


नेकपा माओवादीको कर्णाली प्रदेश समितिको अध्यक्षमा विमला केसी चयन भएकी छन्।
Advertisement



शनिबारदेखि सुर्खेतमा जारी पहिलो प्रदेश अधिवेशनबाट केसीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो।
माओवादीको कर्णाली प्रदेश अध्यक्ष केसी रूकुम पश्चिमबाट प्रदेश सभा सदस्य हुन्। उनी समानुपातिक कोटाबाट सांसद बनेकी हुन्। उनी २०७० मा संविधान सभा सदस्य थिइन्।

यसअघि करिब तीन वर्ष प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन्। १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा उनी भूमिगत भई माओवादीमा लागेकी थिइन्।
कर्णाली प्रदेश अधिवेशनले प्रदेश समितिका अन्य पदाधिकारी भने चयन गर्न बाँकी छ।





