। यद्यपी नेपालले भारतविरूद्ध गरेको ब्याटिङका कारण नेपालको प्रशंसा भइरहेको छ।  सामाजिक सञ्जालमा क्रिकेट व्यक्तित्वहरूले नेपाली टिमको प्रशंसा गरिरहेका छन्। श्रीलांकको पल्लेकेलेमा पहिले ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा अलआउट हुँदा २३० रन जोडेको थियो। वर्षाले प्रभावित खेलमा भारतले विनाविकेटको क्षतिमा लक्ष्य पूरा गरेर सुपर फोरमा स्थान पक्का गर्‍यो।  भारतीय बलरविरुद्ध राम्रो ब्याटिङ गरेका कारण नेपाली टिमको प्रशंसा भइरहेको छ। खेलमा नेपालका ओपनर कुशल भुर्तेलले २५ बलमा ३ चौका र २ छक्का...
एसियन शारीरिक सुगठनमा विशाल र सनमले दिलाए नेपाललाई स्वर्ण

एसियन शारीरिक सुगठनमा विशाल र सनमले दिलाए नेपाललाई स्वर्ण

खेलकुद, देश, समाचार
विशाल पौडेल र सनम मुलगुठीले काठमाडौंमा जारी ५५ औं एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिपमा नेपालका लागि स्वर्ण जितेका छन्। एसियन शारीरिक सुगठन तथा फिटनेस् महासंघको आयोजना तथा नेपाल शारीरिक सुगठन तथा फिटनेस् महासंघको ब्यवस्थापनमा भएको च्याम्पियनसिपमा विशालले पुरुष जुनियर शारीरिक सुगठन ७५ केजी माथीको तौलमा भारतका कुमार अनिललाई पछि पार्दै स्वर्ण हात पारेका हुन् । तेश्रो स्थानमा थाईल्याण्डका बालान्कन पठानसिरावत रहे । याक एण्ड यती होटलमा भएको च्याम्पियनसिपको महिला स्विम सुट फिजिक खुल्ला विधा तर्फ सनमले स्वर्ण जितिन् । उनले हङ्गकङ्ग चाईनाकी मा सिन यीलाई पछि पार्दै स्वर्ण हात पारेकी हुन् । तेश्रो स्थानमा कोरियाकी किम सोयुन रहिन् । नेपालका लागि पदक दिलाउने क्रममा पुरुष ५५ केजीमा सुरेश दुवालले रजत जोडे । उनी भियतनामका बुइ दाक फि भु संग पछाडी परेका थिए । मलेसियाक...
नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने प्रस्ताव भारतीय मन्त्रिपरिषदबाट स्वीकृत

नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने प्रस्ताव भारतीय मन्त्रिपरिषदबाट स्वीकृत

राजनीति
भारतको मन्त्रिपरिषद्ले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने प्रस्ताव स्वीकृत गरेको छ। भारतका लागि नेपाली राजदूत शंकर शर्माले हालै बसेको भारतीय मन्त्रिपरिषदको बैठकले उक्त प्रस्ताव स्वीकृत गरेको जानकारी दिए। ‘भारतीय मन्त्रिपरिषद्को निर्णयसँगै अब नेपालबाट बिजुली ल्याउने विषयमा थप अध्ययन र गृहकार्य हुन्छ,’ राजदूत शर्माले भने। भारतीय मन्त्रिपरिषदको निर्णयसँगै अब नेपालमा थप बिजुली उत्पादन गर्ने, प्रोजेक्टहरू कसरी बनाउने भन्नेबारे अध्ययन अघि बढ्ने उनले बताए।   नेपालले अहिले बर्खामा भारतीय बजारमा बिजुली बेचिरहेको छ भने हिउँदो समयमा भारतबाट बिजुली किनिरहेको छ।      गत जेठमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने लक्ष्य राखिएको ...
बिपी साहित्य महोत्सव तयारीका लागि कांग्रेसले बनायो समिति

बिपी साहित्य महोत्सव तयारीका लागि कांग्रेसले बनायो समिति

देश, राजनीति, समाचार
नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेको नेतृत्वमा विपी साहित्य महोत्सव तयारी समिति गठन भएको छ। तयारी समितिमा विभिन्न क्षेत्रका ३७ जना सदस्य चयन भएका छन्। यही भदौ २४, २५ र २६ गते विभिन्न कार्यक्रम गरी कांग्रेसले विपी साहित्य महोत्सव आयोजना गर्ने भएको हो। महोत्सव केन्द्रीय कार्यालय सानेपामा हुनेछ। कांग्रेस केन्द्रीय कार्यालयको आयोजना, नेपाली लेखक संघको संयोजन र निरन्तर शनिबार, नेपाल साँस्कृतिक संघ, फाइनआर्टको सहयोगमा महोत्सव गर्न लागिएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माको भनाइ छ। साथै महोत्सवमा फोटो प्रदर्शनीसमेत हुनेछ। हेर्नुस् विज्ञप्ति: ...