खेलकुद परिषद्का समस्या र प्रगति बुझ्दै नवनियुक्त सदस्यसचिव घिसिङ
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य–सचिव टंकलाल घिसिङले राखेपअन्तर्गतका विभिन्न विभागका प्रमुखहरुसँग बुधबार छलफल गरेका छन्।
सदस्यसचिवको कार्यभार सम्हालेको दोश्रो दिन विभागका समस्या, कार्य प्रगति विवरणलगायतका बारे जानकारी लिन बैठकमा छलफल गरिएको हो।
Advertisement
बैठकमा प्रशासन विभागका प्रमुख कुलबहादुर थापा, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विक र उपनिर्देशक हिमाल दाहाल, राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्रकुमार राई, विद्यालय खेलकुद विकास विभागका प्रमुख वज्र केसी, पूर्वाधार निर्माण तथा मर्मत शाखाका प्रमुख अरुण उपाध्यायले आ–आफ्नो विभाग र शाखाका बारेमा जानकारी गराएका थिए।
प्रशासनिक र प्राविधिक कर्मचारीको अवस्था, जिल्ला र क्षेत्रका कार्यालयको अवस्था, कर्मचारी समायोजन र पदपूर्ति, भौतिक पूर्वाधारको अवस्था, बजेटलगायतका विषयम...









