२०८३ बैशाख १८

Author: Senior Editor Nima

युरो २०२० : पोर्चुगल र जर्मनी भिड्दै, फ्रान्सलाई हंगेरीको चुनौती

युरो २०२० : पोर्चुगल र जर्मनी भिड्दै, फ्रान्सलाई हंगेरीको चुनौती

खेलकुद
युरो २०२० अन्तर्गत आजको पहिलो खेलमा हंगेरी र फ्रान्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल हंगेरीको राजधानी बुडापेस्टमा साँझ ६:४५ बजे सुरू हुनेछ। पहिलो खेलमा जर्मनीलाई पराजित गरेको फ्रान्स समूह 'एफ' मा ६ अंक जोडेर अन्तिम खेलअघि अन्तिम १६ मा पुग्न चाहान्छ। Advertisement घरेलु टिम हंगेरीका लागि आजको खेल महत्वपूर्ण छ। किनभने पहिलो खेलमा पोर्चुगलसँग पराजित भएको हंगेरीका लागि अन्तिम १६ मा पुग्न आजको खेलमा अंक जोड्नु पर्ने दबाब छ। दुई टिमबीच बुडापेस्टमा ८ खेल भएको छ। पछिल्लो पटक १९९० मा भएको मैत्रीपूर्ण खेलमा फ्रान्सले ३-१ ले जित हात पारेको छ। बाँकी ६ खेलमा हंगेरीले आफ्नो राजधानीमा जित हात पारेको छ। एक खेल भने बराबरीमा सकिएको छ। हंगेरीले सन् १९२७ मा बुडापेस्टमा भएको खेलमा फ्रान्सलाई १३-१ ले पराजित गरेको थियो।  आजको दोस्रो खेलमा पोर्चुगल र ज...
चाँगुनारायण र मध्यपुरद्वारा मेलम्ची र हेलम्बुलाई सहयोग

चाँगुनारायण र मध्यपुरद्वारा मेलम्ची र हेलम्बुलाई सहयोग

देश, समाचार
भक्तपुर । चाँगुनारायण र मध्यपुरथिमि नगरपालिकाले बाढी र डुवानबाट प्रभावितको उद्धार तथा राहतका लागि सिन्धुपाल्चोकका मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई आर्थिक सहयोग प्रदान गरेका छन् ।  Advertisement चाँगुनारायण नगरपालिकाको शुक्रबार बसेको कार्यपालिका बैठकले मेलम्ची नगरपालिकालाई रु १० लाख र हेलम्बु गाउँपालिकालाई रु पाँच लाख दिने निर्णय गरेको नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए । नगरप्रमुख मिश्र र उपप्रमुख बिना बास्तोलाको टोली आजै मेचम्ची गएको छ ।  त्यसैगरी मध्यपुरथिमि नगरपालिकाले पनि मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई रु २२ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । नगरपालिकाको शुक्रबार बसेको कार्यपालिका बैठकले विपद्मा परेको दुई पालिकाका नागरिकको उद्घार र राहत वितरणमा टेवा पुरयाउन रकम दिने निर्णय गरेको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जा...
पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा सुधार हुँदै

पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा सुधार हुँदै

समाचार, स्वास्थ्य
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार आएको छ। खनालको ज्वरो कम हुँदै गएको छ। Advertisement ‘उहाँको स्वास्थ्य अवस्थामा सुधार आएको छ। लगातार आईरहेको ज्वरो रोकिएको छ । स्वास्थ्य स्थितिमा सुधार भैरहेको जानकारी प्राप्त भएको छ, एमाले नेता सुरेन्द्र पाण्डेले भने। उनको चिकित्सकको उच्च निगरानीमा राखेर उपचार भइरहेको छ ।’ खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार खनालको स्वास्थ्य अवस्था ठीक छ। ‘भर्खरै मात्र दिल्लीस्थित अपोलो अस्पतालमा मेरो निर्भीक खनालसँग कुराकानी भएको छ। स्वास्थ्य अवस्था ठीक छ’, उनले भनेका छन्, ‘स्वास्थ्यमा सुधार आएको छ । ज्वरो नियन्त्रणमा आएको छ । चिकित्सकको उच्च निगरानीमा उपचार भइरहेको छ।’ नेता खनालको दिल्लीको एपोलो अस्पतालमा उपचार भइरहेको छ । एक हप्ताभन्दा बढी ज्वरो आएपछि थापाथल...
यस वर्षकाे विश्व योग दिवस भर्चुअल रूपमा मनाइने

यस वर्षकाे विश्व योग दिवस भर्चुअल रूपमा मनाइने

समाचार, स्वास्थ्य
काठमाडौं । कोभिड–१९ को जोखिम कायमै रहेकाले यस वर्षको विश्व योग दिवसको मूल समारोह समितिको कार्यक्रम भर्चुअल रूपमा हुने भएको छ । राष्ट्रियस्तरमा दिवस मनाउन नेपाल मन्त्रिपरिषद्को यही जेठ २६ गतेको निर्णयानुसार शिक्षा, विज्ञान र प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । Advertisement संयुक्त राष्ट्रसंघको महासभाबाट सन् २०१४ डिसेम्वर ११ मा पारित प्रस्ताव अनुसार सन् २०१५ देखि प्रत्येक वर्ष जुन २१ (असार ७ गते) लाई विश्व योग दिवसका रुपमा मनाइन्छ ।  मूल समारोह समितिको यही असार १ गते भर्चुअल रूपमा सम्पन्न मूल बैठकले दिवसलाई प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आतिथ्यतामा भर्चुअल माध्यमबाट गर्ने तथा अन्य शिक्षण संस्था र संस्थालाई परिस्थिति हेरी भर्चुअल वा उपयुक्त खालका कार्यक्रम गर्न आग्रह गर्ने निर्णय गरेको शिक्षा मन्...
राष्ट्रपतिद्वारा गृहमन्त्रीसहित चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल

राष्ट्रपतिद्वारा गृहमन्त्रीसहित चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल

देश, राजनीति
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गृहमन्त्रीसहित चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेकी छन् । Advertisement शुक्रबार अपराह्न राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति भण्डारीले गृहमन्त्री खगराज अधिकारीसहित नेपाली सेनाका प्रधानसेनापति पुर्णचन्द्र थापा, नेपाल प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारसँग छलफल गरेको स्रोतले जनाएको छ । स्रोतकाअनुसार उनीहरूबीच अपराह्न ४ः१० बजेदेखि साढे ५ बजेसम्म छलफल भएको हो । भेटमा के विषयमा छलफल भयो भन्नेबारे खुलाइएको छैन ।  ...
युरो २०२० : पत्रकार सम्मेलनका दौरान पेय पदार्थको बोतल हटाए जरिवाना गर्ने चेतावनी

युरो २०२० : पत्रकार सम्मेलनका दौरान पेय पदार्थको बोतल हटाए जरिवाना गर्ने चेतावनी

खेलकुद
युरो २०२० मा सहभागी टिमका खेलाडीले पत्रकार सम्मेलनका दौरान पेय पदार्थको बोतल हटाए जरिवाना गर्ने युरोपियन फुटबल महासंघ (युइएफए) ले चेतावनी दिएको छ।  Advertisement गत सोमबार पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले पत्रकार सम्मेलनका दौरान टेबलमा राखिएका दुई कोकाकोलाको बोतल हटाएका थिए। उनले कोकाकोलाको बोतल हटाएर पानीको बोलत देखाएका थिए। मंगलबार फ्रान्सका मिडफिल्डर पाउल पोग्बाले पनि बियरको बोतल आफू अगाडिको टेबलबाट हटाएका थिए।  जर्मनीविरुद्धको खेलमा प्लेयर अफ दि म्याच भएपछि पत्रकार सम्मेलनमा उपस्थित भएका पोग्बाले हाइनीकेन बियरको बोतल टेबलबाट हटाएका थिए। बुधबार इटालीका म्यानुयल लोकाटेलीले पनि कोकाकोलाको बोलत हटाएर पानीको बोलत आफू अघि राखेका थिए।  खेलाडीहरूले मुख्य प्रायोजकको बोलत पत्रकार सम्मेलनका दौरान हटाएपछि युइएफले जरिवान...
पार्टी आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा उपेन्द्र यादव

पार्टी आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा उपेन्द्र यादव

देश, राजनीति
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टी आधिकारिकता दाबी गरेका छन्। शुक्रबार निर्वाचन आयोग पुगेका अध्यक्ष यादवसहित नेताले जसपाको वैधानिकता दाबी गरेका छन्। बिहीबार बसेको जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठकको निर्णयसहित यादव आयोग पुगेका हुन्। Advertisement यसअघि यादवले पार्टी आधिकारिकता दाबी गर्दै अर्का अध्यक्ष महन्थ ठाकुरलगायतलाई कारवाही गरेका थिए। साथै ठाकुरले पनि यादवलाई कारवाही गरेका थिए। दुबै पक्षले जसपा आधिकारिकता दाबी गरेका थिए। एकअर्कालाई गरेको कारवाही भने आयोगले कार्यान्वयन गर्न नसकिने जवाफ दिएको थियो। आयोगको उक्त जवाफबारे राजनीतिक र कानुनी लडाइँ लड्ने यादवले बताएका थिए। जसपाभित्र पछिल्लो समय अध्यक्षद्वय ठाकुर र यादवबीच बिबाद छ। ठाकुर पक्ष प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा गएको छ भने यादव पक्ष नेपाली कांग्रेस...
टेस्ट च्याम्पियनसिपको फाइनल खेल आजबाट

टेस्ट च्याम्पियनसिपको फाइनल खेल आजबाट

खेलकुद
काठमाडौं । विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल आजबाट सुरु हुँदै छ । आईसीसी विश्व टेस्ट च्याम्पियनसिपअन्तर्गत आज भारत र न्युजिल्यान्डले प्रतिस्पर्धा गर्दै छन् । Advertisement साउथह्याम्पटनमा हुने फाइनल टेस्ट नेपाली समयानुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ । दुवै टोलीको लक्ष्य पहिलो संस्करणको उपाधि उचाल्ने हुनेछ । करिब दुई वर्षसम्म टिमहरुले टेस्ट क्रिकेट खेल्दा भारत शीर्ष स्थानमा र न्युजिल्यान्ड दोस्रो स्थानमा रहँदै फाइनलका लागि प्रतिस्पर्धा गर्न लागेका हुन् । विराट कोहलीको कप्तानीमा मैदानमा उत्रने भारतलाई सहज जितको अपेक्षा हुनेछ । केन विलियम्सनको कप्तानीमा उत्रने न्युजिल्यान्ड भारतलाई सहजै हराउने योजनामा छ । दुई टोलीबीचको पछिल्लो पाँच टेस्टमा भारत बलियो देखिएको छ । भारतले तीन खेल जित्दा न्युजिल्यान्डले दुई खेल जितेको छ । टेस्ट च्याम्पियनसिपका ल...
एकै दिन १९ अर्बको सेयर कारोबारले बढाएको जोखिम

एकै दिन १९ अर्बको सेयर कारोबारले बढाएको जोखिम

अर्थतन्त्र, शेयर बजार
गत साता एकै दिन नेपाल स्टक एक्स्चेन्जमा करिब १९ अर्ब रुपैयाँ बराबरको सेयर किनबेच भयो । नेपालको अर्थतन्त्रमा एकै दिन १९ अर्ब रुपैयाँको सेयर कारोबार हुनु सानो होइन ।  हालै सार्वजनिक तथ्यांकअनुसार वाणिज्य बैंकले ९० अर्ब रुपैयाँभन्दा बढी रकम सेयर बजारमा ऋणका रुपमा लगानी गरेका छन् । अन्य वित्तीय संस्था र सहकारीबाट पनि ठूलो रकम सेयर बजारमा आएको छ । स्रोत नखुलेको सम्पत्ति पनि सेयर बजारमार्फत भित्रिएको अनुमान छ । जुनरुपमा  सेयर किनबेच भइरहेको छ त्यसले यो देखाउँछ पनि । यस आधारमा तुलनात्मकरुपमा सानो अर्थतन्त्र भए पनि सेयर बजारमा कारोबार ठूलो हुँदै गएको छ ।  यस बजारमा कुनै संकट आयो भने यसले समग्र वित्तीय क्षेत्र नै डाँबाडोल बनाउनेछ । त्यसैले अब सेयर बजारलाई वेवास्ता गरेर जाने अवस्था छैन । सरकार र केन्द्रीय बैंकले सेयर बजारलाई अब हल्कारुपमा लिन हुँदैन । यसलाई केन्द्रम...
राष्ट्रिय फुटबल टिमका खेलाडीले लगाए कोरोनाको खोप

राष्ट्रिय फुटबल टिमका खेलाडीले लगाए कोरोनाको खोप

खेलकुद
राष्ट्रिय फुटबल टिमका खेलाडी तथा अफिसियलले कोरोना भाइरसको खोप लगाएका छन्। बिहीबार कोरोनाका खोप लगाएसँगै खेलाडीहरू घर फर्किएका छन्। Advertisement विश्वकप छनोटका खेल खेलेर स्वदेश फर्किएका खेलाडीहरू घर भने गएका थिएनन्।  खेलाडी तथा अफिसियललाई बिहीबार जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरमा खोप लगाइएको हो।  नेपाली टिम कुवेतमा विश्वकप छनोटका खेल खेलेसँगै गत आइतबार स्वदेश फर्किएको थियो। अन्तिम तीन खेल खेल्न कुवेत पुगेको नेपालले पहिलो खेलमा चाइनिज ताइपेईलाई २-० गोलले पराजित गरेको थियो। दोस्रो खेलमा जोर्डनसँग ३-० ले हारेको नेपालले तेस्रो खेलमा अस्ट्रेलियासँग पनि समान ३-० कै अन्तरमा पराजय भोगेको थियो।  त्यसअघि नेपालले एसियाको पूर्व च्याम्पियन इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो। सो खेलमा नेपालमाथि इराकले ५-२ को हार बेहोरेको ...