‘अर्ली इलेक्सन’ को कुनै सम्भावना छैन: माधव नेपाल
सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले 'अर्ली इलेक्सन' हुने कुनै सम्भावना नरहेको बताएका छन्।
Advertisement
अध्यक्ष नेपालले केपी ओलीप्रति संकेत गर्दै कसै-कसैले चाहेजस्तो 'अर्ली इलेक्सन'को सम्भावना नरहेको बताएका हुन्।
मंगलबार गृहजिल्ला रौतहटको चन्द्रनिगाहापुरमा स्थानीय सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले राष्ट्रलाई व्ययभार हुन नदिन तीन वटै तहको निर्वाचनमा एकैचोटी गर्ने विषयमा सत्तारूढ दलभित्र छलफल भइरहेको जानकारी समेत दिए।
अध्यक्ष नेपालले भने, ‘इलेक्सन समयमा हुन्छ। त्यसको निम्ति अब इलेक्सनको प्रक्रिया सुरू हुन्छ। जस्तो राष्ट्रिय सभाको चुनाव छ। त्यो गर्नै पर्यो समयमा। अब उपनिर्वाचनहरूको कुरा पनि चलिराख्या छ। प्रदेश सभाको निर्वाचनको कुरा। त्यसको निम्ति पनि तयारीको कुरा भइरह...









