२०८१ जेष्ठ ६

जोर्गिन्होले जिते युइएफए वर्ष खेलाडीको अवार्ड

इंग्लिस क्लब चेल्सीका इटालियन मिडफिल्डर जोर्गिन्हो युइएफए मेन्स प्लेयर अफ दिन इयर २०२०-२१ घोषित भएका छन्।


Advertisement


२९ वर्षीय जोर्गिन्होले चेल्सीका फ्रेन्च खेलाडी एन’गोलो कान्टे र म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डे ब्रुएनलाई पछि पार्दै अवार्ड हात पारेका हुन्।

जोर्गिन्होले गत सिजन देशबाट युरो कप र क्लबबाट युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेका थिए।

उनले गत सिजन देश र क्लबका लागि ५६ खेल खेल्दा ९ गोल गरेका थिए।

चेल्सीका थोमस टुचेलले उत्कृष्ट प्रशिक्षकको अवार्ड हात पारेका छन्। उनको नेतृत्वमा चेल्सीले च्याम्पियन्स लिग जितेको थियो।

बार्सिलोनाकी कप्तान अलेक्जिया पुटेलासले महिला खेलाडीको अवार्ड हात पारेका छन्। 

Copy link
Powered by Social Snap