२०८१ बैशाख ६

एमाले बैठक सुरू १५ एजेण्डामाथि छलफल,अमृतकुमार बोहोरा सल्लाहकार परिषदको अध्यक्षमा चयन

नेकपा एमालेको चितवन महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको बैठक सुरु भएको छ। भक्तपुरमा सुरू भएको बैठकमा १५ वटा एजेण्डामाथि छलफल सुरू भएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । 


Advertisement


बैठकले चितवनमा शपथ लिन बाँकी सदस्यको शपथग्रहण र १०औं महाधिवेशनको सामान्य समीक्षा गर्ने कार्यक्रम रहेको छ। 

पार्टी विधानको धारा ६५ अनुसारका केन्द्रीय सदस्यको मनोनयन पनि बैठकले गर्नेछ।

रिजालका अनुसार बैठकले ९९ सदस्यीय पोलिट्व्युरो, ४५ सदस्यीय स्थायी कमिटी, केन्द्रीय कमिटीकै संख्या बराबरको केन्द्रीय सल्लाहकार परिषद् गठन गर्नेछ।

जारी बैठकले  केपी ओलीको प्रस्तावमा अमृतकुमार बोहोरा पार्टीको केन्द्रीय सल्लाहकार परिषदको अध्यक्षमा चयन भएका छन्।

बैठकले नवनिर्वाचित केन्द्रीय कमिटीका सदस्यहरूको जिम्मेवारी बाँडफाँट गर्ने र प्रदेशमा रिक्त रहेका पदाधिकारीहरू मनोनित गर्नेछ। 

त्यस्तै जिल्ला र प्रदेश अधिवेशनको मिति तोक्ने, विधानको सम्पादन गरी नियमावली संशोधन गर्ने, बैठक सञ्चालन कार्यविधि बनाउने बैठकका एजेण्डा छन् । 
 

Copy link
Powered by Social Snap