२०८१ बैशाख ८

विवेकशील साझाको अन्तर्राष्ट्रिय समिति भंग भएको घोषणा, रवीन्द्र मिश्रसँग ‘सम्बन्धविच्छेद’

विवेकशील साझा पार्टीका अन्तर्राष्ट्रिय सद्भाव समिति संयोजक सुरेश भट्टले पार्टीको अन्तर्राष्ट्रिय सद्भाव समिति भंग भएको दाबी गरेका छन्।


Advertisement


अध्यक्ष रवीन्द्र मिश्रसँग असहमति राख्दै आएका भट्टले विज्ञप्ति जारी गरी समिति भंग भएको दाबी गरेका हुन्।

उनले मिश्रको समूहसँग सम्बन्धविच्छेद गरेको घोषणा पनि गरेका छन्।

शनिबार विज्ञप्ति जारी गरी भट्टले भनेका छन्, ‘वैकल्पिक राजनीतिको महाअभियानलाई नयाँ सिराबाट सङ्गठित र पुनर्गठन गर्न फरक परिस्थितिको विकास भएकाले पार्टीका समस्त राष्ट्रिय सद्भाव समूहरूसँगै अन्तर्राष्ट्रिय समितिसमेत भङ्ग भएको घोषणा गर्दछु।’

भट्टले असहज परिस्थितिमा समेत विवेकशील नेपाली दल र साझा पार्टीबिच एकीकरण भई बनेको विवेकशील साझा पार्टीमार्फत वैकल्पिक राजनीतिलाई नेतृत्व गर्न पाएको अवसरलाई दुरुपयोग गर्दै मिश्रले राप्रपामा मिसिनको लागि ‘बार्गेनिङ टुल’को रूपमा दुरुपयोग गरेकोमा विमति र आपत्ति व्यक्त गरेको बताएका छन्।

उनले पार्टीका सद्भाव समूहहरू तथा अन्तर्राष्ट्रिय समिति भङ्ग भए पनि पुनः नयाँ तरिकाले प्रवासी नेपालीहरूको हकहितका लागि वैकल्पिक राजनीतिका शुभेच्छुकहरू सङ्गठित हुने बताएका छन्।

Copy link
Powered by Social Snap