अदालतले अमुक व्यक्तिलाई प्रधानमन्त्री बनाऊ भन्न मिल्दैन: राष्ट्रपति कार्यालय (पूर्णपाठ)
राष्ट्रपति कार्यालयले अदालतले कसैलाई प्रधानमन्त्री बनाऊ भन्ने परमादेश दिन नमिल्ने लिखित जवाफ सर्वोच्च अदालतलाई पठाएको छ।
कांग्रेस सभापति शेरबहादुर देउवासहित १४६ जनाको रिट निवेदनमा लिखित जवाफ पठाउँदै राष्ट्रपतिले संविधान बमोजिम गरेको काम बदर नहुने पनि बताएको छ।
'कसैको सिफारिस बिना राष्ट्रपतिबाट संविधानबमोजिम सम्पादन भएको कामकारबाही र निर्णय अदालतबाट बदर हुन सक्दैन र अमुक व्यक्तिलाई प्रधानमन्त्री नियुक्ति गर्नु भनि परमादेश जारी हुन सक्दैन,' राष्ट्रपति कार्यालयको लिखित जवाफमा उल्लेख छ। राष्ट्रपतिले संविधानले दिएको जिम्मेवारी पूरा गर्दा मुद्दा नलाग्ने कानुन राष्ट्रपति कार्यालयले लिखित जवाफमा उल्लेख गरेको छ।
राष्ट्रपतिलाई संविधानले सुम्पिएको जिम्मेवारी पूरा गर्ने सिलसिलामा आफ्नो पदीय हैसियतले सम्पादन गरेका काम कारबाहीको विषयमा मुद्दा नचलाइने व्यवस्था राष्ट...









