२०८३ बैशाख २०

Author: Senior Editor Nima

एनआईसी एसिया बैंकले ल्यायो तीन आर्कषक कर्जा योजना

एनआईसी एसिया बैंकले ल्यायो तीन आर्कषक कर्जा योजना

बैँक/ बीमा, समाचार
काठमाडौं । एनआईसी एसिया बैंकले अठोट घर कर्जा, अठोट साना व्यवसाय कर्जा र अठोट सेयर धितो कर्जा गरी तीन कर्जा योजना सार्वजनिक गरेको छ । ग्राहकको आवश्यकतालाई हरसम्भव पूरा गर्ने उद्देश्यका साथ बैंकले न्यूनतम २५ लाख रुपैयाँदेखि अधिकतम १२ करोडसम्म रुपैयाँको अठोट घर कर्जा योजना ल्याएको छ । २५ वर्षसम्मको कर्जा अवधि रहेने अठोट घर कर्जा ग्राहकले आकर्षक तथा न्यूनतम ब्याजदरमा पाउन सक्ने बैंकले जनाएको छ । यो योजना अन्तर्गत ग्राहकले निजी आवासीय घर खरिद गर्न, निजी आवासीय अपार्टमेन्ट खरिद गर्न, निजी आवासीय घर निर्माण गर्न, निजी आवासीय घर मर्मत तथा तला थप्न र निजी आवासीय घर निर्माण गर्न जग्गा खरिद गर्न कर्जा सुविधा पाउन सक्ने छन् । यसका साथै अन्य बैंक तथा वित्तीय संस्थामा रहेको व्यक्तिगत आवासीय घरकर्जा यस बैंकको अठोट घर कर्जामा स्वापः गर्न सकिने व्यवस्थासमेत बैंकले गरेको छ । ग्रा...
प्रमुख प्रतिपक्षको आवाज दबाउन सदनमा सत्तापक्षले विरोध गर्‍यो : रघुजी पन्त

प्रमुख प्रतिपक्षको आवाज दबाउन सदनमा सत्तापक्षले विरोध गर्‍यो : रघुजी पन्त

राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद रघुजी पन्तले प्रमुख प्रतिपक्षको आवाज दबाउन सत्तापक्षले नै संसद्मा विरोध गरेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताए । संसद्मा आज प्रमुख प्रतिपक्ष बोल्दै गर्दा सत्तापक्षले उभिएर विरोध जनाएको घटना संसद्मा पहिलोपटक देखेको पनि उनले बताए । सत्तापक्षका सांसदले प्रमुख प्रतिपक्षलाई बोल्न नदिने कुरा संसदीय मान्यताविपरीत भएको उनले जिकिर गरे । “संसद्मा बिरलै देखिने दृश्य आज देखियो । सामान्यतया संसद् सत्तापक्षले चलाउन चाहन्छ, प्रतिपक्षले आफ्ना कुरा राख्न चाहन्छ । संसद् सुरु भएर मुख्य प्रतिपक्ष दलको सांसद माननीय ज्वाला साहलाई सभामुखले बोल्न समय दिनासाथ सत्ता पक्षका सबै सांसदहरु उठेर उहाँलाई बोलेको कुरा नसुनिने गरी होहल्ला गरेर बोल्नै नदिने अवस्था भयो,” उनले भने, “यो संसदीय मान्यता...
यी हुन् धेरै पर्यटक जाने नौ गन्तव्य, रोजाइमा निकुञ्ज र आरक्ष

यी हुन् धेरै पर्यटक जाने नौ गन्तव्य, रोजाइमा निकुञ्ज र आरक्ष

देश, समाचार
काठमाडौं । नेपालमा वन्यजन्तु पर्यटन र धार्मिक पर्यटकको संख्या धेरै रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डको तथ्यांकअनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष र धार्मिक स्थल अवलोकन गर्ने पर्यटकको संख्या धेरै रहेको छ । २०२१ र २०२२ मा नेपाल पर्यटन बोर्डले निकालेको तथ्यांकअनुसार नेपाल घुम्न आउने विदेशी पर्यटकको पहिलो रोजाइ राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्ष परेको छ । तथ्यांकअनुसार विदेशी पर्यटकहरूले नेपालमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, पशुपति क्षेत्र, लुम्बिनी क्षेत्र, मनास्लु ट्रेकिङ, मुस्ताङ ट्रेकिङ, हुम्ला ट्रेकिङ, तल्लो डोल्पा ट्रेकिङ, कञ्चनंघा ट्रेकिङ र माथिल्लो डोल्पा ट्रेकिङ धेरै घुमेका छन् । २०२१ मा कहाँ कति पर्यटक पुगे ? बोर्डको तथ्यांकअनुसार सन् २०२१ मा धेरै पर्यटकले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष क्षेत्रमा अवलोकन गरेका छन् । ती क्षेत...
कोशीमा जसपाकी निर्मला लिम्बूले स्वास्थ्य मन्त्रीको शपथ लिँदै

कोशीमा जसपाकी निर्मला लिम्बूले स्वास्थ्य मन्त्रीको शपथ लिँदै

राजनीति
कोशी प्रदेश सरकारमा जनता समाजवादी पार्टीकी एक्ली सांसद निर्मला लिम्बूले आज स्वास्थ्य मन्त्रीको शपथ लिने भएकी छन्। मुख्यमन्त्री उद्धव थापाले लिम्बूलाई आज तीन बजे शपथ गराउने कार्यक्रम छ। सभामुखले समेत हस्ताक्षर गरेर मुख्यमन्त्री बनेका थापालाई सर्वोच्च अदालतले पदमुक्त गरेपछि थापा साउन १६ मा दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका थिए।  यसअघि सत्ता गठबन्धनका दलहरू कांग्रेस , माओवादी , एकीकृत समाजवादीबाट एक/एक जना मन्त्री नियुक्त भैसकेको प्रदेशमा आज जसपा पनि सामेल हुने भएको हो।  मुख्यमन्त्री थापाले प्रदेशमा कोशी नामविरूद्ध आन्दोलनरत पहिचान पक्षधरसँग वार्ता गर्ने प्रतिबद्धता जनाएपछि आफू सरकारमा सामेल हुन लागेको लिम्बूले बताइन्। मुख्यमन्त्री थापाले विज्ञप्ति जारी गरेर यस्तो प्रतिबद्धता जनाएका हुन्।  जसपा सांसद निर्मला लिम्बू यसअघि एमाले नेता हिक...
रास्वपाका सांसदले सदन अवरोधको समयको सुविधा नलिने

रास्वपाका सांसदले सदन अवरोधको समयको सुविधा नलिने

राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सदन अवरोधको समयको सुविधा नलिने भएको छ । रास्वपा संसदीय दलका नेता रवि लामिछानेले सभामुख देवराज घिमिरलेलाई अवरुद्ध संसद्को समयको कुनै पनि सेवा सुविधा पार्टीले नलिने जानकारी गराएका हुन् । “पुनश्चः राजनीतिक द्वन्द्वका कारण अवरुद्ध संसद्को समयको कुनै पनि सेवा सुविधा हाम्रो पार्टीले नलिने सम्माननीय सभामुखमार्फत प्रतिबद्धता जाहेर गर्दछ,” सभामुखलाई बुझाएको पत्रमा भनिएको छ, “साथै, हालसम्ममा हामीले पाएको भए पनि त्यसको उपयुक्त मिलान गरिदिने व्यवस्थाका लागि समेत हार्दिक अनुरोध गर्दछ ।” त्यस्तै, संसद् बैठक नियमित चल्नका लागि पहलकदमी गर्न पनि सभामुखलाई आग्रह गरिएको छ । ...
उच्चस्तरीय समिति बनाएर भ्रष्टाचारविरुद्ध छानबिन गरौं : नेसपा अध्यक्ष भट्टराई

उच्चस्तरीय समिति बनाएर भ्रष्टाचारविरुद्ध छानबिन गरौं : नेसपा अध्यक्ष भट्टराई

देश, राजनीति, समाचार
बुटवल — नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले अधिकार सम्पन्न उच्चस्तरीय छानबिन समिति बनाएर पञ्चायतकालका मन्त्रीदेखि हालका मन्त्री र राष्ट्रपतिसम्मको भ्रष्टाचार विरुद्धका मुद्दाहरु छानबिन गर्न आग्रह गरेका छन् । बुटवलमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले देशको प्रमुख कार्यकारी माथि नै प्रश्न उठेको समयमा उच्चस्तरीय र निष्पक्ष छानबिनका लागि आयोग गठन गर्न आवश्यक रहेको बताए । देशमा अस्थिर सरकार भएका कारण भ्रष्टाचारीमाथि अहिले उठेका विषयमा कारबाही हुनेमा शंका गर्ने प्रसस्त ठाउँ रहेको बताए । त्यस्तो हुन नदिन अधिकार सम्पन्न उच्चस्तरीय छानबिन समिति बनाएरै भ्रष्टाचारविरुद्ध छानबिन हुनुपर्ने उनले दोहोराए । भट्टराईले आफू शक्तिमा हुँदा विपक्षीलाई तर्साउन सरकारले विषयहरु उछाल्ने तर आफ्ना कुराहरु लुकाउने गर्न नहुने उल्लेख गरे । ‘अहिले प्रकान्तरले छानबिनका कु...
कांग्रेस संसदीय दलको बैठक सुरु, यी हुन् एजेन्डा

कांग्रेस संसदीय दलको बैठक सुरु, यी हुन् एजेन्डा

राजनीति
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । संघीय संसद् भवन बानेश्वरको ल्होत्से हलमा बैठक सुरु भएको हो । बैठकमा सदन अवरोध, विधेयकहरु, सदनमा कांग्रेसको भूमिकालगायत विषयमा छलफल गर्ने तयारी छ ।
एमालेको अवरोधपछि संसद् बैठक स्थगित

एमालेको अवरोधपछि संसद् बैठक स्थगित

राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले प्रतिनिधिसभा बैठकमा अवरोध गरेको छ । शुक्रबारको बैठकमा एमालेले सुन तस्करी प्रकरणमा छानबिन समितिको माग गर्दै अवरोध गरेको हो । एमालेकी सांसद् ज्वाला कुमारी शाहले आकस्मिक समयमा बोल्न थालेपछि सत्ता पक्षका सांसदले आफूहरुलाई पनि समय दिन माग गरे । जवाफमा सभामुख देवराज घिमिरेले सभा चलाउने तजबिज आफूसँग रहेको बताए । एमालेले नाराबाजी गर्दै वेल घेराउ गर्यो । त्यसपछि, सभामुख घिमिरेले साउन २९ गते दिनको १ बजे बस्ने गरी बैठक स्थगित गरे । ...
अनुशासनको कमी नै कांग्रेसको कमजोरी : डा. महत

अनुशासनको कमी नै कांग्रेसको कमजोरी : डा. महत

राजनीति
वीरगन्ज । नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले अनुशासनको कमी नै नेपाली कांग्रेसको कमजोरी भएको बताएका छन् । उनले भने, “कुनै कुराको चित्त नबुझ्न सक्छ, त्यो भन्न पाइन्छ । तर, त्यो भन्ने ठाउँ, राख्ने ठाउँ र जाने ठाउँ हुन्छ । सामाजिक सञ्जालमा प्रचार गर्ने होइन ।”  आन्तरिक रुपमा बहस हुनु ठीक भए पनि निष्कर्ष ननिस्केसम्म मात्रै बहस हुनुपर्ने उनको भनाइ छ । “निष्कर्ष आएपछि त्यो सबैले ग्रहण गर्नुपर्छ । त्यसपछि मात्र एकरुपता आउँछ, जनतामा एउटै सन्देश जान्छ । सामाजिक सञ्जाल उपयोग गरेर एकअर्कामा गालीगलौज गर्नु भनेको कांग्रेसमा सबै खराब रहेछन् भन्ने सन्देश जानु हो”, डा. महतले भने, “खराब सन्देश प्रवाह भयो भने कांग्रेसको जनमत बढ्दैन ।’ डा. महतले नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रशारण गरेर भित्र एउटा कुरा गर्ने र बाहिर अर्कै रुपमा प्रस्तुत हुने स...
संसद् निरन्तर अवरुद्ध गरेपछि एमाले एक्लियो : जितेन्द्र देव

संसद् निरन्तर अवरुद्ध गरेपछि एमाले एक्लियो : जितेन्द्र देव

राजनीति
काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले संसद् अवरुद्ध पार्ने कामलाई निरन्तरता दिन थालेपछि प्रमुख प्रतिपक्ष नेकपा (एमाले) एक्लिँदै गएको बताएका छन् । शुक्रबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले बिनाकारण संसद् बैठक अवरोध गर्ने कामलाई निरन्तरता दिएपछि प्रतिपक्ष राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले समेत एमालेको साथ छोडेको दाबी गरे । बुद्धिजिवी, मिडिया, अन्तर्राष्ट्रिय समुदायले समेत संसद् अवरुद्ध पार्ने एमालेको कामलाई साथ नदिएको उनको जिकिर थियो । सांसद देवले डेमोक्रेसीको प्राण वायु संसद् भए पनि एमालेले त्यसलाई चल्न नदिएर गम्भीर समस्या खडा गरेको आरोप लगाए । सत्तारुढ दलले पाँच वर्ष नै सरकार चलाउने गरी मुलुकलाई राजनीतिक स्थायित्व दिइरहेका बेला प्रतिपक्ष एमालेले त्यसविरुद्ध अनेक चलखेल गर्नु उचित नभएको उनको तर्क थियो । “पाँच वर्ष चल्ने कुरा...