२०८२ मंसिर २५

Author: Senior Editor Nima

६ संसदीय समितिका बैठक बस्दै

६ संसदीय समितिका बैठक बस्दै

राजनीति
काठमाडौं । संघीय संसद्अन्तर्गतका ६ संसदीय समितिका बैठक आज बस्दै छ । प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ११ बजे सुरु हुनेछ । बैठकमा समितिका नवनिर्वाचित सभापतिलाई बधाई एवं शुभकामना दिइनेछ । अत्यावश्यक खाद्यपदार्थ (चामल, नुन, चिनी, तरकारी) र पेट्रोलियम पदार्थ एवं खाना पकाउने ग्यासको आपूर्ति, बिक्री र हालको मौज्दातको अवस्थाका बारेमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग छलफल गरिने कार्यसूची छ । यस्तै, कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक दिउँसो १ बजे बस्दै छ । बैठकमा समितिको समसामयिक विषय र भावी कार्ययोजनाका विषयमा छलफल गरिनेछ । साथै, बेपत्ता पारिएको व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गरिनेछ । समितिसमक्ष प्रतिवेदन पेस गर्न गठित उपसमितिको कार्य...
एमाले लुम्बिनीको नयाँ नेतृत्वका लागि मतदान जारी

एमाले लुम्बिनीको नयाँ नेतृत्वका लागि मतदान जारी

राजनीति
नेकपा (एमाले) लुम्बिनी प्रदेश नेतृत्वका चयनको लागि मतदान जारी छ। बिहान सवा ८ बजेदेखि सुरू भएको मतदान दिउँसो १ बजेसम्म जारी रहने निर्वाचन समितिले जानकारी दिएको छ। जारी निर्वाचनमा पदाधिकारीमा दुई प्यानल देखिएका छन्। सहमतिको प्रयास भन्दै चारदिन लम्बिएको अधिवेशन अन्ततः निर्वाचनमा धकेलिएपछि उम्मेदवारहरू प्यानल बनाएर चुनावी प्रतिष्पर्धामा उत्रिएका हुन्। प्रदेश अध्यक्षका लागि निवर्तमान अध्यक्ष रहेका पाल्पाका राधाकृष्ण कँडेल र प्युठानका हरि रिजालका बीचमा प्रतिष्पर्धा हुँदै छ। सचिवमा उम्मेदवारी दिएका गुल्मीका सोमनाथ सापकोटाले उम्मेदवारी फिर्ता लिएपछि दाङका लक्ष्मण आचार्य निर्विरोध भइसकेका छन्। पाँच पदाधिकारीमध्ये अध्यक्ष, उपाध्यक्ष, र दुई उपसचिवमा भने १३ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार उपाध्यक्...
कांग्रेस वाग्मती प्रदेश संसदीय दलका प्रमुख सचेतक काफ्लेले दिए राजीनामा

कांग्रेस वाग्मती प्रदेश संसदीय दलका प्रमुख सचेतक काफ्लेले दिए राजीनामा

राजनीति
काठमाडौं । नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्लेले राजीनामा दिएका छन् ।  पार्टी राजनीतिमा थप सक्रिय हुन संसदीय दलको प्रमुख सचेतक पदबाट राजीनामा दिएको उनले बताएका छन् ।  “कांग्रेस केन्द्रीय सदस्यको रूपमा कांग्रेसमा नवीन उर्जा भर्न थप क्रियाशिल हुन र दोलखाका जनताको सेवामा थप समर्पित हुन संसदीय दलको प्रमुख सचेतक पदबाट राजीनामा दिएको हुँ,” उनले भने ।   ...
लुम्बिनी एमाले : नेतृत्व चयनका लागि मतदान सुरु  

लुम्बिनी एमाले : नेतृत्व चयनका लागि मतदान सुरु  

राजनीति
काठमाडौं । नेकपा (एमाले) लुम्बिनी प्रदेशमा नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । हिजो साँझ ८ बजेबाट मतदान हुने भनिए पनि हिजो मतपत्र छाप्न समय लागेपछि आज मात्रै मतदान सुरु भएको हो ।  लुम्बिनी एमालेमा प्रदेश अध्यक्षका लागि हरिप्रसाद रिजाल र  राधकृष्ण कँडेल प्रतिष्पर्धामा छन् । लक्ष्मण आचार्य सचिवमा निर्विरोध भइसकेका छन् ।  रुपन्देही, गुल्मी, दाङ, बाँकेबाहेक अन्य जिल्लाका सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् ।   निर्वाचन समितिका प्रमुख हरिप्रसाद भण्डारीका अनुसार पाँच पदाधिकारीका लागि १३ उमेदवार छन् । २०५ सदस्यीय कमिटी चयन हुनेछ ।  ...
लुम्बिनी एमाले : आज मतदान हुँदै 

लुम्बिनी एमाले : आज मतदान हुँदै 

राजनीति
काठमाडौं । नेकपा (एमाले) लुम्बिनी प्रदेशमा आज मतदान हुने भएको छ । हिजो मतपत्र छाप्न समय लागेपछि आज बिहान ८ बजेबाट मतदान हुने निर्वाचन समितिका प्रमुख हरिप्रसाद भण्डारीले जानकारी दिएका छन् । यसअघि हिजो साँझ ८ बजेबाट मतदान हुने भनिएको थियो । लुम्बिनी एमालेमा प्रदेश अध्यक्षका लागि हरिप्रसाद रिजाल र  राधकृष्ण कँडेलबीच प्रतिष्पर्धा हुँदै छ । लक्ष्मण आचार्य सचिवमा निर्विरोध भइसकेका छन् । ...
लुम्बिनी एमाले : अब भोलि बिहान मतदान हुने

लुम्बिनी एमाले : अब भोलि बिहान मतदान हुने

राजनीति
काठमाडौं । नेकपा (एमाले) लुम्बिनी प्रदेशमा भोलि मात्र मतदान हुने भएको छ । आज मतपत्र छाप्न समय लागेपछि अब भोलि बिहान ८ बजेबाट मतदान हुने निर्वाचन समितिका प्रमुख हरिप्रसाद भण्डारीले जानकारी दिए । "आज मतपत्र छाप्न समय लाग्याे । सुरक्षालगायतका कारणले पनि आज नगर्ने निर्णय भयाे," उनले भने । लुम्बिनी एमालेमा अध्यक्षका लागि हरिप्रसाद रिजाल र  राधकृष्ण कँडेलबीच प्रतिष्पर्धा हुँदै छ । एमाले लुम्बिनीमा लक्ष्मण आचार्य सचिवमा निर्विरोध भइसकेका छन् । यसअघि आजै साँझ ८ बजेबाट मतदान  हुने भनिएको थियो ।  ...
कोसी प्रदेश सरकारविरुद्धको रिट : प्रतिवादीको बहस आज

कोसी प्रदेश सरकारविरुद्धको रिट : प्रतिवादीको बहस आज

राजनीति
काठमाडौं । कोसी प्रदेश सरकारविरुद्ध नेकपा (एमाले)को रिटमा आजबाट प्रतिवादीको बहस सुरु हुने भएको छ । निवेदक पक्षको बहस हिजो सकिएपछि आजबाट प्रतिवादीको बहस सुरु हुने भएको हो । सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा हिजोदेखि निरन्तर सुनुवाइ सुरु भएको थियो ।  आज प्रतिवादी कोसी प्रदेश सरकार पक्षको बहस हुनेछ । बुधबार (भोलि)सम्म आदेश हुन सक्ने अपेक्षा गरिएको निवेदक एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की पक्षका एक वकिलले बताए । ...
कोसी प्रदेश सरकारविरुद्धको रिट : निवेदकको बहस सकियो, प्रतिवादीको भोलि

कोसी प्रदेश सरकारविरुद्धको रिट : निवेदकको बहस सकियो, प्रतिवादीको भोलि

राजनीति
काठमाडौं । कोसी प्रदेश सरकारविरुद्ध नेकपा (एमाले)को रिटमा निवेदक पक्षको बहस सकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा आजदेखि निरन्तर सुनुवाइ सुरु भएको हो । अब मंगलबार प्रतिवादी कोसी सरकारका पक्षको बहस हुनेछ । बुधबारसम्म आदेश हुन सक्ने अपेक्षा गरिएको निवेदक एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीपक्षका एक वकिलले बताए । ...
जसपाले गर्‍यो केन्द्रीय कार्यालय समिति सदस्यहरूको कार्यविभाजन

जसपाले गर्‍यो केन्द्रीय कार्यालय समिति सदस्यहरूको कार्यविभाजन

राजनीति
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यालय समिति सदस्यहरुको कार्यविभाजन गरिएको छ । पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य परशुराम बस्नेत अध्यक्ष रहेको पाँच सदस्यीय केन्द्रीय कार्यालय समितिको बैठकले सदस्यहरुको कार्यविभाजन गरेको हो । जसअनुसार प्रशासनिक कार्यसञ्चालन तथा केन्द्रीय कार्यालय व्यवस्थापनको जिम्मेवारी चन्देश्वरप्रसाद सिंह र ई. देवनारायण यादवलाई दिइएको छ । केन्द्रीय निकाय, संयन्त्र, मातहत निकायको सम्पर्क तथा जनसम्पर्कका लागि पेशल ढकाल र न्हुच्छेलाल महर्जनलाई तोकिएको छ । बैठकले केन्द्रीय कार्यालयका पूर्वप्रमुख प्रकाश अधिकारीसँग कार्यसम्पादन प्रकृया र उपलब्ध कागजातहरु बुझबुझारथ गर्ने निर्णय समेत गरेको छ । ...
संसद् र सरकारले पुरानै नियति दोहोर्‍याउला कि कर्मचारीलाई कानुन देला ?

संसद् र सरकारले पुरानै नियति दोहोर्‍याउला कि कर्मचारीलाई कानुन देला ?

राजनीति
काठमाडौं । राज्य सञ्चालन निम्ति प्रमुख औजार मानिन्छ, कर्मचारीतन्त्रलाई ।  अझ २०७२ निर्मित संविधानसँगै मुलुक संघीय शासन पद्धतिमा हिँड्यो, त्यही पद्धतिअनुरुप संघीय पद्धतिलाई हिँडाउने महत्वपूर्ण औजार ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धी’ कानुनका हकमा सरकार– संसद्‍बाट चरम लापरवाही प्रदर्शित हुन पुग्यो ।  जसले गर्दा कर्मचारीतन्त्र भताभुंग चालामा चल्न बाध्य छन् । उक्त ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धी’ विधेयक तीन वर्षसम्म संसद् र संसदीय समितिमा थन्कियो ।  दुई वर्षअघि संसदबाट सरकारले फिर्ता लियो । उसले उक्त विधेयक बेपर्वाह शैलीमा मन्त्रिपरिषद्‍मा अल्झायो । प्रधानमन्त्री पुष्पकमल दाहालले बल्ल–बल्ल मन्त्रिपरिषद्बाट पारित गराउँदै संसद्मा दर्ता गर्ने बताएका छन् ।  ‘‘उक्त विधेयकमा आवश्यक परिमार्जन गरी अन्तिम रुप दिइएको छ,’’ प...