२०८३ बैशाख २३

Author: Senior Editor Nima

सातदोबाटोको अपराजित यात्रामा पूर्णविराम, शीर्ष स्थानमा उक्लने मौका गुमायो

सातदोबाटोको अपराजित यात्रामा पूर्णविराम, शीर्ष स्थानमा उक्लने मौका गुमायो

खेलकुद
स्टेफन समिरको निर्णायक गोलमा न्युरोड टिम एनआरटीले राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग-२०७८ मा पहिलो जित निकालेको छ ।  Advertisement त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको पहिलो खेलमा एनआरटीले नव प्रवेशी सातदोबाटो युथ क्लबमाथि १–० को कठिन जित निकाल्दै पहिलो जित निकालेको हो। विदेशी खेलाडी मेसुके ओलोउमोउले दिएको पासलाई ४५ औं मिनेटमा समिरले सदुपयोग गर्दै पहिलो हाफमै अग्रता दिलाएका थिए। अत्यन्तै रोमाञ्चक बनेको खेलको दोस्रो हाफमा दुबै टिमले पाएका केही राम्रा अवसर सदुपयोग गर्न नसक्दा सातदोबाटोको अपराजित यात्रा टुंगिएको हो। पहिलो जितपछि चार खेलबाट ५ अंक बनाउँदै एनआरटी तालिकाको सातौं स्थानमा उक्लिएको छ। यता, अपराजित यात्रामा पूर्ण बिराम लागेको सातदोबाटो चार खेलबाट ७ अंक बनाउँदै तेस्रो स्थानमा यथावत  छ।  आजको पराजयसँगै सातदोबा...
माओवादी केन्द्रको प्रदेश सम्मेलन आज हुँदै

माओवादी केन्द्रको प्रदेश सम्मेलन आज हुँदै

राजनीति
नेकपा (माओवादी केन्द्र) को प्रदेश सम्मेलन आज हुँदैछ। सात भौगोलिक र तीन गैर भौगोलिक गरी १० प्रदेशमा हुने सम्मेलनको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। माओवादी पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालका अनुसार ‘प्रचण्ड’ले दिउँसो १ बजे भर्चुअल माध्यमबाट सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम छ। Advertisement माओवादीले सात भौगोलिकसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समिति गठन गरेको छ।  ढकालका अनुसार प्रदेश नं १ को विराटनगर, प्रदेश नं २ को जनकपुर, वाग्मतीको काठमाडौं, गण्डकीको पोखरा, लुम्बिनीको भालुवाङ दाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा सम्मेलन हुँदैछ। विशेष र सम्पर्क समितिले अनुकूलमा सम्मेलन गर्ने भएका छन्। प्रवास समितिको सम्मेलन आज  नहुने भएको छ। सम्मेलनबाट माओवादी केन्...
इंग्ल्याण्डमाथि अष्ट्रेलियाको फराकिलो जित

इंग्ल्याण्डमाथि अष्ट्रेलियाको फराकिलो जित

खेलकुद
इंग्ल्यान्डलाई ९ विकेटले हराउँदै घरेलु टोली अष्ट्रेलियाले एसेस सिरिजमा विजयी सुरूवात गरेको छ। ५ खेलको सिरिजको पहिलो खेलमा प्रभावसाशी जित निकाल्ने क्रममा अष्ट्रेलिया चौथो दिन उत्कृष्ट प्रदर्शन गर्न सफल भयो। जितसँगै सिरिजमा अस्ट्रेलियाले १-० को अग्रता बनायो।   इंग्ल्याण्डले दिएको २० रनको लक्ष्य अष्ट्रेलियाले चौथो दिनमा ५.१ ओभरमा एक विकेट गुमाउर पुरा गर्‍यो। उसका लागि मार्कस ह्यारिस र एलेक्स क्यारीले ९/९ रन बनाए। ह्यारिस अभिजित रहे। इङ्ल्याण्डका लागि ओली रोबिन्सनले एक विकेट लिए।  Advertisement चौथो दिन इंग्ल्यान्डले अस्ट्रेलियालाई जितका लागि २० रनको लक्ष्य दिएको थियो। दोस्रो इनिङको चौंथो दिन इंग्ल्यान्ड लगालग विकेट पतनको सिकार भयो। इंग्ल्यान्ड दोस्रो इनिङमा २९७ रनमा अलआउट भयो। इंग्ल्यान्डले तेस्रो दिनको खेलको समाप्तिमा २ विकेट गुमाएर २२० रन बन...
किन दिनदिनै पूर्वराजा ज्ञानेन्द्रमाथि खनिइरहेका छन् कमल थापा?

किन दिनदिनै पूर्वराजा ज्ञानेन्द्रमाथि खनिइरहेका छन् कमल थापा?

राजनीति
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को हालै सम्पन्न एकता महाधिवेशनबाट अध्यक्षमा पराजित भएपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहमाथि शृंखलावद्ध आरोप लगाइरहेका छन्। थापाले चुनावमा पराजय भोग्नेबित्तिकै निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्रलाई ट्वीटरबाट ‘धन्यवाद’ नै दिएका थिए। थापाले यो क्रमलाई सोमबार पनि जारी राखे। उनले पूर्वयुवराज्ञी हिमानी शाहको नाममा खोलिएको ट्वीटर अकाउन्टमा पनि आक्रोश पोखेका थिए। Advertisement निर्मल निवास र ज्ञानेन्द्रलक्षित अभिव्यक्तिलाई मंगलबार पनि थापाले जारी राखेका छन्। बुधबार बस्ने निर्वाचित केन्द्रीय समितिको पहिलो बैठकमा थापानिकट नेताहरूले निर्मल निवासको भूमिका र हस्तक्षेपबाट कुरा उठाउने भएका छन्। ‘भोलि पहिलो बैठक बोलाइएको छ, त्यहाँ हामी पार्टीको आन्तरिक चुनावमा निर्मल निवासको हस्तक्षेपबारे सशक्त ढंगल...
च्यासलमाथि आर्मीको जित, दोस्रो स्थानमा उक्लियो

च्यासलमाथि आर्मीको जित, दोस्रो स्थानमा उक्लियो

खेलकुद
सहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी क्लब दोस्रो स्थानमा उक्लिएको छ। शुक्रबार साँझ दशरथ रंगशालामा भएको खेलमा च्यासल युथ क्लबललाई २-० गोलले पराजित गर्दै आर्मी दोस्रो स्थानमा उक्लिएको हो। Advertisement आर्मीको जितमा जर्जप्रिन्स कार्की र जगजित श्रेष्ठले गोल गरे। दुवै गोल पहिलो हाफमा भएका थिए। कार्कीले खेलको १९ मिनेटमा गोल गरे। उनले टंक बस्नेतको पासमा हेडमार्फत गोल गरेका थिए। ३६ मिनेटमा जगजितले आर्मीको अग्रता दोब्बर पारेका थिए। जितसँगै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको आर्मीले ४ खेलबाट ८ अंक जोडेको छ। शीर्ष स्थानको मनाङ मर्स्याङ्दी क्लबको १० अंक छ। तेस्रो स्थानको सातदोबाटो युथ क्लब  र चौथो स्थानको मछिन्द्र क्लबको ३ खेलबाट समान ७-७ अंक छ। यता च्यासल भने ४ खेलबाट ४ अंक जोड्दै नवौं स्थानमा छ। ...
नयाँ पार्टी खोल्दै रमेश खरेलले भने-सेवा गरेर मेवा खाने नभइ सेवामात्र गर्न पार्टी खोलेँ

नयाँ पार्टी खोल्दै रमेश खरेलले भने-सेवा गरेर मेवा खाने नभइ सेवामात्र गर्न पार्टी खोलेँ

राजनीति
नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डिआइजी) रमेश खरेलले नयाँ पार्टी घोषणा गरेका छन्। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्वडिआइजी खरेलले नेपाल सुशासन पार्टी घोषणा गरेका हुन्। उनले देश सुहाउँदो, सुशासनलाई प्रमुख एजेण्डा बनाए पार्टीलाई अघि बढाउने बताए। Advertisement पूर्वडिआइजी खरेलले देशमा अहिले कुशासन व्याप्त रहेको भन्दै त्यसलाई सुशासनमा ल्याउन आफूले बाध्य भएर नयाँ पार्टी खोल्नुपरेको बताए। ‘हामी सबैभन्दा पहिला राष्ट्रियतालाई शिरमा राख्छौं। हाम्रो देश सुहाउँदो, सुशासनलाई प्रमुख एजेण्डा बनाएका छौं। अहिले सबै कुशासनले व्याप्त भएर देशको यो हालत भएको छ। कुशासनले व्याप्त भएर राष्ट्रियतामा चाख नदिएर हाम्रो हालत यो भएको छ’, पूर्वडिआइजी खरेलले भने, ‘हामी यसरी नयाँ पार्टीको हिसाबले स्थापित हुन बाध्य भयौं। देशमा समृद्धि भएको छैन। ...
च्याम्पियन्स लिगको प्रि–क्वार्टरफाइनल समिकरण पूरा, को-को पुगे?

च्याम्पियन्स लिगको प्रि–क्वार्टरफाइनल समिकरण पूरा, को-को पुगे?

खेलकुद
युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मा पुग्ने सबै टिमको टुंगो लागेको छ। खराव मौसमका कारण रोकिएको भिल्लारियल र एट्लान्टाको खेल सकिएसँगै च्याम्पियन्स लिगको प्रि-क्वार्टरफाइनलको समिकरण पुरा भएको हो। Advertisement यस पटक सन् २००१ पछि बार्सिलोना च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सकेन। बार्सिलोना बाहिरिँदा ला लिगाबाट रियल मड्रिड, एट्लेटिको मड्रिड र भिल्लारियल अन्तिम १६ मा पुगे। नकआउट चरणमा पुग्न नसकेका बार्सिलोना र सेभियाले युरोपा लिग खेल्नुपर्ने भएको छ ।  युरोपियन च्याम्पियन र २०२० का फाइनलिस्ट चेल्सी र पीएसजीले समूह चरणमा दोस्रो स्थानमा रहँदै नकआउट चरणमा पुगेका छन्। अब च्याम्पियन्स लिगमा अन्तिम १६ को ड्र सोमबार स्वीट्जरल्याण्डको नियोनमा हुनेछ। जसबाट अन्तिम १६ मा कसको प्रतिद्धन्द्धी को भन्ने टुंगो लाग्नेछ।  यी हु...
गगनको नारामा ओलीको टिप्पणी

गगनको नारामा ओलीको टिप्पणी

राजनीति
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा विदेशी शक्तिले नियन्त्रित अराजकता फैलाउने उद्देश्य राखेको बताएका छन्। शुक्रबार नेकपा (एमाले) बागमती प्रदेश संगठन कमिटीले काठमाडौंमा आयोजना गरेको दसौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यहरू, केन्द्रीय आयोगका पदाधिकारी र सदस्यहरूलाई बधाई, सम्मान तथा शुभकामना कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले विदेशी शक्तिले नेपालमा नियन्त्रित अराजकता फैलाउने उद्देश्य राखेको बताएका हुन्।  Advertisement नेपालमा कूटनीतिक क्षेत्रमा काम गरेर फर्किएको एक कूटनीतिज्ञले लेखेको पुस्तकले सो कुरा स्पष्ट पारेको उनले उल्लेख गरे।  नेपालमा अराजकता भित्रिन नदिने एमाले भएकाले पुस्तकमा एमाले र आफूविरूद्ध लेखिएको पनि उनले बताए।  अध्यक्ष ओलीले नेपालमा विदेशीको हातको नियन्त्रित अराजकता र अस्थिरता पस्न...
लेस्टरलाई हराउँदै नेपोली नकआउट चरणमा

लेस्टरलाई हराउँदै नेपोली नकआउट चरणमा

खेलकुद
इंग्लिस क्लब लेस्टर सिटीलाई हराउँदै इटालियन क्लब नेपोली युरोपा लिगको नकआउट चरणमा पुगेको छ। समूह चरण पार गर्न जित्नैपर्ने खेलमा नेपोलीले घरेलु मैदानमा लेस्टरमाथि ३–२ को रोमाञ्चक जित निकाल्दै प्रि-क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो। Advertisement डिएगो अर्मान्डो म्याराडोना स्टेडियम नेपोलीमा बिहीबार राति भएको खेलको चौथो मिनेटमै एडाम ओउनासको गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको २४औं मिनेटमा इल्जिफ इल्मासले गोल गर्दै नेपोलीको अग्रता दोब्बर पारे। त्यसको ३ मिनेटपछि जोनी इभान्सले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए। ३३ औं मिनेटमा काइरनान डिउसवुरी हलले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए।  पहिलो हाफ २-२ गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा नेपोलीले बाजी मार्‍यो। खेलको ५३ औं मिनेटमा इल्जिफ इल्मासले गोल गर्दै...
राष्ट्रपतिले जारी गरिन् ६ अध्यादेश

राष्ट्रपतिले जारी गरिन् ६ अध्यादेश

राजनीति
राष्ट्रपति विद्यादेवी भण्डारीले ६ वटा अध्यादेश जारी गरेकी छन्।  Advertisement बुधबार राष्ट्रपति भण्डारीले संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा ६ वटा अध्यादेश जारी गरेको प्रवक्ता सागर आचार्यले जानकारी दिए।  यौन हिंसाविरूद्धका केही ऐनलाई संशोधन गर्ने, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन), तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन), सामाजिक सुरक्षा (पहिलो संशोधन) र रेल्वे अध्यादेश जारी भएका हुन्।  ...