२०८३ कार्तिक १३

काँग्रेस अधिवेशन: दाङमा ३ सभापति पदमा ७ जनाको उम्मेदवारी

नेपाली काँग्रेसको मंगलबार हुन गइरहेको संघीय महाधिवेशनमा दाङका तीन निर्वाचन क्षेत्रमा सात जनाको उम्मेदवारी परेको छ।


Advertisement


तीन संघीय सभापति पदमा सात जना बीच प्रतिपर्धा हुन लागेको हो।

दाङको निर्वाचन क्षेत्र नं. ३ मा तीन जनाको उम्मेदवारी परेको छ। यस क्षेत्रमा सबैभन्दा बढी उम्मेदवारी परेको हो। जहाँ संस्थापन प्यानलबाट सुरेन्द्रबहादुर खड्का, संस्थापन इतरबाट हालका संघीय सभापति जगतबहादुर खड्का र एकल रूपमा नेता किरण शाह छन्। 

त्यस्तै निर्वाचन क्षेत्र नं. २ मा सभापति पदमा संस्थापन पक्षबाट भिमप्रकाश खड्का र संस्थापन इतरबाट चित्रबहादुर डाँगी (निर्मल)ले उम्मेदवारी दिएका हुन्।

दाङ निर्वाचन क्षेत्र नं. १ मा संस्थापन पक्षधर भेषराज पाण्डे र संस्थापन इतरका मानिने सर्वजित डिसीको उम्मेदवारी परेको छ। 

क्षेत्र नं. ३ मा किरण शाह बाहेक अरू सबैले प्यानल खडा गरी निर्वाचनमा होमिएका छन्। नेतृत्व चुन्न मंगलबार निर्वाचनको मिति तोकिएको छ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap