२०८३ बैशाख २०

Author: Senior Editor Nima

प्रतिपक्ष र सत्तापक्ष दुवै उभिएपछि राष्ट्रियसभा बैठक स्थगित

राजनीति
काठमाडौं । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । बैठकमा प्रतिपक्ष नेकपा एमालेले अवरोध गरेपछि सत्तापक्षका सांसद पनि उठेका थिए । दुवैपक्ष उभिएपछि राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले बैठक स्थगित गरेका हुन् ।  अर्को बैठक साउन ३१ गते बस्नेछ । एमालेले सुन तस्करी प्रकरणमा छानबिन समितिको माग गर्दै आएको छ । ...
संसद्को गतिरोध अन्त्यका लागि पहल गरिदिन राष्ट्रपतिसँग आग्रह

संसद्को गतिरोध अन्त्यका लागि पहल गरिदिन राष्ट्रपतिसँग आग्रह

राजनीति
काठमाडौं । प्रतिनिधिसभा सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् ।  राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान १० बजेदेखि आधा घण्टा भएको भेटमा संसद्को जारी अवरोधबारे छलफल भएको थियो । भेटमा सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनाले राष्ट्रपति पौडेलसँग संसद्को गतिरोध अन्त्यका लागि पहल गर्न आग्रह गरेका छन् ।  भेटमा राष्ट्रपति पौडेलले सदनको अवरोध खुलाउन भएका छलफलसबारे समेत जानकारी लिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।  ...
वैदेशिक रोजगारीका समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

वैदेशिक रोजगारीका समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

राजनीति
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीको क्रममा नेपालीले भोग्नु परेका समस्याहरूको दीर्घकालीन निराकरणका लागि निर्देशन दिएका छन् । समस्याहरूको दीर्घकालीन समाधानका लागि विस्तृत अध्ययन गरी प्रस्ताव पेस गर्नसमेत उनले निर्देशन दिएका छन् ।  वैदेशिक रोजगारीलाई मर्यादित र सुरक्षित बनाएर देशको अर्थतन्त्र धानिरहेका नेपाली श्रमिकहरूको सम्मान र हितरक्षा गर्न उनले निर्देशन दिए ।  आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले के–कस्ता समस्या भोगिरहेका छन् र त्यसको समाधान कसरी गर्ने, देशभित्रको श्रमबजारलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भएको थियो ।  सम्पूर्ण श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्नेबारे समेत महत्वपूर्ण छलफल भएको छ । छलफलमा उपप्रधानमन्त्री पूर्णबहादुर खड्का...
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

राजनीति
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दोस्रो अधिवेशनको ४७औँ बैठक बस्न लागेको हो । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बैठक सुरु हुने तय छ । बैठकको सुरुमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरणसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनेछन् । सभामुख घिमिरेले नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनेछन् । उनले सांसद टोपबहादुर रायमाझीको पद निलम्बन भएको जानकारी गराउने सम्भावित कार्यसूची छ । यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्यावधि थप गर्ने गरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा (२) बमोजिम सदनसमक्ष ...
कांग्रेस संसदीय दलको बैठक बस्दै

कांग्रेस संसदीय दलको बैठक बस्दै

राजनीति
काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।  बैठक संघीय संसद् भवन बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ ।  साउन १० गतेबाट नेकपा एमालेले निरन्तर संसद् बैठक अवरुद्ध गर्दै आएको छ । कांग्रेसले संसद्को गतिरोध अन्त्यको विषयमा छलफल गर्न लागेको हो ।  यसअघि, पार्टी सभापति शेरबहादुर देउवाले बिहीबार संसदीय दल कार्यसमितिको बैठक पनि बोलाएका थिए ।  ...
कानुनमन्त्री गुरुङको स्वास्थ्यमा सुधार

कानुनमन्त्री गुरुङको स्वास्थ्यमा सुधार

समाचार, स्वास्थ्य
काठमाडौँ — अस्वस्थ भई अस्पताल भर्ना भएका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङको स्वास्थ्यमा सुधार भएको छ । बिहीबार बिहान करिब १० बजे मन्त्रालयका सचिव उदयराज सापकोटासँग छलफल गरिरहेका बेला अचानक स्वास्थ्यमा असहजता भएपछि गुरुङलाई अन्नपूर्ण न्युरो अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याउँदा गुरुङको रक्तचाप र मुटुको धड्कन कम भएपछि अन्नपूर्ण न्युरोबाट महाराजगन्जस्थित मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा लगेर थप उपचार सुरु गरिएको उनका स्वकीय सचिव प्रेम केसीले बताए । उनका अनुसार आपत्‌कालीन कक्षमा राखेर गुरुङको स्वास्थ्य परीक्षण भइरहेको छ । चिकित्सकहरूले मन्त्री गुरुङलाई २४ घण्टासम्म अब्जरबेसनमा राख्ने बताएका छन् । स्वकीय सचिव केसीका अनुसार गुरुङको मुटुको धड्कन र रक्तचापमा सुधार देखिएको छ । ...
अमेरिकी ग्लोबल एन्टी–करप्सन संयोजक नेफ्यु नेपालमा

अमेरिकी ग्लोबल एन्टी–करप्सन संयोजक नेफ्यु नेपालमा

देश, समाचार
काठमाडौँ — अमेरिकी ‘ग्लोबल एन्टी–करप्सन’ संयोजक रिचार्ड नेफ्यु नेपाल भ्रमणमा आएका छन् । अमेरिकी दूतावासका अनुसार नेपाल सरकारका पदाधिकारी र नागरिक समाजका प्रतिनिधिहरूसँग नेपालले समिट फर डेमोक्रेसीमा गरेको भ्रष्टाचारविरुद्धको प्रतिबद्धताको बारेमा छलफल गर्ने कार्यक्रम रहेको छ । संयोजक नेफ्यु विदेशमन्त्री एन्टोनी ब्लिन्केन र उपविदेशमन्त्री उज्रा जियाको मातहतमा रहेर काम गरिरहेका छन् । ...
देशभर देखिएको आँखा पाक्ने रोगको मुख्य कारक ‘इन्टेरो भाइरस’ 

देशभर देखिएको आँखा पाक्ने रोगको मुख्य कारक ‘इन्टेरो भाइरस’ 

समाचार, स्वास्थ्य
काठमाडौँ — भाइरल ‘कन्जंक्टिभाइटिस’ अर्थात् आँखा पाक्ने रोगको संक्रमण ‘इन्टेरो भाइरस’ को संक्रमणबाट भएको पाइएकाे छ । आँखा पाक्ने रोगको लक्षण भएका व्यक्तिहरुबाट नमुना संकलन गरी परीक्षण गर्दा उक्त्त भाइरस पुष्टि भएकाे हाे । साउन २२ गते पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १० वटा आँखा पाक्ने रोगको लक्षण भएका व्यक्तिहरुबाट नमुना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । उक्त नमुनाहरुलाई परीक्षण गर्दा ८० प्रतिशत नमुनाहरुमा इन्टेरो भाइरस देखिएको हो । विभिन्न समयमा संक्रमणको रुपमा फैलिने यो रोग भाइरस संक्रमणले हुन्छ जसमा ८० प्रतिशत ‘एडिनो भाइरस’ को कारणले हुने गर्दछ । त्यसबाहेक केही भाइरल कन्जंक्टिभाइटिसको संक्रमण इन्टेरो भाइरस तथा हरपिस भाइरसहरुले पनि गराउने तथ्यहरुले देखाएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी कृष्णप्रसाद जैसील...
पदभार ग्रहण गर्दै ल्हारक्यालले भने– निस्वार्थ लुम्बिनीको गुरुयोजनालाई सफल बनाउन लाग्छु

पदभार ग्रहण गर्दै ल्हारक्यालले भने– निस्वार्थ लुम्बिनीको गुरुयोजनालाई सफल बनाउन लाग्छु

राजनीति, समाचार
नवनियुक्त लुम्बिनी विकास कोषका कार्यकारी उपाध्यक्ष डा. लुम्बिनी । नवनियुक्त लुम्बिनी विकास कोषका कार्यकारी उपाध्यक्ष डा. ल्हारक्याल लामाले बिहीबार पदभार ग्रहण गरेका छन् । लुम्बिनी विकास कोष कार्यालय पुगेर उनले पदभार सम्हालेका हुन् ।  केही दिनअघि मन्त्रिपरिषद्को बैठकले लामालाई कोषको उपाध्यक्षमा नियुक्त गरेको थियो । यसअघिका उपाध्यक्ष अवदेश त्रिपाठीको सातवर्षे कार्यकाल सकिएपछि रिक्त रहेको उपाध्यक्षमा उनलाई नियुक्त गरिएको हो । उनको कार्यकाल पाँच वर्षको हुने छ ।  पदभार ग्रहण गरेपछि उपाध्यक्ष लामाले कसैले पनि लुम्बिनीको गुरु योजनामा वक्र दृष्टि लगाउन नहुने बताए ।  उनले आफू निस्वार्थ भएर लुम्बिनीको गुरुयोजनालाई सफल बनाउन लाग्ने र कर्मचारीहरूले पनि त्यसमा विशेष साथ दिन आग्रह गरेका हुन् ।  ...
कांग्रेस संसदीय समितिको बैठक : भोलिका लागि एजेन्डा तय 

कांग्रेस संसदीय समितिको बैठक : भोलिका लागि एजेन्डा तय 

राजनीति
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दल समितिको बैठकले शुक्रबार बस्ने संसदीय दल बैठकका एजेन्डा तय गरेको छ ।  बिहीबार साँझ पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको बैठकले एजेन्डा तय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।  बैठकले संसद्को अवरोध हटाउने, बजेटको प्रभावकारी कार्यान्वयनको सन्दर्भ, संसद्‍मा विचाराधीन विधेयक र नयाँ ल्याउनुपर्ने विधेयकलगायत विषय एजेन्डाको रूपमा तय गरेको उनको भनाइ छ । ...