२०८३ बैशाख १८

Author: Senior Editor Nima

सामाजिक सुरक्षा कोष र वित्तीय क्षेत्रबीच किन भइरहन्छ विवाद ?

सामाजिक सुरक्षा कोष र वित्तीय क्षेत्रबीच किन भइरहन्छ विवाद ?

देश, समाचार
काठमाडौं । जब–जब सामाजिक सुरक्षा कोषमा आबद्ध हुने संस्थाले छुट सुविधा पाउने समयावधि समाप्त हुँदै जान्छ, तब बैंकिङ क्षेत्र र सामाजिक सुरक्षा कोषका बीचमा विवाद पनि बढ्दै जान्छ । सामाजिक सुरक्षा कोषले बैंक तथा वित्तीय संस्थालाई कोषमा सूचीकरणका लागि दबाब दिएको भन्दै बैंक तथा वित्तीय संस्थाका कर्मचारी संघहरुले विरोध जनाएका छन् । कोषले सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध नभएका बैंक तथा वित्तीय संस्थासहित अन्य रोजगारदाता संस्थामा आबद्ध कर्मचारीको मृत्यु भएपछि उनीहरुको परिवारबाट उजुरी लिएर धमाधम आधारमा आश्रित परिवार सुविधा योजनाअन्तर्गतको पेन्सन रकम भुक्तानी गर्न बैंकहरूलाई निर्देशन दिइरहेको छ । कोषको उक्त ‘एक्सन’पछि अहिले बैंक तथा वित्तीय संस्थाका कर्मचारीमा तरंग पैदा भएको छ । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले पनि सामाजिक सुरक्षा कोषलाई पत्राचार गर्दै पहिलेदेखि नै ...
दुई सेटले पछि परेको स्थिति उल्टाउँदै जोकोभिचले जिते फ्रेञ्च ओपन

दुई सेटले पछि परेको स्थिति उल्टाउँदै जोकोभिचले जिते फ्रेञ्च ओपन

खेलकुद
नोभाक जोकोभिचले वर्षको फ्रेञ्च ओपन टेनिसअन्तर्गत पुरुष एकलको उपाधि जितेका छन्। सुरुवाती दुई सेट गुमाएको स्थिति उल्टाउँदै जोकोभिचले उपाधि जितेका हुन्।  Advertisement करिअरको १९औं ग्रान्डस्लाम जित्ने क्रममा उनले ग्रिसका स्टेफानोस सिसेपसलाई ३-२ ले पराजित गरे।  विश्व नम्बर एक सर्वियन टेनिस स्टार जोकोभिकले पहिलो दुई सेट ६-७ (६-८) र २-६ ले गुमाएका थिए।  त्यसपछिका तीन सेटमा जोकोभिचले ६-३, ६-४ र ६-४ को जित निकाल्दै उपाधि जिते।  जितसँगै जोकोभिच राफायल नाडाल र रोजर फेडेररले जितेको उपाधिसँग बराबरी गर्न एक उपाधि टाढा छन्। नाडाल र फेडेररले करिअरमा २०-२० उपाधि जितेका छन्। ...
पढाउन डोल्पा पुगेपछि बदलिएको मोइन उद्दिनको जीवन

पढाउन डोल्पा पुगेपछि बदलिएको मोइन उद्दिनको जीवन

SYM शुद्ध सकारात्मकता, शिक्षा, समाचार
टिच फर नेपाल (टिएफएन) मा लागेपछि नै हो, मोइन उद्दिनको जीवन स्थिर भएको। त्यसअघि उनले कहिले रेडियोमा काम गरे, कहिले पत्रपत्रिकामा। विभिन्न संस्थादेखि विभिन्न व्यापारमा समेत हात हाले। टिच फर नेपालमा आएपछि भने उनी सोच्न थालेका छन्, 'अब जे गर्ने, शिक्षामै गर्ने हो।' उनले पहिलोचोटि टिएफएनअन्तर्गत सिन्धुपाल्चोक, तालमाराङको श्री तेर्से माध्यामिक विद्यालयमा दुई वर्ष स्वयंसेवकका रूपमा पढाए। अहिले 'एक्सन डोल्पो' भन्ने संस्थामार्फत् उपल्लो डोल्पाको धो तारापस्थित क्रिस्टल माउन्टेन स्कुलमा पढाइरहेका छन्। Advertisement काठमाडौंमा जन्मे-हुर्केका मोइनले सिन्धुपाल्चोकमा काम गर्दा पहाडको जनजीवन र तामाङ समुदायलाई नजिकबाट बुझ्ने मौका पाएका थिए। त्यसपछिको खाली समय घरमै बसिरहँदा डोल्पामा पढाउने आवेदन देखे। पहाडी जीवनको अनुभव त छँदै थियो, हिमाल...
काठमाडौं उपत्यकाभित्र थपियो एक साता निषेधाज्ञा, के-के खुल्छ?

काठमाडौं उपत्यकाभित्र थपियो एक साता निषेधाज्ञा, के-के खुल्छ?

देश, समाचार
काठमाडौं उपत्यकामा एक साताका लागि निषेधाज्ञा थप गरिएको छ।  आइतबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले उपत्यकामा असार ७ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन्।  भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार साबिकको भन्दा आइतबार थप गरिएको निषेधाज्ञा केही खुकुलो बनाइएको छ।  अब खाद्यान्न, तरकारी, किराना पसल, फलफूल र पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न दिइने छ। विकास निर्माणका काममा आवश्यक पर्ने पसल (हार्डवेयर)लाई बेलुका चार बजेदेखि खुल्न दिने निर्णय भएको छ।  Advertisement ‘पहिले खाद्यान्न, किराना, तरकारी पसल, फलफूल पसललाई बिहान ९ बजेसम्म मात्र खोल्न दिइने निर्णय भएको थियो, अब ती पसल ११ बजेसम्म खोल्न दिने निर्णय भएको छ,’ भट्टराईले भने, ‘यसमा पुस्तक पसललाई पनि थप गरिएको छ।’ ...
काठमाडौं महानगरले ६० देखि ६१ वर्ष उमेर समूहलाई सोमबार र मंगलबार खोप लगाउने

काठमाडौं महानगरले ६० देखि ६१ वर्ष उमेर समूहलाई सोमबार र मंगलबार खोप लगाउने

समाचार, स्वास्थ्य
काठमाडौं महानगरपालिकाले ६० देखि ६१ वर्ष उमेर समूहकालाई कोरोनाविरूद्ध खोप लगाउने भएको छ। Advertisement भेरोसेल खोपको पहिलो मात्रा जेठ ३१ गते र असार १ गते लगाइने भएको छ। यसअघि जेठ २८ र २९ मा ६० देखि ६१ वर्ष उमेर समूहलाई खोप लगाउने भनिएको थियो। खोप अभावपछि उक्त कार्यक्रम स्थगित गरिएकोमा अब सुरू गर्न लागिएको हो। वीर अस्पताल, शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्पताल छाउनी, निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरमा गएर खोप लगाउन सकिन्छ। बिहान १० बजेदेखि अपरान्ह ४ बजेभित्र खोप लगाउन सकिन्छ। ...
युरो कपमा आज तीन खेल हुँदै

युरो कपमा आज तीन खेल हुँदै

खेलकुद
युइएफए युरो २०२० अन्तर्गत आज तीन खेल हुँदैछ।  पहिलो खेलमा इंग्ल्यान्ड र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ। समूह 'डी' अन्तर्गतको खेल साँझ ६:४५ बजे लन्डनमा हुनेछ।  Advertisement युरो कपमा इंग्ल्यान्ड र क्रोएसियाबीच अहिलेसम्म तीन खेल भएको छ। जसमा क्रोएसिया २ खेलमा विजयी भएको छ भने इंग्ल्यान्डले १ खेलमा जित हात पारेको छ।  दोस्रो खेलमा राति अस्ट्रिया र नर्थ म्यासेडोनियाबीच प्रतिस्पर्धा हुनेछ। समूह 'सी' अन्तर्गतको खेल रोमानियाको राजधानी बुचारेस्टमा राति ९:४५ बजे सुरू हुनेछ। म्यासेडोनिया पहिलो पटक युरो कपमा छनोट भएको हो। दुई देशबीच भएका दुई प्रतिस्पर्धामा दुवै खेलमा अस्ट्रिया विजयी भएको छ। समूह 'सी' कै अर्को खेलमा नेदरल्यान्ड्स र युक्रेनबीच खेल हुँदैछ। खेल आम्स्टर्डममा राति १२:४५ बजे सुरू हुनेछ। अघिल्लो युरो कप र विश्वकपमा छनोट हुन नसक...
लाखौं मूल्यको तरकारी बारीमै कुहियो, उनले  बिषादी छर्केर बोट नै मारिदिए

लाखौं मूल्यको तरकारी बारीमै कुहियो, उनले बिषादी छर्केर बोट नै मारिदिए

देश, समाचार
दाङ नारायणपुरको चारबगियामा महेन्द्र खड्काले दश बिघा जग्गामा तरकारी खेती गर्दै आएका छन्। खड्काले व्यवसायिक तरकारी खेती गर्न थालेको तीन वर्ष भइसक्यो। उनले तरकारी लगाएको जग्गा उच्च मावि नारायणपुरको हो। भाडामा लिएर उनले तरकारी खेती गर्दै आएका छन्। यो सिजनमा खड्काले दशमध्ये चार बिघामा टमाटर, झन्डै एक बिघामा क्रांका, दुई बिघा भेडे खुर्सानी र बचेको जग्गामा बोडी, पिरो खुर्सानीलगायत तरकारी रोपेका थिए। Advertisement जब उनको उत्पादन बजार पठाउनका लागि तयार हुँदै थियो, त्यही समयमा कोरोनाभाइरस महामारीको दोस्रो लहर सुरू भयो। बाँके कोरोनाको हटस्पट बने पनि दाङमा निषेधाज्ञा सुरू भइसकेको थिएन। त्यही बीचमा उनले झन्डै २० लाख जतिको तरकारी बेच्न भ्याए। दाङमा पनि वैशाख १७ गतेदेखि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्‍यो। कोरोनाको दोस्रो लहरले धेरै मानिसको ज्यान ल...
यस्तो छ कांग्रेस महाधिवेशनको प्रस्तावित कार्यतालिका

यस्तो छ कांग्रेस महाधिवेशनको प्रस्तावित कार्यतालिका

देश, राजनीति
नेपाली कांग्रेसले १४ औं महाधिवेशन एक साता पर धकेल्ने प्रस्ताव केन्द्रीय समितिमा लैजाने भएको छ। सभापति शेरबहादुर देउवाको निवासमा शनिबार बसेको पदाधिकारी बैठकले भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरेको छ। यो प्रस्तावबारे छलफल गर्न कांग्रेसले बिहीबारका लागि केन्द्रीय समिति बैठक बोलाएको छ। सम्भवत उक्त बैठकले यो प्रस्ताव अनुमोदन गर्नेछ। कांग्रेसले कोरोना महामारीले क्रियाशील सदस्ता वितरण तथा नवीकरणका काम नसकिनुलाई समयमै महाधिवेशन गर्न कठिनाइ हुने निष्कर्ष निकालेको छ। Advertisement तर कांग्रेसलाई भदौभित्रै महाधिवेशन गर्नुपर्ने बाध्यता छ। नियमित कार्यकाल चार वर्ष सकेर सभापति देउवाले डेढ वर्ष कार्यकाल थपेका थिए जुन भदौमा सकिँदैछ। कांग्रेसले कोरोना महामारीबीच नै महाधिवेशन गर्ने तयारी गरेको छ। असार २० गतेभित्र क्रियाशील बारेका बिबाद हेरेर...
जसले खाटमै पल्टिएर व्यवसाय चलाए, करोडौंको सम्पत्ति कमाए

जसले खाटमै पल्टिएर व्यवसाय चलाए, करोडौंको सम्पत्ति कमाए

SYM शुद्ध सकारात्मकता, अर्थतन्त्र, नेपाली ब्रान्ड
पूर्व-पश्चिम राजमार्गअन्तर्गत चितवनको खुरखुरेबाट करिब तीन किलोमिटर उत्तरतर्फ लागेपछि ग्रुप थ्री भन्ने गाउँ पुगिन्छ। नेपाली सेनाको ग्रुप थ्री ब्यारेक बसेका कारण यो ठाउँको नामै त्यही रह्यो। वरपर सेनाबाट निवृत्त भएकाको बाक्लै बसोबास छ, त्यो क्षेत्रमा। राप्ती नगरपालिका र कालिका नगरपालिकाका पहाडी गाउँ जाने सडकको छेउमा एउटा होलसेल किराना पसल छ ‘नविन किराना’। २ तल्लाको १२ कोठे घरको एक छेउमा रहेको यो पसल प्रायः व्यस्त देखिन्छ। लकडाउनको समयमा पसल खोल्न समय निर्धारण गरिएका कारण निर्धारित समयमा यहाँका कामदारलाई भ्याइनभ्याई हुन्छ। Advertisement पसलसँगै जोडिएको कोठामा एक अधवैशे पुरुष घोप्टो परेर पल्टिएका छन्। अस्पतालमा राखिने शैया जस्तै पांग्रा लगाइएको खाटमा लम्पसार परेको उनको शरीरलाई पेटले टेको दिएको छ। उनको छातीदेखि माथिको भाग भने निकै सक्रिय छ। तर उन...
गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त

देश, राजनीति
२९ जेठ, पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डी आचार्यले पोखरेलले जानकारी दिए । Advertisement मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका थिए । नेकपा एमाले संसदीय दलका नेता एवं कामचलाउ सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पनि दाबी पेश गरेका थिए । गुरुङले जनता समाजवादी पार्टी (जसपा)को प्रदेश कमिटी र प्रदेशसभा सदस्यबाट पदमुक्त भइसकेका राष्ट्रिय जनेमार्चाका कृष्ण थापाको समर्थनमा दाबी पेश गरेपछि विपक्षी गठबन्धनका सांसदहरुले प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएका थिए...