२०८१ बैशाख १२

सुरक्षा समितिका पदाधिकारीसँग गृह मन्त्रीको छलफल

गृह मन्त्री बालकृष्ण खाणले केन्द्रीय सुरक्षा समितिका पदाधिकारीहरूसँग छलफल गरेका छन्।

मन्त्री खाणले समसामयिक सुरक्षाको अवस्था र आगामी दिनका सुरक्षाका चुनौतीका विषयमा छलफल गरेका हुन्।


Advertisement


बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै गृह मन्त्रालयका सह-सचिव प्रदीपकुमार कोइरालाले बैठकमा राष्ट्रिय सभाको निर्वाचन तथा आसन्न स्थानीय निर्वाचनमा गरिने सुरक्षा तयारीको विषयमा समेत अद्यावधिक छलफल भएको समेत बताए।

सहसचिव कोइरालाले भने, ‘बैठकमा समसामयिक सुरक्षाको अवस्था र आगामी दिनका सुरक्षा चुनौतीका विषयमा छलफल गरियो। यसका साथै राष्ट्रिय सभाको निर्वाचन तथा आसन्न स्थानीय निर्वाचनमा गरिने सुरक्षा तयारीको विषयमा समेत अद्यावधिक छलफल भयो। सुरक्षाको विस्तृतीकरण गर्ने विषयमा छलफल भएको छ। त्यो विषय हामी सार्वजनिक गर्दैनौं।’

सह-सचिव कोइरालाले बैठकमा सुरक्षाको विस्तृतीकरणको विषयमा पनि छलफल भएको बताए। 

Copy link
Powered by Social Snap