२०८३ बैशाख २१

Author: Senior Editor Nima

लेवान्डोस्कीको अर्को रेकर्ड

लेवान्डोस्कीको अर्को रेकर्ड

खेलकुद
जर्मन क्लब वायर्न म्युनिखका पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले अर्को रेकर्ड बनाएका छन्। शनिबार जर्मन बुन्डेस लिगाअन्तर्गत हेर्था बर्लिनविरुद्धको खेलमा ह्याट्रिक गर्दै उनले रेकर्ड बनाएका हुन्। सो खेलमा वायर्न ५-० गोलले विजयी भयो। Advertisement लेवान्डोस्कीले वायर्नमा आफ्नो गोल संख्या ३ सय पुर्‍याएका छन्। गोलसँगै उनले वायर्नका लागि १६ खेलमा लगातार गोल गर्दै रेकर्ड बनाए। उनले सन् १९७० मा गर्ड मुलरले बनाएको रेकर्ड तोडेका हुन्। गर्ड मुलर वायर्नका लागि सर्वाधिक गोलकर्ता हुन्। उनले वार्यनबाट १५ सिजन खेल्दा ५९४ खेलमा ५४७ गोल गरेका थिए।  लेवान्डोस्कीले बुन्डेस लिगामा भने लगातार १३ खेलमा गोल गरेका छन्। यता खेलमा गोल गरेका थोमस मुलरले लगातार १३औं  सिजनमा गोल गरेका छन्।  बुन्डेस लिगामा वायर लिभरकुजेन ३ खेलबाट ७ अंक जोड्दै शीर्ष स्थानम...
आगामी निर्वाचन जित्ने गरी महाधिवेशनले पार्टीलाई नयाँ ऊर्जा दिन्छ: प्रवक्ता शर्मा

आगामी निर्वाचन जित्ने गरी महाधिवेशनले पार्टीलाई नयाँ ऊर्जा दिन्छ: प्रवक्ता शर्मा

देश, राजनीति
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महाधिवेशनबाट पार्टीमा नयाँ ऊर्जा प्राप्त हुने र त्यसले आगामी निर्वाचन जित्न थप सहयोग पुग्ने बताएका छन्। Advertisement मंसिरमा हुने महाधिवेशनबाट निर्वाचन जित्ने गरी नयाँ ऊर्जा लिएर आउनुपर्ने पनि उनले बताए। झापाको दमक नगर समितिको कार्यालयमा शनिबार अगुवा कार्यकर्ता भेटघाटमा प्रवक्ता शर्माले पार्टी महाधिवेशनमा होमिइसकेको बताए। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देशको प्राथमिकता नबुझेकोले सरकारबाट बाहिरिनुपरेको शर्माको भनाइ थियो। कांग्रेसलाई जनताले ५ वर्ष प्रतिपक्षमा बस्न भने पनि सरकार चलाउनुपर्नेले नचलाएपछि देश चलाउने जिम्मेवारी कांग्रेसमा आइपुगेको उनको भनाइ थियो। ‘कांग्रेसलाई जनताले पाँच वर्षको लागि प्रतिपक्षमा बस्ने म्यान्डेट दिएको मैले बारम्बार भन्दै आएको हो तर पनि देश ...
क्रियाशील सदस्यको नाम सार्वजनिक गर्दै जिल्लाहरूमा निर्वाचन अधिकृत खटाउँदै कांग्रेस

क्रियाशील सदस्यको नाम सार्वजनिक गर्दै जिल्लाहरूमा निर्वाचन अधिकृत खटाउँदै कांग्रेस

राजनीति
नेपाली कांग्रेसले क्रियाशील सदस्यको नामावली धमाधम पार्टीको वेबसाइटबाट सार्वजनिक गरिरहेको छ। Advertisement सुरूमा ३८ जिल्लाको नामावली राखेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले अहिले ५३ जिल्लाका क्रियाशील सदस्यको नामावली प्रकाशित गरिसकेको छ। केन्द्रीय निर्वाचन समितिले निर्वाचन निर्देशिका २०७८ को दफा १ (ख) बमोजिम शनिबार थप पाँच जिल्लाको नामावली प्रकाशित गरेको थियो। नुवाकोट, धादिङ, चितवन, ललितपुर र अर्घाखाँचीका क्रियाशील सदस्यको नामावली सार्वजनिक गरिएको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए। उनकाअनुसार क्रियाशील सार्वजनिक भइसकेका जिल्लामा निर्वाचन अधिकृत पनि खटाइसकिएको छ। निर्वाचन अधिकृत जिल्ला जाँदा क्रियाशील सदस्यको सूचीसमेत लैजान्छन्। कांग्रेसले यही भदौ १८ गते देशैभर वडा अधिवेशन गर्ने बताएको छ। छ हजार सात सय ४३ ...
बढ्न थाले मौसमी फ्लुका बिरामी, कोरोना हो कि मौसमी फ्लु भनेर कसरी थाहा पाउने?

बढ्न थाले मौसमी फ्लुका बिरामी, कोरोना हो कि मौसमी फ्लु भनेर कसरी थाहा पाउने?

समाचार, स्वास्थ्य
नेपालमा अहिले गर्मी सिजन सकिएर बिस्तारै हिउँद सुरू हुँदै गर्दा मौसमी फ्लुका बिरामी बढ्न थालेको चिकित्सकहरू बताउँछन्। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुनले पछिल्लो साता मौसमी फ्लुका बिरामी बढ्न थालेको बताए।  Advertisement 'अब सिजन परिवर्तन हुँदै गर्दा मौसमी ज्वरो र रुघाखोकीका बिरामी पनि बढ्न थालेका छन्। काठमाडौंभन्दा पनि बाहिरका जिल्लामा झन् धेरै बिरामी देखिएको भन्ने सुनेको छु,' उनले भने।  डा. पुनका अनुसार मौसमी फ्लुले समात्दा ज्वरो आउने, घाँटी दुख्ने, जीउ दुख्ने र खोकी लाग्ने गर्छ। त्यसैले यस्ता लक्षण देखिनसाथ मौसमी फ्लु भएको भनेर सम्झिनुपर्ने उनको भनाइ छ।  तर यी लक्षण कोरोनासँग मिल्दोजुल्दो भएकालाई धेरैलाई मौसमी फ्लु र कोरोना भएको छुट्याउन गाह्रो पर्ने डा. पुन बताउँछन्। ...
बाढीपहिरो पीडितलाई तत्काल उद्धार, राहत र बसोबासको व्यवस्था मिलाउन गृहमन्त्री खाणको निर्देशन

बाढीपहिरो पीडितलाई तत्काल उद्धार, राहत र बसोबासको व्यवस्था मिलाउन गृहमन्त्री खाणको निर्देशन

राजनीति
बाढीपहिरो प्रभावितलाई तत्काल उद्धार गरी राहत तथा बसोबासको व्यवस्था मिलाउन गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिएका छन्। आज मन्त्रालयमा विपद व्यवस्थापन सम्बन्धी बैठकमा गृहमन्त्री खाणले अविरल वर्षापछि बाढी पहिरोबाट पीडित भएकाहरूलाई सहयोग गर्न निर्देशन दिएका हुन्। Advertisement बाढीपहिरोले बस्ती नै स्थानान्तरण गर्नुपर्ने अवस्था देखिए सोअनुसार काम गर्न पनि सम्बन्धित निकायलाई गृहमन्त्री खाणले निर्देशन दिएका छन्। बाढीले पुलहरूसमेत क्षति पुर्‍याएकोले वैकल्पिक व्यवस्था गर्न पनि गृहमन्त्री खाणको निर्देशन छ। ‘अवरूद्ध सडक खुलाउन डाइभर्सन बनाउने, पुल भासिएका छन् भने बेलिबृज निर्माण गर्न जनशक्ति परिचालन गर्नुपर्छ,’ खाणले भने। गृहसचिव टेकनारायण पाण्डेले ‘विपदमा परेकालाई सुरक्षित स्थानमा ल्याउने, अस्थायी बसोबास निर्माण गर्ने कार्य एकीकृत रूपमा समन्वयात्म...
जोर्गिन्होले जिते युइएफए वर्ष खेलाडीको अवार्ड

जोर्गिन्होले जिते युइएफए वर्ष खेलाडीको अवार्ड

खेलकुद
इंग्लिस क्लब चेल्सीका इटालियन मिडफिल्डर जोर्गिन्हो युइएफए मेन्स प्लेयर अफ दिन इयर २०२०-२१ घोषित भएका छन्। Advertisement २९ वर्षीय जोर्गिन्होले चेल्सीका फ्रेन्च खेलाडी एन'गोलो कान्टे र म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डे ब्रुएनलाई पछि पार्दै अवार्ड हात पारेका हुन्। जोर्गिन्होले गत सिजन देशबाट युरो कप र क्लबबाट युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेका थिए। उनले गत सिजन देश र क्लबका लागि ५६ खेल खेल्दा ९ गोल गरेका थिए। चेल्सीका थोमस टुचेलले उत्कृष्ट प्रशिक्षकको अवार्ड हात पारेका छन्। उनको नेतृत्वमा चेल्सीले च्याम्पियन्स लिग जितेको थियो। बार्सिलोनाकी कप्तान अलेक्जिया पुटेलासले महिला खेलाडीको अवार्ड हात पारेका छन्।  ...
पशुपतिसहित विभिन्न मन्दिरका पूजारी ल्याएर निधिले खोले सम्पर्क कार्यालय, बैंक्वेट नै भाडामा

पशुपतिसहित विभिन्न मन्दिरका पूजारी ल्याएर निधिले खोले सम्पर्क कार्यालय, बैंक्वेट नै भाडामा

राजनीति
नेपाली कांग्रेसको सभापतिमा उम्मेदवारी दिने तयारी गरिरहेका उपसभापति विमलेन्द्र निधिले चुनावी अभियानका लागि सम्पर्क कार्यालय खोलेका छन्। शुक्रबार दिउँसो थापागाउँस्थित नयाँ बानेश्वर बैंक्वेटमा निधिले सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन्। बिहान नौ बजेको शुभसाइतमा उनले विभिन्न मन्दिरका पूजारी ल्याएर २१ ताराको पूजा गरेका थिए। Advertisement निधिको सचिवालयका अनुसार  पशुपतिनाथ, जानकी, दक्षिणकाली, बगलामुखी, डोलेश्वरलगायत विभिन्न पवित्र मन्दिरका पूजारी तथा पण्डितबाट पूजा गरिएको थियो। उनलाई विभिन्न ज्योतिष, पञ्चाङ्ग निर्णायक समिति, बौद्ध धर्मका लामा र मुस्लिम धर्मका मौलनाहरूले पनि विजयको आशिर्वाद दिएका थिए। निधिले दिउँसो सम्पर्क कार्यालयको उद्घाटन गरेका छन्।  सम्पर्क कार्यालयमा निधिका समर्थक/शुभेच्छुक नेता/कार्यकर्ताको उपस्थित थिए। न...
कांग्रेसले खटायो ३८ जिल्लामा निर्वाचन अधिकृत, क्रियाशील सदस्यको नाम वेबसाइटमा

कांग्रेसले खटायो ३८ जिल्लामा निर्वाचन अधिकृत, क्रियाशील सदस्यको नाम वेबसाइटमा

देश, राजनीति
नेपाली कांग्रेसले ३८ जिल्लामा निर्वाचन प्रतिनिधि खटाएको छ। भदौ १८ गते वडा अधिवेशन गर्न कांग्रेसको केन्द्रीय निर्वाचन समितिले ३८ जिल्लामा निर्वाचन अधिकृत खटाइसकेको हो। निर्वाचन अधिकृतहरू आजदेखि आफूले जिम्मेवारी पाएको जिल्ला जानेछन्। निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले ३८ जिल्लामा निर्वाचन अधिकृत खटाइएको बताए। ‘३८ जिल्लामा निर्वाचन अधिकृत तोकिइसकेको छ, उहाँहरू अब जिल्लामा जानुहुन्छ,’ उनले भने, ‘बाँकी जिल्लामा पनि हामी एक/दुई दिनमा निर्वाचन अधिकृत खटाउँछौं।’ Advertisement कांग्रेसले अधिकांश ठाउँमा कानुन व्यवसायीहरूलाई निर्वाचन अधिकृत बनाएको छ भने केही ठाउँमा प्राध्यापक र नेपाल शिक्षक संघका प्रतिनिधिलाई पनि जिम्मेवारी दिइएको छ। यादवका अनुसार ३८ जिल्लाको क्रियाशील सदस्यको सूची पनि सार्वजनिक गरिएको छ। पार्टीको वेबसाइटमा गएर सार्वजनि...
काबुल बिस्फोटमा कम्तीमा १३ अमेरिकी सैनिकको मृत्यु, बाइडेनले भने- माफ गर्नेवाला छैनौं

काबुल बिस्फोटमा कम्तीमा १३ अमेरिकी सैनिकको मृत्यु, बाइडेनले भने- माफ गर्नेवाला छैनौं

राजनीति
बिहीबार साँझ अफगानिस्तानको राजधानी काबुलमा रहेको हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलको गेटमा भएका आत्मघाती हमलामा कम्तीमा १३ अमेरिकी सैनिकसहित दर्जनौं मानिसको मृत्यु भएको छ। न्युयोर्क टाइम्सका अनुसार उद्धारका लागि विमानस्थल पुगेका विदेशी नागरिक र विशेष गरी अमेरिकी सैनिकलाई लक्षित गरी भएका यी दुई बिस्फोटमा मृत्यु हुने अमेरिकी सैनिकको संख्या १३ पुगेको हो। Advertisement अगस्ट ३१ मा अफगानिस्तानबाट फिर्ता हुन लागेको अमेरिकी सैनिकले जाँदाजाँदै भोगेको यो वर्षौंपछिको ठूलो मानवीय क्षति हो। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले १३ जना सैनिकको मृत्यु भएको र  १५ जना घाइते भएको जनाएको छ। सन् २०११ को अगस्टमा अमेरिकी सैनिकको एक हेलिकप्टर खसाल्दा ३० सैनिकले ज्यान गुमाएका थिए। त्यसपछि अफगानिस्तानमा कुनै एउटै घटनामा यति धेरै अमेरिकी सैनिकको मृत्यु भएको थ...
नेपालले साफ च्याम्पियनसिपको तयारी कतारमा गर्ने

नेपालले साफ च्याम्पियनसिपको तयारी कतारमा गर्ने

खेलकुद
नेपाली राष्ट्रिय फुटबल टिमले साफ च्याम्पियनसिपको तयारी कतारमा गर्ने भएको छ।  Advertisement नेपाली टिम आगामी भदौ २५ गते अभ्यासका लागि कतार जानेछ। कतारमा २५ सदस्यीय खेलाडीको टिमले अभ्यास गर्नेछ। त्यहाँ १७ दिन बसेपछि नेपाली टिम असोज ११ गते साफ च्याम्पियनसिप खेल्न माल्दिभ्स जानेछ।  त्यसअघि नेपालले दशरथ रंगशालामा भारतसँग आगामी भदौ १७ र २० गते मैत्रीपूर्ण खेल खेल्नेछ। त्यसपछि नेपाली टिम कतार पुग्नेछ।  तेह्रौं संस्करणको दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ) आगामी असोज १५ देखि २७ गतेसम्म माल्दिभ्समा हुने तय छ। नेपाली टिमकिरणकुमार लिम्बू, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु, सुमन अर्याल, दिनेश राजंवशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, सुरज जिउ ठकुरी, सुमन लामा, कमल थापामगर, नितिन थापा, तेज तामाङ, राजन गुरुङ, पुजन उपरकोटी, विश...