२०८३ बैशाख १८

Author: Senior Editor Nima

झलनाथ खनाललाई थप उपचार गर्न आज दिल्ली लगिँदै

झलनाथ खनाललाई थप उपचार गर्न आज दिल्ली लगिँदै

समाचार, स्वास्थ्य
नेकपा एमालेका नेतासमेत रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई उपचारका लागि भारतको नयाँदिल्ली लैजाने तयारी गरिएको छ। Advertisement ज्वरो र रगतमा हेमोग्लोबिनको कमीलगायत समस्या देखिएपछि काठमाडौं‌को नर्भिक अस्पताल भर्ना गरिएका खनाललाई थप उपचारका लागि अहिले साढे १२ बजे जहाजबाट दिल्ली लैजाने तयारी गरिएको उनको सचिवालयले जानकारी दिएको छ। खनालसँगै उनकी श्रीमती, छोरा र एक जना चिकित्सक दिल्ली जानेछन्। दिल्ली लगेर त्यहाँको एपोलो अस्पतालमा उनलाई उपचार गर्ने तयारी छ। खनाललाई ९ दिन ज्वरो आएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो। खनाल यसअघि कोरोना संक्रमित भई संक्रमणमुक्त भएका थिए। ...
दुई पूर्वविजेताबीचको प्रतिस्पर्धा

दुई पूर्वविजेताबीचको प्रतिस्पर्धा

खेलकुद
काठमाडौं । युरोकप फुटबलमा सर्वाधिक सफल टोलीको रुपमा पर्छ, जर्मनी । जर्मनीले तीनपटक युरोकप फुटबलको उपाधि जितेको छ । त्यसो त विश्वकप फुटबलमा पनि जर्मनी सफल टोली हो । दुईपटकको विश्वकप विजेता फ्रान्स पनि युरोकप फुटबलको सफल टोलीको रुपमा मानिन्छ । पछिल्लोपकट दुवै टोली उत्कृष्ट फममा छन् । Advertisement युवा खेलाडीले भरिपूर्ण जर्मनी आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्ने योजनामा छ । जर्मनीका स्टार खेलाडी थोमस मुलर करिब दुई वर्षपछि राष्ट्रिय टोलीबाट पुनरागमन गर्दै छन् । यता, फ्रान्सका स्टार खेलाडी करिम बेन्जिमा ६ वर्षपछि राष्ट्रिय टोलीबाट पुनरागमन गर्दै छन् । स्टार खेलाडीले भरिपूर्ण विश्वकप फुटबलको साबिक विजेता टोली फ्रान्स आजको खेलमा जित निकाल्दै आफूलाई बलियो टोलीको रुपमा प्रस्तुत गर्ने योजनामा छ । फ्रान्स र जर्मनीबीचको खेल म्युनिखस्थित एलिनाज स्टेडि...
प्रदेश १ सरकारले ल्यायो ३२ अर्बको बजेट, स्वास्थ्य क्षेत्रलाई प्राथमिकता

प्रदेश १ सरकारले ल्यायो ३२ अर्बको बजेट, स्वास्थ्य क्षेत्रलाई प्राथमिकता

देश, राजनीति, स्वास्थ्य
विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि रु. ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट पेश गरेको छ । चालु आर्थिक वर्षको लागि सरकारले रु. ४० अर्ब ८९ करोड ९९ लाख बजेट विनियोजन गरेको थियो ।  आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले मंगलबार आय र खर्चको अनुमान समेटिएको बजेट प्रदेशसभामा पेश गरेका हुन ।  कुल विनियोजन मध्ये चालुतर्फ रु. १४ अर्ब १६ करोड अर्थात ४३ दशमबल ५ प्रतिशत र पुँजीगततर्फ १५ अर्ब ३ अर्ब २२ अर्थात ४६ दशमबल ३ प्रतिशत खर्च हुने अनुमान गरिएको छ । स्थानीय तहतर्फको वित्तीय हस्तान्तरणका लागि रु. ३ अर्ब २२ करोड ४२ लाख अर्थात १० प्रतिशत विनियोजन गरिएको हो । त्यसैगरी वित्तीय व्यवस्थातर्फ ३ करोड विनियोजन भएको छ ।  उल्लेखित खर्चका लागि स्रोत जुटाउन सरकारले आन्तरिक राजश्वबाट ४ अर्ब ९ करोड ७७ लाख, राजश्व बाँडफाँटबाट रु. ९ अर्ब ८१ करोड ६६ ल...
सरकार मर्निङ वाक खोल्ने, प्रहरी बाटो छेकेर रोक्ने

सरकार मर्निङ वाक खोल्ने, प्रहरी बाटो छेकेर रोक्ने

देश, समाचार
काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञालाई खुकुलो बनाइएको छ। एक हप्ताका लागि लम्ब्याइएको निषेधाज्ञालाई काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले खुकुलो बनाउने निर्णय गरेको थियो। त्यस निर्णयसँगै योपटक मर्निङवाक र इभिनिङ वाकमा जाने व्यक्तिहरूलाई पनि नरोक्ने भनिएको छ। त्यसमा तीन प्रमुख जिल्ला अधिकारी सहमत भएका थिए। तर लिखित आदेशमा उल्लेख गरिएको थिएन। यसअघि जारी गरिएका आदेशमा प्रशासनले आउजाउमै रोक्ने भनेर आदेश जारी गर्ने गर्थ्यो। योपटक भने मौखिक रूपमा मात्रै मर्निङ वा इभिनिङ वाक जानेलाई नरोक्न भनिएको छ। Advertisement त्यसैक्रममा काठमाडौंको स्वयम्भूका राकेश महर्जन मर्निङ वाकमा हिँड्दा रोकिएका छन्। बिहान करिब सवा ६ बजे भगवान पाउबाट छाउनी अस्पताल जाने बाटोमा उनलाई प्रहरीले रोकेको हो। मर्निङ वाकमा निस्किएका अ...
कोरोना भाइरस चमेराबाट सर्‍यो कि प्रयोगशालाबाट फैलियो?

कोरोना भाइरस चमेराबाट सर्‍यो कि प्रयोगशालाबाट फैलियो?

विदेश / एन.आर.एन, समाचार, स्वास्थ्य
कोरोना भाइरस जनावरबाट सरेको होइन, चीनको प्रयोगशालामा विकास गरिएको हुनसक्छ भनेर धेरैअघिदेखि शंका गरिँदै आएको थियो। यो प्रयोगशालाबाट नियोजित रूपले वा दुर्घटनावश समुदायमा फैलिएको ठान्नेहरू अझै पनि थुप्रै भेटिन्छन्। के यसको पछाडि कुनै वैज्ञानिक आधार छ? गत वर्ष विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को सम्मेलनले महामारीको उत्पत्तिबारे पहिलो चरणको अनुसन्धान गर्न सहमति जनाएको थियो। उक्त अनुसन्धान सन् २०२१ को सुरूदेखि चीनमा जारी छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि महामारीको उत्पत्ति पत्ता लगाउने अभियानमा सहकार्य गर्न यही जेठ १२ गते आफ्ना अनुसन्धान निकायहरूलाई निर्देशन दिएका छन्। यसबारे ९० दिनभित्र रिपोर्ट बुझाउनू भन्ने अमेरिकी राष्ट्रपतिको निर्देशन छ। अस्ट्रेलिया, युरोपेली समुदाय र जापानले पनि यसबारे गहन अनुसन्धानको माग गर्दै आएका छन्। अधिकांश वैज्ञानिकहरू कोभिड महामारी फैलाउने '...
बराबरीमा रोकिए पनि स्पेनले बनायो रेकर्ड

बराबरीमा रोकिए पनि स्पेनले बनायो रेकर्ड

खेलकुद
युरो २०२० मा पूर्व विजेता स्पेनले सुखद् सुरूवात गर्न सकेन। मंगलबार विहान सकिएको खेलमा स्पेनलाई स्विडेनले गोलरहित बराबरीमा रोक्यो। तर खेल अवधिभर स्पेनले बलमा पकड जमायो। Advertisement स्पेनले ८५ प्रतिशत बल आफ्नो पक्षमा राखेको थियो। तथ्याङ्क संकलन गर्ने संस्था ओप्टाका अनुसार युरोमा ८५ प्रतिशत बल आफ्नो नियन्त्रणमा राख्ने स्पेन पहिलो टिम हो। ओप्टाले सन् १९८० देखि तथ्याङ्क संकलन गर्दै आएको छ। स्पेनले पहिलो हाफमा ४१९ पास खेलेका थियो। जुन युरोको पहिलो ४५ मिनेटमा गरिएको सर्वाधिक पास हो। जबकी स्विडेनले केवल ३८ पास मात्र गरेको थियो। युरोमा कुनै पनि टिमले गरेको यो सबैभन्दा कम पास हो। खेल अवधिभर स्पेनले ९१७ पास गरेको थियो। यो पनि युरोमा कुनै पनि टिमले खेलेको सबैभन्दा बढी पास हो। यसअघि सर्वाधिक पासको कीर्तिमान स्पेनकै नाममा थियो। स्पेनले ...
खनाल-नेपालसहितको स्थायी कमिटी बैठक बोलाउँदै ओली

खनाल-नेपालसहितको स्थायी कमिटी बैठक बोलाउँदै ओली

देश, राजनीति
प्रधानमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका नेताहरूलाई पनि डाकेर स्थायी कमिटी बैठक बोलाउने भएका छन्। एमाले प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार खनाल-नेपाल समूहका नेताहरू पनि सहभागी हुने गरी स्थायी कमिटी बैठक बोलाउन पछिल्ला दिनहरूमा अनौपचारिक छलफलहरू भइरहेका छन्। Advertisement 'प्रधानमन्त्रीज्यूले यसअघि नै पार्टी एकताका लागि छ बुँदे प्रस्ताव सार्वजनिक गरिसक्नुभएको छ। त्यसैको वरिपरि रहेर कुराकानी भइरहेको छ,’ ज्ञवालीले भने,‘छिट्टै बैठक बोलाउने तयारी छ।’ यसअघि एमाले अध्यक्ष ओलीले जेठ २३ मा वक्तव्य जारी गर्दै पार्टीभित्रको विवाद समाधानका लागि छ बुँदे प्रस्ताव अघि सारेका थिए। अध्यक्ष ओलीले खनाल-नेपाल पक्षक सांसदहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्र...
एमाले सुदूरपश्चिम प्रदेशले गर्‍यो प्रधानमन्त्री पक्षका सात सांसदलाई निलम्बन

एमाले सुदूरपश्चिम प्रदेशले गर्‍यो प्रधानमन्त्री पक्षका सात सांसदलाई निलम्बन

देश, राजनीति
नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले प्रधानमन्त्री पक्षका सात सांसदलाई निलम्बन गर्ने निर्णय गरेको छ। सोमबार बसेको दलको बैठकले तीन जनालाई सात, दुई जनालाई दस दिन र दुई जनालाई १५ का लागि निलम्बन गर्ने निर्णय गरेको हो। Advertisement एमाले सुदूरपश्चिमका प्रमुख सचेतक दुर्गा विकले रतन थापा र पठान सिंह बोहरा लाई १५ दिन, लीलाधर भट्ट र बलदेव रेग्मीलाई १० दिन र नेपालु चौधरी, माया तामाङ र बलदेव रेग्मीलाई सात दिनका लागि निलम्बन गरिएको जानकारी दिइन्। उनीहरूले प्रदेशमा मुख्यमन्त्री त्रिलोचन भट्टलाई जेठ २५ गते विश्वासको मत दिन जारी ह्वीप उल्लंघन गरेको भन्दै दलका नेता प्रकाश शाहले स्पष्टीकरण सोधेका थिए। त्यसपश्चात निलम्बनको निर्णय गरिएको विकले बताइन्। माधवकुमार नेपाल समूहको बहुमत भएको संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिन...
सिईओ श्रदेश आचार्यको व्यापारिक कुशलता : रु.२०० बाट ९ वटा कम्पनी सम्मको यात्रा (भिडियो भित्र)

सिईओ श्रदेश आचार्यको व्यापारिक कुशलता : रु.२०० बाट ९ वटा कम्पनी सम्मको यात्रा (भिडियो भित्र)

SYM शुद्ध सकारात्मकता, अर्थतन्त्र, कभर स्टोरी
Apex कलेजका BBA विद्यार्थीसँगको अन्तरक्रियामा युवा उद्द्यमी श्रद्धेश आचार्यले आफ्नो ब्यापारीक जिबनको उतार चडापको बारेमा केही कुरा समाबेश गरेका छन्। ब्यापारिक जिबनका बारेमा बोलिरहदा त्यसको साथसाथै उनले आफ्नु कम्पनीमा कसरी आफ्नु कर्मचारीहरु लाई म्यानेज गर्छन् र कसरी उनीहरुलाई हौसला प्रदान गर्दै कम्पनीलाई आज यो स्थानमा पुर्‍याएका छन् भन्ने कुरा को पनि चर्चा गरिएको छ। AFTI Corporation (P) Ltd. को मातहत, लगानी र साझेदारीमा हाल सम्म नौ (९) वटा कम्पनी रहेको श्रद्धेश आचार्यले बताए। सो आकडा नौ बाट सोह्र (१६) सम्म छिटोनै पुग्ने उनले बताएका छन। Advertisement यस अन्तरक्रियामा उनले आफ्नो काम प्रतिको लगाब र ब्यापारीक दक्षता देखाउदै हर कोहि मा लगनशीलता भयो भने नेपालमा पनि केहि गर्न सकिन्छ है भनेर युवाहरुलाई प्रोत्साहन गरेका छन्। अन्तिममा उनले यो पनि थपेका छ...
युरोकपमा आज तीन खेल

युरोकपमा आज तीन खेल

खेलकुद
काठमाडौं । युरोकप फुटबल अन्तर्गत आज (सोमबार) विभिन्न तीन खेलहरु हुँदैछन् । १६ औं संस्करणको प्रतियोगिता अन्तर्गत आज तीन खेलहरु हुने भएका हुन् । सोमबार समूह ‘डी’को एक खेल र समूह ‘ई’ को दुई खेल खेलहरु हुनेछन् । आज हुने पहिलो खेलमा स्कटल्यान्ड र चेक रिपब्लिक प्रतिस्पर्धा गर्नेछन् । दुई टोलीबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ । Advertisement दुबै टोली आजको खेलमा सहज जित निकाल्दै आफूलाई तालिकामा बलियो बनाउने योजनामा हुनेछन् । घरेलु टोली स्कटल्यान्ड आजको खेलमा जित निकाल्दै सुखद सुरुआत गर्ने योजनामा छ । यता, बलियो टिम चेक रिपब्लिक पनि स्कटल्यान्डलाई हराउँदै आफूलाई बलियो टोली प्रमाणित गर्ने योजनामा छ ।  आज नै हुने अर्काे खेलमा पोल्याण्ड र स्लोभाकिया खेल्नेछन् । समूह ‘ई’ मा रहेका दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ । आजको खेलमा दुबै ट...