२०८१ जेष्ठ ५

अमेरिकी ग्लोबल एन्टी–करप्सन संयोजक नेफ्यु नेपालमा




काठमाडौँ — अमेरिकी ‘ग्लोबल एन्टी–करप्सन’ संयोजक रिचार्ड नेफ्यु नेपाल भ्रमणमा आएका छन् ।


Advertisement


अमेरिकी दूतावासका अनुसार नेपाल सरकारका पदाधिकारी र नागरिक समाजका प्रतिनिधिहरूसँग नेपालले समिट फर डेमोक्रेसीमा गरेको भ्रष्टाचारविरुद्धको प्रतिबद्धताको बारेमा छलफल गर्ने कार्यक्रम रहेको छ ।



संयोजक नेफ्यु विदेशमन्त्री एन्टोनी ब्लिन्केन र उपविदेशमन्त्री उज्रा जियाको मातहतमा रहेर काम गरिरहेका छन् ।

Copy link
Powered by Social Snap