२०८३ बैशाख २०

Author: Senior Editor Nima

संसद् चलाउन राष्ट्रपतिको चासो : आज प्रधानमन्त्री, भोलि सभामुखसँग छलफल

संसद् चलाउन राष्ट्रपतिको चासो : आज प्रधानमन्त्री, भोलि सभामुखसँग छलफल

राजनीति
काठमाडौं । संसद्को जारी गतिरोध अन्त्यको विषयमा राष्ट्रपति रामचन्द्र पौडेलले चासो देखाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बिहीबार शीतलनिवास बोलाएर संसद्को जारी गतिरोधको विषयमा राष्ट्रपति पौडेलले चासो देखाएको उनको सचिवालयले जानकारी दिएको छ । यो विषयमा थप जानकारी लिन राष्ट्रपति पौडेलले शुक्रबार बिहान १० बजे सभामुख देवराज घिमिरलेलाई शीतलनिवास बोलाएका छन् । “उहाँले आज विशेष गरेर सदनको गतिरोधबारे चासो राख्नुभयो । निरन्तर सदन अवरोध हुँदा जनसवालको विषयमा सदन गम्भीर हुन नसकेको भन्दै चिन्ता व्यक्त गर्नुभयो,” पौडेलको सचिवालयले भन्यो । स्वास्थ्यमा क्रमशः सुधार आउँदै गएपछि आफूलाई सक्रिय बनाउन राष्ट्रपति पौडेलले थालनी गरेको हुन् । “आज प्रधानमन्त्रीसँग कुरा भयो । भोलि बिहान १० बजे सभामुख देवराज घिमिरेसँग पनि कुराकानी उहाँले गर्दै हुनुहुन्छ,” सचिवालय स्रोतले भन्यो । ...
प्रधानमन्त्री र मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्री र मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौता

राजनीति
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संघीय सरकारका मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौता भएको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित आर्थिक वर्ष २०७९/८० को वार्षिक कार्यक्रम कार्यान्वयन कार्ययोजनाको समीक्षा तथा आ.व. २०८०/८१ को वार्षिक कार्यक्रम कार्यान्वयनमा आयेजित कार्यक्रममा प्रधानमन्त्री र  विभागीय मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको हो । संघीय सरकारका २१ वटा मन्त्रालयका मन्त्रीहरूले आफ्नो मन्त्रालयले गर्ने कामको कार्यसूचीसहित सम्झौतापत्र तयार पारी उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । कार्यसम्पादन सम्झौतामा प्रत्येक मन्त्रालयले गरेको कामको अलग–अलग कार्यसूची तयार पारिएको छ । सम्झौतापत्रमा हासिल गर्नुपर्ने नतिजा सूचक राखिएको छ, जसमा नतिजा सूचक, भार, इकाइ, आर्थिक वर्ष २०७९/०८० को समग्र स्थिति र आर्...
जातका आधारमा घृणा पैदा भयो भने देश जोगाउन सकिँदैन : ओली

जातका आधारमा घृणा पैदा भयो भने देश जोगाउन सकिँदैन : ओली

राजनीति
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सधैँ समानताको हक अधिकार र राष्ट्रिय एकताको पक्षमा उभिँदै आएको बताएका छन् । विश्व आदिवासी दिवसको अवसरमा च्यासलमा बिहीबार आयोजित कार्यक्रममा उनले पहिचान देशको हितका लागि हुनुपर्ने बताए । पहिचानको मुद्दा विभेद, विद्वेषका लागि नभएर मित्रता बढाउनका लागि भएको उनको भनाइ छ । ओलीले जातका आधारमा घृणा भयो भने देश जोगाउन नसकिने समेत बताए । “यदि कुनै पनि हिसाबले हामीलाई जातजाति केहीका नाममा सेन्टिमेन्टल बनाएर, भावनामा बगाएर कसैले हामीबीच विद्वेष, घृणा र फाटो ल्याउन सफल भयो भने हाम्रो देशको अस्तित्व समाप्त हुन्छ,” ओलीले भने, “त्यतिबेला हाम्रो देश जोगिँदैन । जोगाउन सकिँदैन ।” राष्ट्रिय एकताले मात्रै देश अघि बढ्न सक्ने उनको भनाइ छ । “हामीमा विविधता छ । यर्थाथ हो । विविधतामा समाजिक सद्भाव, सामाजिक सद्भावमा आधारित ए...
गत वर्ष १२ अर्ब नाफा कमाएको विद्युत् प्राधिकरणले सर्वसाधारणलाई सेयर जारी गर्ने

गत वर्ष १२ अर्ब नाफा कमाएको विद्युत् प्राधिकरणले सर्वसाधारणलाई सेयर जारी गर्ने

देश, समाचार
काठमाडौँ — गत आर्थिक वर्ष २०७९/८० मा १२ अर्ब ३३ करोड खुद नाफा कमाएको नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारणलाई सेयर जारी गर्ने भएको छ । प्राधिकरणले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कुलमान घिसिङले प्रधिकरण ऐन २०४१ बमोजिम सर्वसाधारणमा सेयर जारी गर्ने फ्रक्रिया अघि बढाइएको बताए । सर्वसाधारणलाई सेयर जारी गर्नका लागि इक्रा नेपालबाट एए प्लस रेटिङ पाएको उनले बताए । सर्वसाधारणलाई सेयर जारी गर्न प्रक्रिया अघि बढिरहेको घिसिङको भनाइ छ । सर्वसाधारणमा दिइने विद्युत्‌ गुणस्तर सुधार, चुहावट नियन्त्रण तथा विद्युत् महसुल असुली लगायतका कार्यलाई प्रभावकारी बनाइने घिसिङले बताए । उनका अनुसार विगत दुई वर्षमा प्राधिकरणले आफ्नै स्रोतबाट करिब ४८ अर्ब रुपैयाँ बराबरको रकम प्रसारण तथा वितरण प्रणाली विस्तार र सुधारमा लगानी भएको छ । त्यस्तै सरकारको कोषमा साँवा ब्याज र रोयल्टी गर...
कोसी नामकरणबारे प्रचण्डलाई नेम्वाङको कटाक्ष : अनुहार झल्झली आउँछ, नाम बिर्सेँ

कोसी नामकरणबारे प्रचण्डलाई नेम्वाङको कटाक्ष : अनुहार झल्झली आउँछ, नाम बिर्सेँ

राजनीति
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले कोसी प्रदेशको नामकरणका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालप्रति कटाक्ष गरेका छन् । विश्व आदिवासी दिवसको अवसरमा च्यासलमा आयोजित कार्यक्रममा उनले कोसी प्रदेशको नामकरणबारे प्रधानमन्त्री प्रचण्डको अनुहार झल्झल्ती याद आएको तर नाम बिर्सिएँ भन्दै कटाक्ष गरे । “हिजो, अस्ती भर्खरै कोसी प्रदेशको सन्दर्भंलाई लिएर होला एकजना मित्रले भन्नुभो, म नाम बिर्सिन्छु । अर्कोपटक ०८४ मा भोट हालेर जिताउनु भो भने कोसी प्रदेशको नामै फेर्दिन्छु भनेर भनेको कता कता पढेको जस्तो लाग्यो । भल्झली याद छ, नाम चाहिँ मैले बिर्सेँ,” नेम्वाङले व्यङ्ग्य हाने । प्रदेशको नामकरणमा भोट हालेको नेकपा (माओवादी केन्द्र)ले पछि निर्णय गलत भएको निर्णय समेत गरेको थियो । उनले एमालेले त्यसरी शर्तबन्दी नगर्ने बताए । देशका विविध भाषा, धर्म, संस्कृतिको हितमा एमाले उभिर...
कानुन मन्त्री धनराज गुरुङ अस्वस्थ

कानुन मन्त्री धनराज गुरुङ अस्वस्थ

राजनीति
२५ साउन, काठमाडौं । कानुन मन्त्री धनराज गुरुङ बिरामी भएपछि अस्पताल भर्ना भएका छन् । गुरुङ त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएको स्वकीय सचिव प्रेम केसीले जानकारी दिए । अस्वस्थ्य भएपछि अन्नपूर्ण न्यूरो अस्पतालमा स्वास्थ्य परीक्षणका लागि पुगेका उनलाई अस्पतालले मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा रिफर गरेको हो । केसीका अनुसार गुरुङ ब्लड प्रेसर घटेर कमजोर महसुस भएपछि अस्पताल गएका थिए । अहिले गुरुङको स्वास्थ्य अवस्था सामान्य रहेको केसीले बताए । ...
पुजन, निशान र रवि पनि गए अस्ट्रेलिया

पुजन, निशान र रवि पनि गए अस्ट्रेलिया

खेलकुद, समाचार
२५ साउन, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमबाट खेलिसकेका पुजन उपरकोटी, निशान खड्का र रवि पासवान पनि विदेशिएका छन् । उनीहरु बिहीबार अस्ट्रेलिया प्रस्थान गरेका छन् । पुजन र निशान जुनमा भारतमा भएको साफ च्याम्पियनसिपमा नेपाली टिममा थिए । दुई दिनअघि मात्रै फरवार्ड दिपकसिंह ठकुरी पनि अस्ट्रेलिया गएका थिए । ...
केरुङ जाने कन्टेनरका चालकलाई प्रवेश पास प्रदान गर्न माग

केरुङ जाने कन्टेनरका चालकलाई प्रवेश पास प्रदान गर्न माग

समाचार
२५ साउन, काठमाडौं । रसुवागढी नाका हुँदै चीनको केरुङ जाने ट्रक कन्टेनरका चालकलाई चीन प्रवेश अनुमति पत्रको व्यवस्था गर्न चीन सकारात्मक रहेको अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले बताएका छन् । बुधबार काठमाडौंको कालिकास्थान विभागको कार्यालय पुगेका नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल ट्रक यातायात व्यवसायी महासंघ र नेपाल ट्रक कन्टेनर ढुवानी सेवा लिमिटेडका प्रतिनिधि मण्डलसँग कुराकानी गर्दै विभागका महानिर्देशक अधिकारीले त्यस्तो कुरा बताएका हुन् । ‘चीन तर्फ कस्टम ‘अथोरिटी’सम्म कुरा लैजानेगरी नेपाल स्थित चीनको राजदूतावासका सेकेण्ड सेक्रेटरीसँग बुधबार नै अध्यागमन विभागमा छलफल गरेको छु, उहाँहरु (चीन) यस विषयमा सकारात्मक हुनुभएको छ । चाँडै समस्याको समाधान हुनेमा हामी आशावादी छौं’ महानिर्देश अधिकारीले भने । गृह मन्त्रालय अध्यागमन शाखाले रसुवागढी नाकाबाट चीन प्रवेश गर्न...
माछा सुँघ्ने, खाने र माछाकै झोल पिउने अनौठो लत

माछा सुँघ्ने, खाने र माछाकै झोल पिउने अनौठो लत

विदेश / एन.आर.एन, समाचार
मानिसलाई चिया कफी, चुरोट, मदिरा आदिमा लत बसेको त थाहा भएकै कुरा हो । तर अमेरिकामा एकजना व्यक्तिलाई भने माछाको लत बसेको छ । उनलाई दिनहुँ टुना माछाको गन्ध सुँघ्नु पर्छ, हप्ताका कम्तिमा १५ डिब्बा माछा खानुपर्छ, माछाकै रस पिउनु पर्छ । अनि जतिबेला पनि माछा राखेको बट्टा सुँघ्नुपर्छ । अमेरिकाको कन्सासस्थित लरेन्समा बस्ने टाइलर नामक व्यक्तिले My Strange Addiction : Addicted नामक एक टेलिभिजन कार्यक्रममा आफ्नो अनौठो लतको बारेमा खुलासा गरेका हुन् । त्यसक्रममा उनले डिब्बामा बन्द गरेर बजारमा बेच्न राखिएका टुना माछाप्रति आफ्नो आशक्तिका बारेमा चर्चा गरे । द न्युयोर्क पोस्टका अनुसार टाइलरको माछाको लत यतिधेरै बढेको छ कि उनले माछालाई नै प्रफ्युमका रुपमा समेत प्रयोग गर्दछन् । आफूलाई हरेक दिन, हरेक समय, रातभर तथा कुनै पनि समयमा टुना माछाको गन्ध सुँघ्न मन लाग्ने उनी बताउँछन् । टाइलरकी आम...
ग्लोबल आईएमई बैंकको स्मार्ट अडियो डिभाइस सेवा सार्वजनिक

ग्लोबल आईएमई बैंकको स्मार्ट अडियो डिभाइस सेवा सार्वजनिक

बैँक/ बीमा, समाचार
काठमाडौं । ग्लोबल आईएमई बैंकले स्मार्ट अडियो डिभाइस सेवा सार्वजनिक गरेको छ । बैंकले क्यूआर कोडमार्फत गरिने भुक्तानी पुष्टिका लागि साउन्ड बक्स र एलईडी डिस्प्ले सहितको सेवा ल्याएको हो । यो योजनासँगै ग्लोबल आईएमई बैंकका ग्राहकहरूले क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा भुक्तानीको पुष्टीकरण एलईडी बोर्डमा रहेको साउन्ड बक्सले भुक्तानी पुष्टि गर्ने भ्वाइस मेसेज दिनेछ । यसले ग्राहक र व्यापारीका लागि सम्पूर्ण प्रक्रियालाई सुविधाजनक बनाउने विश्वास छ । यसबाट मर्चेन्ट/व्यापारी तथा ग्राहकहरुलाई मोबाइल फोनमा भुक्तानी प्राप्त भएको मेसेजका निमित्त कुर्नुपर्ने समयको पनि बचत हुनेछ । साथै यसबाट व्यापारीलाई भुक्तानी आवेदनको पुष्टीकरण निर्भरता समेत घटाउने विश्वास बैंकले गरेको छ । ...