२०८३ बैशाख २३

Author: Senior Editor Nima

कर्णाली प्रदेश खेलकुद परिषद्ले दुई महिला खेलाडीलाई नगद पुरस्कार दिने

कर्णाली प्रदेश खेलकुद परिषद्ले दुई महिला खेलाडीलाई नगद पुरस्कार दिने

खेलकुद
कर्णाली प्रदेश खेलकुद परिषद्ले प्रदेशका दुई महिला खेलाडीलाई पुरस्कार घोषणा गरेको छ।  Advertisement आइतबार मुख्यमन्त्री जीवनबहादुर शाहीको उपस्थितिमा बसेको परिषद्को बैठकले जुम्लाकी सुनमाया बुढा र जाजरकोटकी कामना विष्टलाई पुरस्कार दिने घोषणा गरेको हो। परिषद्ले सुनमायालाई २ लाख र कामनालाई ५० हजार रुपैयाँ प्रोत्साहनस्वरुप पुरस्कार दिने निर्णय गरेको हो। जुम्लाकी सुनमाया हालै थाइल्याण्डमा भएको एसियन अल्ट्रा ट्रेलरेस प्रतियोगितामा महिलातर्फ प्रथम भएकी थिइन्। त्यस्तै उनी उक्त प्रतियोगितामा सहभागी दुई हजार प्रतियोगीमध्ये तेस्रो भएकी थिइन्।  बंगलादेशको ढाकामा भएको एसियन सेन्ट्रल जोन महिला भलिबल प्रतियोगीता सहभागी जाजरकोटकी कामनाले नेपाललाई उपाधि दिलाउन आफ्नो उत्कृष्ट प्रदर्शन गरेकी थिइन्। उनी नेपाल प्रहरी क्लबबाट प्रतिनिधित्व गर्दै ढाकामा...
सहमति नभए निर्वाचन हुन्छ: प्रचण्ड

सहमति नभए निर्वाचन हुन्छ: प्रचण्ड

राजनीति
नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशनको बन्द सत्र २ घण्टाका लागि स्थगित भएको छ। Advertisement केन्द्रीय सदस्य चयन सहमतिबाटै हुने नभए निर्वाचनमा जान सकिने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्। ‘उहाँले केन्द्रीय सदस्य चयन सहमति हुने बताउनु भएको छ। नभए निर्वाचनमा जान सकिने उहाँले बताउनु भएको छ’, प्रचण्डको भनाइ उद्धृत गर्दै  माओवादीका बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीले भने। प्रचण्डले क्लस्टर र खुला सदस्यमा सहमतिबाट चयन गर्ने प्रयास भइरहेको बताएका हुन्।  सहमतिबाट केन्द्रीय कमिटी चयनका लागि पार्टीको राष्ट्रिय महाधिवेशन आयोजक कमिटीमा साँझ ५ बजेसम्म छलफल हुनेछ। निर्वाचन समितिका प्रमुख विष्णु पुकार श्रेष्ठले निर्वाचन कार्यतालिका निकाल्ने तयारी गरेको बताए। ‘सहमतिको लागि प्रयास हुन्छ। त्यही बीचमा निर्वाचनको कार्यताल...
तुलसीपुरमा कांग्रेस नेता खुमबहादुरको स्मृतिमा राष्ट्रिय टेबलटेनिस प्रतियोगिता

तुलसीपुरमा कांग्रेस नेता खुमबहादुरको स्मृतिमा राष्ट्रिय टेबलटेनिस प्रतियोगिता

खेलकुद
दाङको तुलसीपुरमा शुक्रबारदेखि राष्ट्रियस्तरको टेबल टेनिस प्रतियोगितामा सुरू भएको छ। दाङसहित देशभरका २८ टिमको सहभागिता रहेको प्रतियोगिता तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ को कभर्डहलमा सुरू भएको हो। नेपाली कांग्रेसका नेता स्वर्गीय खुमबहादुर खड्काको तेस्रो स्मृति दिवसको अवसरमा ‘युथ अफ तुलसीपुर’को आयोजनामा प्रतियोगिताको आयोजना गरिएको हो। Advertisement प्रतियोगिताको उद्घाटनका क्रममा लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री सुरेन्द्र हमाल र नेता खुमबहादुरका छोरा अनुराग खड्काले खेल खेलेर उद्घाटन गरेका हुन्।   कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री हमालले खेलकुदले आपसी मेलमिलापको सन्देश दिने बताए।   कोरोना महामारीका कारण थला परेको खेलकुद क्षेत्रलाई युथ क्लबले राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन गरी खेलाडी र खेलप्रेमीलाई उत्साह थपेको हमालले तर...
नेपाली क्रिकेटको हविगत: लक्ष्य विश्वकप, बन्द प्रशिक्षण हुनै लाग्दा पनि टिम लथालिङ्ग

नेपाली क्रिकेटको हविगत: लक्ष्य विश्वकप, बन्द प्रशिक्षण हुनै लाग्दा पनि टिम लथालिङ्ग

खेलकुद
सन् २०२२ को अक्टोबर-नोभेम्बरमा अस्ट्रेलियामा आइसिसी टी-२० विश्वकप आयोजना हुँदैछ। १६ टिमबीच प्रतिस्पर्धा हुने विश्वकपका लागि १२ टिमको टुंगो लागिसकेको छ। ४ टिमको टुंगो लाग्न बाँकी छ। टी-२० विश्वकपमा छनोट हुन बाँकी ४ टिमका लागि १६ टिमबीच विश्व छनोटमा प्रतिस्पर्धा हुँदैछ। आइसिसीले १६ टिमलाई पनि दुई समूहमा विभाजन गर्दै एक समूहमा ८ टिमलाई समावेश गरेको छ। ८ टिम सम्मिलित समूहबाट शीर्ष २-२ टिम गरी ४ टिमले १० महिनापछि अस्ट्रेलियामा हुने विश्वकपको टिकट काट्नेछन्। नेपाल आइसिसी टी-२० वरीयताको आधारमा यसअघि नै विश्व छनोटमा पुगिसकेको छ। नेपाल छनोटको समूह ‘ए’ मा परेको छ। समूहमा नेपालसहित आयरल्यान्ड, ओमान,  बहराइन, क्यानडा, जर्मनी, फिलिपिन्स र युएई परेका छन्। Advertisement आगामी १५ देखि २५ फेब्रुअरीमा ओमानमा हुने छनोटमा नेपाल शीर्ष दुईमा पर्न सके विश्वक...
कांग्रेसकै नेतृत्वमा राष्ट्रिय एकता अझै बलियो बनाउँछौं: प्रधानमन्त्री देउवा

कांग्रेसकै नेतृत्वमा राष्ट्रिय एकता अझै बलियो बनाउँछौं: प्रधानमन्त्री देउवा

राजनीति
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय एकता अझै बलियो बनाइने बताएका छन्। Advertisement कांग्रेसकै नेतृत्वमा राष्ट्रिय एकता बलियो बनाउने देउवाको भनाइ थियो। आज राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा बीपी जेल बसेको स्थान सुन्दरीजल पुगेर देउवाले भने, ‘राष्ट्रिय एकताको आवश्यकता छ। राष्ट्रिय एकता अझै बलियो बनाउँछौं। कांग्रेसले नै यसको नेतृत्व लिनुपर्छ।’ नेपाल संघीय गणतन्त्रात्मक देश भएकोले सात प्रदेशबीच एकता पनि आवश्यक रहेको प्रधानमन्त्री देउवाको भनाइ थियो। उनले मेलमिलाप नीतिको सान्दर्भिकता अझै रहेकोले यसलाई अगाडि बढाउनुपर्ने पनि बताए। ...
जिल्ला नेतृत्वका लागि एमाले नेताहरूको दौडधुप

जिल्ला नेतृत्वका लागि एमाले नेताहरूको दौडधुप

राजनीति
जिल्ला अधिवेशन आउन एक साता मात्र बाँकी रहँदा नेकपा एमाले लुम्बिनी प्रदेशका जिल्लामा आकांक्षीहरूको दौडधुप सुरू भएको छ। पुस मसान्तसम्म देशभरका सबै जिल्लाहरूको आगामी नेतृत्व टुंगो लगाउने निर्णय गरेको एमालेले लुम्बिनीका ११ जिल्लामा एकैपटक पुस २३ गते जिल्ला अधिवेशनको मिति तय गरिसकेको छ। Advertisement हिमाली जिल्ला मानिने पूर्वी रूकुममा भने चिसो बढी हुने भएकोले पुसमा अधिवेशन नहुने भएको छ। जिल्ला अध्यक्ष टोपबहादुर ओलीका अनुसार रूकुम पूर्वमा प्रदेश अधिवेशनपछि मात्र जिल्ला अधिवेशनको टुंगो लाग्नेछ। बाँकी ११ जिल्लामा भने नेतृत्व हत्याउन जिल्ला तहका नेताहरूमा आन्तरिक दौडधुप सुरू भएको छ। एमालेको दसौं महाधिवेशनबाट लुम्बिनी प्रदेशबाट उपाध्यक्षद्वय विष्णु पौडेल र युवराज ज्ञवाली, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञ...
परराष्ट्र नीति अध्ययन गर्न संसदीय उपसमिति गठन

परराष्ट्र नीति अध्ययन गर्न संसदीय उपसमिति गठन

राजनीति
प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिले मुलुकको समग्र परराष्ट्र नीतिको अवस्थाको अध्ययनसहितको प्रतिवेदन तयार गर्न उपसमिति गठन गर्ने निर्णय गरेको छ। समितिको आजको बैठकले मुलुकको परराष्ट्र नीतिका सम्बन्धमा हालसम्म प्रस्तुत प्रतिवेदन, कार्यान्वयन अवस्था र सुधार गर्नुपर्ने विषय वस्तुबारे छलफल र अध्ययन गरी प्रतिवेदन प्रस्तुत गर्न परराष्ट्र नीति छलफल उपसमिति गठन गर्ने निर्णय गरेको हो। Advertisement उपसमितिमा पुष्पा भुसाल, दीपकप्रकाश भट्ट, लीलादेवी सिटौलासहित समितिमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका कम्तीमा एक/एक जना सहस्य रहने सभापति पवित्रा खरेल निरौलाले जानकारी दिए। उपसमितिले परराष्ट्र नीतिमा छुट भएका, सच्याउन र प्राथमिकता निर्धारण गर्न पर्ने विषय यकिन गरी राय सुझाव पेश गर्नेछ। सरकारको फेरबदलसँग मुलुकको परराष्ट्र नीति फेरिने र निर्धारण हुने अ...
राष्ट्रिय फुटबलरलाई शरीरमा ट्याटू बनाउन प्रतिबन्ध

राष्ट्रिय फुटबलरलाई शरीरमा ट्याटू बनाउन प्रतिबन्ध

खेलकुद
चीनको राष्ट्रिय फुटबल टिमबाट खेल्ने खेलाडीलाई शरीरमा ट्याटू खोप्न प्रतिबन्ध लगाइएको छ। यस्तै यसअघि खोपिएका ट्याटूलाई हटाउन पनि भनिएको छ। नयाँ नर्देशनअनुसार यो नियम लागू हुने भएको हो।  Advertisement चीनको खेलकुदको प्रशासन निकायले राष्ट्रियस्तर र युवा टोलीमा ट्याटु बनाएका नयाँ खेलाडी भर्ना गर्न "कडा प्रतिबन्ध" गरेको बताएको छ।  प्रशासनले यो कदमले "समाजको लागि राम्रो उदाहरण" बनाउन मद्दत गर्ने बताएको छ। डिफेन्डर झाङ लिनपेङसहितका स्टार खेलाडीहरु जसले पहिले नै ट्याटू खोपेका छन्, उनीहरूलाई ट्याटू छोप्न भनिएको छ।  चीनले सन् २०१८ को मध्यदेखि ट्याटू बनाउन रोक्नको लागि नियमनलाई बढाउँदै लगेको छ। केही व्यवसायिक फुटबलरहरूले आफ्नो शरीरको ट्याटू लुकाउन आफ्नो हात लामो बाहुलाले छोप्दै आएका छन्। चीनको खेलकुदको प्रशासनले जारी गरेको एक व...
आज मेलमिलाप दिवस मनाउँदै कांग्रेस

आज मेलमिलाप दिवस मनाउँदै कांग्रेस

राजनीति
प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठवटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ। २०३३ पुस १६ गते कांग्रेसका संस्थापक नेतासमेत रहेका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, नेता खुमबहादुर खड्का, रामबाबु प्रसाईँ, नीलाम्बर पन्थीलगायत नेता कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्किएका थिए। Advertisement भारत निर्वासनमा रहँदा सिक्किम भारतमा विलय भएको घटना नजिकबाट हेरिरहेका कोइरालालगायत नेताले राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई आजभन्दा ४५ वर्षअघि स्वदेश फर्किएका थिए। देशको सार्वभौमसत्ता संरक्षणका लाग...
रन्जु दर्शनाले त्यागिन् विवेकशील साझा पार्टी

रन्जु दर्शनाले त्यागिन् विवेकशील साझा पार्टी

राजनीति
काठमाडौँ — रन्जु दर्शनाले विवेकशील साझा पार्टी छाडेकी छिन् । बिहीबार अध्यक्ष रवीन्द्र मिश्रलाई पत्र लेख्दै रन्जुले साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेकी हुन् । वैकल्पिक राजनीति भनेर अघि बढिरहेको संगठनको मूल नेतृत्वमा मैले अधिकतम ढोंग पाएको रन्जुले बताएकी छिन् । Advertisement २०७४ सालको स्थानीय चुनावमा काठमाडौंको उपमेयरकी उम्मेदवारसमेत रहेकी उनले पत्रमा भनेकी छिन्, 'वि.सं. २०७० बाट सुरु भएको राजनीतिक यात्रामा कैयौं उताव-चढावहरु आए जसलाई पार गर्दै जीवन निरन्तर चलिरहेको छ। तर राजनीतिक यात्राको यो मोडमा वैकल्पिक राजनीति भनेर अघि बढिरहेको संगठन, मूल नेतृत्वमा मैले अधिकतम ढोंग पाएँ।' नेतृत्वका कारण राजनीतिमा आउन चाहने नयाँ पुस्तालाई समेत विश्वासको संकट उत्पन्न भएको उनको भनाइ छ । उनले अगाडि भनेकी छिन्, 'संघीय गणतान्त्रिक लोकतन्...