२०८३ बैशाख २१

Author: Senior Editor Nima

अफगानिस्तान तालिबानको हातमा छोडेर फर्कियो अमेरिका, अब के होला?

अफगानिस्तान तालिबानको हातमा छोडेर फर्कियो अमेरिका, अब के होला?

राजनीति
सोमबार राति काबुलस्थित हमिद कारजाई विमास्थलमा अमेरिकी सेनाको सी-१७ कार्गो जहाजमा चढ्दै अमेरिकी सेनाका मेजर जनरल क्रिस डोनाहुई। २० वर्ष लामो युद्ध अन्त्य गर्दै अमेरिकी सैनिकले अफगानिस्तान छोडेका छन्। सोमबार राति काबुलस्थित हमिद कारजाई विमानस्थलमा अमेरिकी सेनाको सी-१७ कार्गो जहाजमा अमेरिकी सेनाका मेजर जनरल क्रिस डोनाहुई चढेसँगै अफगान भूमिमा विदेशी फौजको पछिल्लो उपस्थिति सकिएको हो। Advertisement अमेरिकी इतिहासकै सबैभन्दा लामो युद्ध लथालिंग तरिकाले अन्त्य हुँदा एउटा अनौठो संयोग भएको छ। २० वर्षअघि अमेरिकी सैनिकहरू अफगानिस्तान आउँदा काबुलमा मुस्लिम कट्टरवादी समूह तालिबानको सरकार थियो। २० वर्षपछि अमेरिकी सैनिक फर्किँदा पनि अफगानिस्तानलाई तिनै तालिबानको हातमा छोड्नु परेको छ। यो बीचमा अमेरिकाले अफगानिस्तानमा २० खर्ब अमेरिकी डलर खर्च गरेको छ। झन्डै २ हजार ...
नेपालविरूद्ध खेल्न भारतीय टिम काठमाडौंमा

नेपालविरूद्ध खेल्न भारतीय टिम काठमाडौंमा

खेलकुद
नेपालसँगको मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबल टिम काठमाडौं आइपुगेको छ।  भारतीय प्रशिक्षक इगोर स्टिमाकसहितको २५ सदस्यीय टिम नेपाल आइपुगेको हो। काठमाडौं आइपुगेपछि भारतीय टिमका कप्तान सुनील क्षेत्रीले नेपाललाई कठिन प्रतिद्वन्द्वी भन्दै खेलले साफ च्याम्पियनसिपका लागि फाइदा पुग्ने बताए।  Advertisement नेपाल र  भारतबीच यहि  भदौ १७ र २० गते दशरथ रंगशालामा मैत्रीपूर्ण खेल हुँदैछ। खेलमा दर्शकलाई प्रवेश दिने विषयमा मंगलबारसम्ममा निर्णय हुने अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाको भनाइ छ।  एन्फाले खेलमा भ्याक्सिन लगाएका र पिसिआर टेस्टमा नेगेटिभ आएकालाई रंगशालामा प्रवेश दिने प्रस्ताव गरेको छ। साफ च्याम्पियनसिपअघि नेपाल र भारतबीच खेल हुन लागेको हो।  नेपाल र भारतबीच अहिलेसम्म १९ खेल भएको छ। त...
ओली सरकार कम्युनिष्टको नाममा बदनाम थियो: झलनाथ खनाल

ओली सरकार कम्युनिष्टको नाममा बदनाम थियो: झलनाथ खनाल

राजनीति
नेकपा (एकीकृत समाजवादी) का बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकार कम्युनिष्टका नाममा बदनाम सरकार भएको बताएका छन्।  Advertisement झन्डै साढे २ महिनापछि स्वदेश फर्किएका नेता खनालले सोमबार त्रिभुवन विमानस्थलमा आयोजित कार्यक्रममा बोल्दै ओलीले कम्युनिष्ट पार्टीको सरकार ढाले भनेर गोहीको आँशु बगाउन जरूरी नरहेको बताए।  ‘केपी ओलीको सरकार निरंकुश थियो, त्यो ढल्नु भनेको निरंकुश सरकार ढल्नु हो,’ खनालले भने,‘कम्युनिष्ट सरकारका नाममा त्यो बदनाम थियो।’ उनले आफूहरूले पसिना बगाएर बनाएको एमाले पार्टीमा पछिल्लो समय गुटवाद, अहंकारवाद, व्यक्तिवाद हाबी भएको बताए।  ‘त्यसका विरूद्ध हामीले पार्टीभित्रै अन्तरसंघर्ष गर्‍यौं तर त्यो प्रवृत्ति यति जब्बर थियो कि हामीले सकेनौं र विद्रोह गर्‍यौं,’ खनालले भने,‘यो विद्रोह झिल...
स्वदेश फर्किए झलनाथ खनाल, माधव नेपालसहित नेताले विमानस्थलमा गरे स्वागत

स्वदेश फर्किए झलनाथ खनाल, माधव नेपालसहित नेताले विमानस्थलमा गरे स्वागत

राजनीति
नेकपा (एकीकृत समाजवादी) का बरिष्ठ नेता झलनाथ  खनाल झन्डै साढे २ महिनापछि स्वदेश फर्किएका छन्। भारतको नयाँ दिल्लीमा मिर्गौला प्रत्यारोपण गरेका खनाल सोमबार दिउँसो काठमाडौं आइपुगेका हुन्।  Advertisement उनलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्न नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित नेताहरू विमानस्थलमा पुगेका थिए।  खनालले नयाँ पार्टी दर्ताका लागि नयाँदिल्लीबाटै निर्वाचन आयोगमा सनाखत गरेका थिए।  खनाल असार २ गते उपचारका लागि नयाँदिल्ली गएका थिए। ...
सत्ता गठबन्धनको बैठक: मन्त्रिपरिषदलाई चाँडो पूर्णता दिने सहमति

सत्ता गठबन्धनको बैठक: मन्त्रिपरिषदलाई चाँडो पूर्णता दिने सहमति

राजनीति
सत्ता गठबन्धन नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताबीच सरकारलाई चाँडोभन्दा चाँडो पूर्णता दिने सहमति भएको छ। Advertisement प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजकत्वमा प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनका शीर्ष नेताको बैठकमा सो सहमति भएको हो। बैठकमा समसामयिक राजनीतिक विषयको समीक्षा, मूल्यांकन हुनुका साथै गठनबन्धनका शीर्ष नेताहरुले सरकार सञ्चालन सम्बन्धमा प्रधानमन्त्री देउवालाई सुझाव दिएको कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए। बैठकमा कांग्रेसका तर्फबाट प्रधानमन्त्री देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री खड्का, नेता कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता...
जिम्बावेका सिकन्दर राजाले विराटनगरबाट इपिएल खेल्ने

जिम्बावेका सिकन्दर राजाले विराटनगरबाट इपिएल खेल्ने

खेलकुद
जिम्बावेका ब्याट्सम्यान सिकन्दर राजाले एभरेस्ट प्रिमियर लिग (इपिएल) टिम विराटनगर वारियर्सबाट खेल्ने भएका छन्।  Advertisement उनीसँग यो सिजनका लागि सम्झौता भएको विराटनगरले जनाएको छ।  जिम्बावेका लागि १०५ एकदिवसीय, १७ टेस्ट र ४२ टी२० खेलेका उनीसँग पाकिस्तान सुपर लिग र क्यारेबियन प्रिमियर लिग खेलेको अनुभव पनि छ।  चौंथो संस्करणको इपिएल क्रिकेट आगामी असोज ९ देखि असोज २३ गतेसम्म सञ्चालन हुने तय छ।  प्रतियोगितामा विभिन्न ६ शहरका फ्रेन्चाइज टोलीले सहभागिता जनाउने छन्।  जसमा साविक विजेता ललितपुरसँगै काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारियर्स रहेका छन्। ...
हाम्रा विविध मौलिक संस्कृतिका आ–आफ्नै महत्व र मूल्य छन्: प्रधानमन्त्री

हाम्रा विविध मौलिक संस्कृतिका आ–आफ्नै महत्व र मूल्य छन्: प्रधानमन्त्री

राजनीति
प्रधानमन्त्री शेरबहादुर देउवाले हाम्रा विविध मौलिक संस्कृतिका आ–आफ्नै महत्व र मूल्य भएको बताएका छन्। Advertisement श्रीकृष्ण जन्माष्टमी तथा सुदूरपश्चिम र कर्णाली प्रदेशमा मनाइने धार्मिक र सांस्कृतिक महत्वको गौरा पर्वका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्रीले नेपालका मौलिक पर्वले विभिन्न जातजाति, क्षेत्र र समुदायलाई एकसूत्रमा बाँध्दै आएको उल्लेख गरेका छन्। श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धिसँगै धार्मिक सहिष्णुता, सद्भाव र भाइचारका लागि प्रधानमन्त्रीले शुभकामना व्यक्त गरेका छन्। ‘श्रीकृष्ण जन्माष्टमी तथा गौरा पर्वले राष्ट्रिय एकताको भावना थप प्रबल होस् भन्ने सबैमा शुभकामना व्यक्त गर्दछु,’ प्रधानमन्त्रीले सन्देशमा भनेका छन्। ...
आरसी ३२ लगातार दोस्रो जित निकाल्दै सी डिभिजन छनोटको दोस्रो चरणमा

आरसी ३२ लगातार दोस्रो जित निकाल्दै सी डिभिजन छनोटको दोस्रो चरणमा

खेलकुद
आरसी ३२ लगातार दोस्रो जित निकाल्दै सहिद स्मारक सी डिभिजन लिग छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ।  Advertisement आरसीले आइतबार भएको समूह 'सी' को दोस्रो खेलमा बनेपा व्याइज क्लबलाई १-० गोलले पराजित गर्‍यो। आरसीको जितमा बबिन बोहराले दोस्रो हाफमा गरेको गोल निर्णायक बन्यो। यसअघि पहिलो खेलमा आरसीले भारसिटी फुटबल क्लबलाई ८-० गोलले पराजित गरेको थियो।  तीन टिम रहेको समूहबाट शीर्ष एक टिम दोस्रो चरणमा पुग्ने प्रावधानअनुसार आरसीले दोस्रो चरणमा स्थान बनाएको हो।  अब आरसिटीले दोस्रो चरणको पहिलो खेलमा समूह 'एच' को विजेतासँग प्रतिस्पर्धा गर्नेछ। सो खेल असोज १७ गते हुनेछ। दोस्रो चरणमा तीन समूहमा प्रतिस्पर्धा हुनेछ। प्रत्येक समूहका विजेता तीन टिम सी डिभिजनमा बढुवा हुनेछन्। ...
माधवकुमार नेपालले भने- तत्काल कुनै पनि पार्टीसँग एकता गर्दैनौं

माधवकुमार नेपालले भने- तत्काल कुनै पनि पार्टीसँग एकता गर्दैनौं

राजनीति
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूहरूले कुनै पार्टीसँग एकता नगर्ने बताएका छन्। आइतबार पार्टीको संसदीय दलको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादी पार्टीले अहिले कुनै पार्टीसँग एकता नगर्ने बताएका हुन्। Advertisement सञ्चारमाध्यममा एकीकृत समाजवादी पार्टीले अन्य पार्टीसँग एकता गर्न लागेको, अरूको पार्टीमा गएर बिलिन हुन लागेको भन्ने प्रचार भइरहेको भन्दै उनले त्यस्तो प्रचारमा कुनै सत्यता नभएको उल्लेख गरे। आफ्नो पार्टीको तल्लो तहसम्म पार्टीका कमिटीहरू विद्यमान रहेको भन्दै उनले पार्टी एकता नहुने स्पष्ट पारे। ‘अहिले नै हामी अरू कुनै पार्टीसँग एकता गर्न गइरहेका छैनौं। पार्टी एकता हुने छैन। यो पनि प्रष्ट पार्न चाहन्छु। यही सन्देश जाओस् मिडियाबाट’, उनले भने, ‘कसै-कसैले के भन्ने गर्‍याछन् भने अरूको टाङमुनि छ...
सुशासनबारे शेरधन राईको दाबी महालेखाको प्रतिवेदनमा फेल

सुशासनबारे शेरधन राईको दाबी महालेखाको प्रतिवेदनमा फेल

राजनीति
प्रदेश १ को मुख्यमन्त्रीबाट राजीनामा दिएलगत्तै शेरधन राईले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै भनेका थिए ‘मैले शिर निहुराउनु पर्ने गरी केही पनि कमजोरी गरिनँ।’ शुक्रबार पत्रकार सम्मेलनमा पनि उनले त्यही वाक्य पटक-पटक दोहोर्‍याए। Advertisement ‘अनेकौं बाधा अवरोध थिए तैपनि प्रदेश सरकारको नेतृत्व जसरी गरें, मलाई गौरव छ,' राईको दाबी थियो, ‘मेरो नेतृत्वको सरकारले प्रदेशमा सुशासन कायम गर्न, विकासको जग हाल्न, संघीयताको जग बलियो बनाउन उल्लेख्य काम गरेको छ।’ प्रदेशमा सुशासन कायम गर्न र आर्थिक अनुशासन कायम गर्न सफल भएको भन्ने पूर्वमुख्यमन्त्री राईको दाबी तथ्यहरूको कसीमा फेल खाएको देखिन्छ। प्रदेश सभामा मुख्यमन्त्रीकै दलका सांसद र विपक्षीले सबैभन्दा धेरै आलोचना नै सुशासन कायम गर्न नसकेको भनेर गर्दै आएका थिए। महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनले ...