


नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले प्रधानमन्त्री पक्षका सात सांसदलाई निलम्बन गर्ने निर्णय गरेको छ।
सोमबार बसेको दलको बैठकले तीन जनालाई सात, दुई जनालाई दस दिन र दुई जनालाई १५ का लागि निलम्बन गर्ने निर्णय गरेको हो।
Advertisement



एमाले सुदूरपश्चिमका प्रमुख सचेतक दुर्गा विकले रतन थापा र पठान सिंह बोहरा लाई १५ दिन, लीलाधर भट्ट र बलदेव रेग्मीलाई १० दिन र नेपालु चौधरी, माया तामाङ र बलदेव रेग्मीलाई सात दिनका लागि निलम्बन गरिएको जानकारी दिइन्।
उनीहरूले प्रदेशमा मुख्यमन्त्री त्रिलोचन भट्टलाई जेठ २५ गते विश्वासको मत दिन जारी ह्वीप उल्लंघन गरेको भन्दै दलका नेता प्रकाश शाहले स्पष्टीकरण सोधेका थिए। त्यसपश्चात निलम्बनको निर्णय गरिएको विकले बताइन्।

माधवकुमार नेपाल समूहको बहुमत भएको संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिन ह्वीप जारी गरेको थियो।
तर ओली पक्षका सांसद लीलाधर भट्ट, नेपालु चौधरी, रतन थापा, पठानसिंह बोहरा, गेल्वु बोहरा, माया तामाङ र बलदेव रेग्मीले विपक्षमा मत दिएका थिए।





