२०८३ बैशाख २१

Author: Senior Editor Nima

तेस्रो प्रयासमा मुख्यमन्त्री बने भीम आचार्य, मुस्किल छ टिकिरहन

तेस्रो प्रयासमा मुख्यमन्त्री बने भीम आचार्य, मुस्किल छ टिकिरहन

राजनीति
बिहीबार प्रदेश- १ को मुख्यमन्त्रीको पदभार सम्हाल्दै भीम आचार्य। प्रदेश स्थापना भएदेखि नै मुख्यमन्त्री बन्न निरन्तर प्रयासरत एमाले सचिव भीम आचार्य अन्ततः तेस्रो प्रयासमा सफल बनेका छन्।  बिहीबार मुख्यमन्त्रीको कुर्सीमा आसिन भएका आचार्यको यहाँसम्मको यात्रा भने निकै सकसपूर्ण रह्यो। बिहीबार प्रदेश १ को मुख्यमन्त्रीको सपथ लिएका आचार्यलाई यो अवसर प्राप्त गर्न एमाले विभाजन नै कुर्नुपर्‍यो।  सकसपूर्ण यात्राको ‘फिनिसिङ’ अर्थात् उनको मुख्यमन्त्री नियुक्तिचाहिँ बिजुली गतिमा भयो। बिहीबार बिहान संसदीय दलका बहुमत सदस्यले उनलाई संसदीय दलको नेता चयन गरे। लगत्तै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले उही रफ्तारमा सपथ खुवाए। Advertisement आचार्य र निवर्तमान मुख्यमन्त्री शेरधन राई बिहीबार काठमाडौंबाट विराटनगर आएलगत्तै दलको नेता फेरिएको जानकार...
नेपाल र भारतबीचको खेलको प्रशारण अधिकार २५ लाखमा बिक्री

नेपाल र भारतबीचको खेलको प्रशारण अधिकार २५ लाखमा बिक्री

खेलकुद
अखिल नेपाल फुटबल संघ (एन्फा) ले एडप्याड प्रालिसँग नेपाल र भारतबीचको मैत्रीपूर्ण खेलको प्रशारण र मार्केटिङ अधिकारसम्बन्धि सम्झौता  गरेको छ।  Advertisement एन्फाका महासचिव इन्द्रमान तुलाधनर र एडप्याड प्रवन्ध निर्देशक सुरज गिरीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।  सम्झौता अनुसार एडप्याडले एन्फालाई २५ लाख १० हजार रुपैयाँ प्रदान गर्नेछ।  नेपालले दशरथ रंगशालामा भारतसँग आगामी भदौ १७ र २० गते मैत्रीपूर्ण खेल खेल्नेछ। नेपाली राष्ट्रिय टिम हाल पोखरामा बन्द प्रशिक्षणमा छ।  नेपाली टिमले भारतसँगको दुई मैत्रीपूर्ण खेल र साफ च्याम्पियनसीपको तयारी गरिरहेको हो। ...
एमाले विभाजन: के होला पार्टीको अर्बौंको सम्पत्ति?

एमाले विभाजन: के होला पार्टीको अर्बौंको सम्पत्ति?

राजनीति
बल्खुमा बन्न लागेको एमाले मुख्यालयको डिजाइन। नेकपा (एमाले) विभाजन गरेर माधवकुमार नेपालले आफ्नै नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठन गरपछि एमाले पार्टीको सम्पत्ति के हुन्छ भन्ने प्रश्न उठेको छ। निर्वाचन आयोगमा बुझाएको सम्पत्ति विवरणका आधारमा नेकपा एमाले मुलुककै सबैभन्दा धनी पार्टी हो। एमालेसँग जग्गा, भवन र नगदसहित एक अर्बभन्दा धेरै सम्पत्ति छ। नेपालले पार्टी विभाजन गरेपछि अब एमालेको सम्पत्ति पनि विभाजन हुन्छ कि हुन्न भन्ने प्रश्न खडा भएको छ। नेपाल पक्षले विभाजनपछि सम्पत्तिमा दाबी गर्ने तयारी गरिरहेको छ। माधव नेपाल पक्षका नेता राजेन्द्र पाण्डेले सम्पत्तिमा आफूहरूको पनि हक रहेको बताए। Advertisement 'अहिलेका लागि हाम्रो सम्पत्ति कार्यकर्ता हुन्। घर/सर सम्पत्ति ठूलो होइन', पाण्डेले सेतोपाटीसँग भने, 'कार्यकर्ता २१ दिनभित्र पार्टीमा ल्याउने म्याद छ। त्...
सन्दीपले लगातार दोस्रो सिजन होबार्टबाट बिग ब्यास लिग खेल्ने

सन्दीपले लगातार दोस्रो सिजन होबार्टबाट बिग ब्यास लिग खेल्ने

खेलकुद
नेपाली राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियाको ११औं सिजनको बिग ब्यास लिग (बिबिएल) होबार्ट हुरिकेन्सबाट खेल्ने भएका छन्।  सन्दीप र होबार्टबीच सिजन २०२१-२२ का लागि सम्झौता नवीकरण भएका हो।  Advertisement गत सिजन उनले होबार्टबाट ८ खेल खेल्दा ८ विकेट लिएका थिए। गत सिजन उनको उत्कृष्ट प्रदर्शन २-२४ थियो।  त्यसअघि उनले मेलवर्न स्टार्सबाट बिबिएल खेलका थिए।  २१ वर्षीय स्पिनर सन्दीपले विश्वका विभिन्न फ्रेन्चाइज लिगबाट खेल्दै आएका  छन्।  २०२१ मा भने उनले खासै खेल पाएका छैनन्। इंग्ल्यान्डको टी-२० ब्लास्ट र द हन्ड्रेड उनले भिसाको समस्याको कारण खेल्न पाएनन्। पाकिस्तान सुपर लिग पनि कोरोनाले स्थगित हुँदा उनले खेल्न पाएनन्।   यस्तै क्यारेबियन प्रिमियर लिग पनि उनले राष्ट्रिय टिमको खेल भएका कारण गु...
प्रदेश-१ मा शेरधन राईले राजीनामा दिएर भीम आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी

प्रदेश-१ मा शेरधन राईले राजीनामा दिएर भीम आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी

राजनीति
प्रदेशमा पार्टी विभाजनको क्षति कम गर्ने लक्ष्यसहित नेकपा एमालेले प्रदेश नम्बर १ सरकारको नेतृत्व परिवर्तन गर्ने तयारी गरेको छ। मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएर भीम आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी सुरु भएको हो। यसैका लागि बिहीबार एमाले संसदीय दलको बैठक बोलाइएको छ। ‘अब कोर्स त्यतै अघि बढेको छ,’ एमाले सांसद विमल कार्कीले भने, ‘संसदीय दलको बैठकबाट सम्भवतः यही निर्णय हुनसक्छ।’ उनकाअनुसार मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएलगत्तै दलको बैठकले औपचारिक रुपमा दलको नेता भीम आचार्यलाई बनाउने र आज नै मुख्यमन्त्रीमा नियुक्तिका लागि प्रदेशप्रमुख समक्ष सिफारिस गर्ने तयारी छ।  Advertisement लामो समयदेखि झलनाथ खनाल–माधवकुमार नेपाल समूहमा रहेका एमाले सचिव भीम आचार्यले पार्टी विभाजनका बेला उनीहरुको साथ छाडेर एमालेमै रहने निर्णय लिएका थिए। उनलाई यसअघि नै ...
फुटबल विवाद छानविन समितिको प्रतिवेदन : अलमुताइरीले आचरण सुधार गर्नुपर्ने

फुटबल विवाद छानविन समितिको प्रतिवेदन : अलमुताइरीले आचरण सुधार गर्नुपर्ने

खेलकुद
अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरबीचको विवादको विषयमा छानविन गर्न गठिन समितिले प्रतिवेदन तयार गरेको छ।  समितिले तयार गरेको प्रतिवेदन बुधबार राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवाललाई बुझाइएको छ। अब यो प्रतिवेदन युवा तथा खेलकुद मन्त्रालयमार्फत एन्फामा पुग्नेछ।  Advertisement प्रतिवेदनमा प्रशिक्षक अलमुताइरीले आफ्नो व्यवसायीक आचरण तथा बानी व्यहोरामा सुधार गर्नुसहित ११ बुँदे सुझाव दिइएको छ।  प्रतिवेदनमा भनिएको छ,'प्रशिक्षक अल्दुल्लाह अलमुताइरीले आफ्ना केही व्यवसायीक आचरणगत बानी व्यहोरामा सुधार गर्नुपर्ने देखिन्छ।' यसअघि परिषदले बोर्ड सदस्य पुनेन्द्रविक्रम लाखेको संयोजकत्वमा ७ सदस्यीय छानविन समिति गठन गरेको थियो। साउन तेस्रो सातादेखि काम सु...
गण्डकीका एक मन्त्रीलाई ३१ करोड ऋण, कसको सम्पत्ति कति?

गण्डकीका एक मन्त्रीलाई ३१ करोड ऋण, कसको सम्पत्ति कति?

राजनीति
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको वेबसाइटमार्फत् उनीहरूले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्। मन्त्रिपरिषदमा ११ जना सदस्य रहे पनि युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ (दीपक मनाङे) र कृषि मन्त्री चन्द्रबहादुर बुढाले भने सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन्। मन्त्रिपरिषद गठन भएको २ महिनापछि मुख्यमन्त्रीसहित मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्। भ्रष्टाचार निवारणसम्बन्धी ऐनले सार्वजनिक पद धारण गरेको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ। सोही व्यवस्था अनुसार राष्ट्रिय सतर्ककता केन्द्र सिँहदरबारलाई पठाएको सम्पत्ति विवरण मुख्यमन्त्री र मन्त्रीहरुले सार्वजनिक गरेका हुन्। Advertisement सार्वजनिक सम...
देवेन्द्र तामाङले मच्छिन्द्रसँगको सम्झौता गरे नवीकरण

देवेन्द्र तामाङले मच्छिन्द्रसँगको सम्झौता गरे नवीकरण

खेलकुद
डिफेन्डर देवेन्द्र तामाङले यो सिजन पनि मच्छिन्द्र क्लबबाट खेल्ने भएका छन्।  उनले सम्झौता नवीकरण गरेको मच्छिन्द्रले बुधबार जनाएको छ। Advertisement तामाङ दुई सिजनअघि मच्छिन्द्रमा आबद्ध भएका थिए। त्यतिबेलामा मच्छिन्द्रले सहिद स्मारक ए डिभिजन लिगको उपाधि जितेको थियो।  यसअघि हिजो मंगलबार डिफेन्डर रंजित धिमालले पनि मच्छिन्द्रसँगको सम्झौता नवीकरण गरेका थिए।  यसअघि सिजनका लागि मच्छिन्द्रले गोलकिपर विशाल श्रेष्ठ, रेजिन सुब्बा, सुजल श्रेष्ठसँग सम्झौता नवीकरण गरिसकेको छ। प्रशिक्षकमा प्रवेश कटुवालले पनि सम्झौता नवीकरण गरेका थिए। यो सिजनको ए डिभिजन लिग कात्तिक अन्तिम सातादेखि गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।  यसअघि असोजमा गर्ने भनिए पनि एन्फाले झन्डै दुई महिना लिग सारेको हो।  ...
बिहिबार र शुक्रबार ललितपुरका विद्यार्थीलाई भेरोसिलको पहिलो मात्रा खोप

बिहिबार र शुक्रबार ललितपुरका विद्यार्थीलाई भेरोसिलको पहिलो मात्रा खोप

समाचार, स्वास्थ्य
ललितपुर ललितपुर महानगरपालिकाले भदौं १० बिहीबार र भदौं ११ शुक्रबार महानगरभित्र सञ्चालित विद्यालय र विश्वविद्यालय विद्यार्थीलाई भेरोसिलको पहिलो मात्रा खोप लगाउने भएको छ। Advertisement त्यसैगरी यी दुबै दिनमा महानगरभित्र बसोबास गर्ने ४० वर्ष माथिकालाई पनि भेरोसिलको पहिलो मात्रा लगाउने महानगरद्धारा जारी सूचनामा उल्लेख छ। भेरासिलको पहिलो मात्रा लगाएको २१ दिन पुरा भएकालाई महानगरले भदौं १२, १३, १४ गते दोस्रो मात्रा लगाउने महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले बताए। ‘खोपको उपलब्धतासँगै सबै पेशा र उमेर समूहलाई खोप उपलब्ध गराउँछौ,’ उनले भने। र्‍यापिड रेस्पोन्स टिमका संयोजकसमेत रहेका अर्यालले वडैपिच्छे तोकिएका खोप केन्द्रमा पुगेर खोप लगाउन अनुरोध गरे। विद्यार्थीलाई विद्यार्थी परिचयपत्र र अन्यलाई उमेर खुल्ने परिचयपत्रको आधारमा खोप लगाइनेछ। दो...
नेपाललाई एसियन युथ बक्सिङमा ऐतिहासिक तीन पदक

नेपाललाई एसियन युथ बक्सिङमा ऐतिहासिक तीन पदक

खेलकुद
नेपालले युनाइटेड अरब इमिरेटस् (युएई) मा जारी एएसबिसी एसियन युथ एण्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा तीन कास्य पदक प्राप्त गरेको छ। कास्य पदक प्राप्त गर्नेमा दुई महिला र एक पुरुष खेलाडी छन्।  छिरिङ वाङ्दी शेर्पाले पुरुष ५४ किलोमा कास्य पदक प्राप्त गरे। उनले सेमिफाइनलमा कजाकिस्तानका एडाइबेक नियाजबेसित पराजित भए। Advertisement यसअघि उनले कुवेतका मोहम्मद अलिनेजीलाई हराउँदै कास्य पदक पक्का गरेका थिए। जुनियर इभेन्टतर्फ शेर्पाले कुवेतका मोहम्मदलाई ५–० अंकले पराजित गरेका थिए।  नेपाली टोलीका साथमा रहेका ओलम्पियन एवं प्रशिक्षक डम्बरदत्त भट्टका अनुसार जुनियरतर्फ महिला ५२ किलोमा नेपालकी स्वस्तिका तिरुवा र महिला ५७ किलोमा नारिका राईले पनि कास्य पदक प्राप्त गरे। प्रतियोगितामा नेपालबाट शेर्पा, तिरुवा र राईसँगै पुरुषतर्फ ६० किलो तौलमा इन्द्रबहादुर सुनार, ...