२०८१ जेष्ठ ५

पदभार ग्रहण गर्दै ल्हारक्यालले भने– निस्वार्थ लुम्बिनीको गुरुयोजनालाई सफल बनाउन लाग्छु




नवनियुक्त लुम्बिनी विकास कोषका कार्यकारी उपाध्यक्ष डा.

लुम्बिनी । नवनियुक्त लुम्बिनी विकास कोषका कार्यकारी उपाध्यक्ष डा. ल्हारक्याल लामाले बिहीबार पदभार ग्रहण गरेका छन् । लुम्बिनी विकास कोष कार्यालय पुगेर उनले पदभार सम्हालेका हुन् । 


Advertisement


केही दिनअघि मन्त्रिपरिषद्को बैठकले लामालाई कोषको उपाध्यक्षमा नियुक्त गरेको थियो ।



यसअघिका उपाध्यक्ष अवदेश त्रिपाठीको सातवर्षे कार्यकाल सकिएपछि रिक्त रहेको उपाध्यक्षमा उनलाई नियुक्त गरिएको हो । उनको कार्यकाल पाँच वर्षको हुने छ । 

पदभार ग्रहण गरेपछि उपाध्यक्ष लामाले कसैले पनि लुम्बिनीको गुरु योजनामा वक्र दृष्टि लगाउन नहुने बताए ।  उनले आफू निस्वार्थ भएर लुम्बिनीको गुरुयोजनालाई सफल बनाउन लाग्ने र कर्मचारीहरूले पनि त्यसमा विशेष साथ दिन आग्रह गरेका हुन् । 

Copy link
Powered by Social Snap