२०८१ बैशाख २१

कानुनमन्त्री गुरुङको स्वास्थ्यमा सुधार




काठमाडौँ — अस्वस्थ भई अस्पताल भर्ना भएका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङको स्वास्थ्यमा सुधार भएको छ । बिहीबार बिहान करिब १० बजे मन्त्रालयका सचिव उदयराज सापकोटासँग छलफल गरिरहेका बेला अचानक स्वास्थ्यमा असहजता भएपछि गुरुङलाई अन्नपूर्ण न्युरो अस्पताल लगिएको थियो ।


Advertisement


अस्पताल पुर्‍याउँदा गुरुङको रक्तचाप र मुटुको धड्कन कम भएपछि अन्नपूर्ण न्युरोबाट महाराजगन्जस्थित मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा लगेर थप उपचार सुरु गरिएको उनका स्वकीय सचिव प्रेम केसीले बताए ।



उनका अनुसार आपत्‌कालीन कक्षमा राखेर गुरुङको स्वास्थ्य परीक्षण भइरहेको छ । चिकित्सकहरूले मन्त्री गुरुङलाई २४ घण्टासम्म अब्जरबेसनमा राख्ने बताएका छन् ।

स्वकीय सचिव केसीका अनुसार गुरुङको मुटुको धड्कन र रक्तचापमा सुधार देखिएको छ ।

Copy link
Powered by Social Snap