२०८३ बैशाख २६

Author: Senior Editor Nima

एमसीसी यथास्थितिमा पास गरे राष्ट्रघाती काम ठहरिने छ : भीम रावल

एमसीसी यथास्थितिमा पास गरे राष्ट्रघाती काम ठहरिने छ : भीम रावल

राजनीति
काठमाडौं । नेकपा (एमाले)का नेता भीमबहादुर रावलले अमेरिकी विकास परियोजना एमसीसी यथास्थितिमा पास गरे राष्ट्रघाती काम ठहरिने बताए । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता रावलले नेपालजस्तो मुलुक स्वतन्त्र परराष्ट्र नीतिमार्फत हिँड्नुपर्नेमा जोड दिँदै एमसीसी जस्ताको त्यस्तै पास गरे राष्ट्रघाती काम ठहरिने बताएका हुन् । Advertisement रावलले नेपाली जनताले एमसीसीको राष्ट्रघाती प्रावधानको विरुद्धमा आवाज उठाएको स्मरण गराए । आफूले संसद्मा एमसीसी प्रस्तुत भए आफूले उक्त प्रस्तावको विरुद्धमा मतदान गर्ने पनि उनले बताए । उनले एमसीसीको बारेमा प्रधानमन्त्री, सभामुख, दलका नेताहरू, राष्ट्रियसभाका अध्यक्ष र सांसदहरूलाई लेखेको स्मृतिपत्र आफ्नो व्यक्तिगत धारणा भएको पनि स्पष्ट पारे । फरक प्रसंंगमा उनले स्थानीय तहका जनप्रतिनिधिहरूको पदावधि पा...
एन्फा अध्यक्ष शेर्पा र महासचिव तुलाधरको बयान लिँदै उपाध्यक्ष खड्का

एन्फा अध्यक्ष शेर्पा र महासचिव तुलाधरको बयान लिँदै उपाध्यक्ष खड्का

खेलकुद
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष वीरबहादुर खड्काले अध्यक्ष कर्माछिरिङ शेर्पा र महासचिव इन्द्रमान तुलाधरको बयान लिने भएका छन् ।  Advertisement उपाध्यक्ष खड्काले हवाई टिकट ‘इडिट’ गरी रकम हिनामिना गरेको भन्दै वित्तLय निर्देशक निरञ्जन शाह, लेखा अधिकृत सञ्जिव पाण्डेसँग अध्यक्ष शेर्पा र महासचिव तुलाधरको बयान लिन लागेका हुन् । “माघ १८ गते मैले अध्यक्ष शेर्पा लगायतका पदाधिकारीलाई बयानका लागि एन्फा मुख्यालयमा बोलाएको छु,” उपाध्यक्ष खड्काले भने, “बयान लिइसकेपछि अब बस्ने कार्यसमितिको बैठकमा प्रतिवेदन पेस गर्नेछु ।” गत पुस २२ गते सम्पन्न एन्फा कार्यसमिति बैठकले पेस्की फर्छ्यौटको विषयमा छानबिन गर्न खड्काको संयोजकत्वमा समिति गठन गरेको थियो । ...
एडमा ट्राओरे फर्किए बार्सिलोना

एडमा ट्राओरे फर्किए बार्सिलोना

खेलकुद
स्पेनिस बार्सिलोनाले विंगर एडमा ट्राओरेलाई इंग्लिस क्लब वल्भ्सबाट लोनमा आबद्ध गरेको छ। ट्राओरे बार्सिलोनाकै एकेडेमीका हुर्किएका खेलाडी हुन्। Advertisement अब बार्सिलोनाले २६ वर्षीय स्पेनिस विंगर ट्राओरेलाई तलब दिनेछ भने आगामी सिजन क्लब आबद्ध गर्न सक्ने विकल्प पनि राखिएको छ।  वुल्भ्स र ट्राओरेबीच १८ महिनाको सम्झौता बाँकी नै छ।  सन् २०१५ मा बार्सिलोना छाडेर उनी एस्टन भिल्लामा आबद्ध भएका थिए। त्यसपछ दुई वर्ष मिडल्सब्रीमा खेलेका उनी सन् २०१८ मा वुल्भ्समा १८ मिलिउन पाउन्डमा आबद्ध भएका थिए।  वुल्भ्सबाट १५४ खेल खेल्दा उनले ११ गोल गरेका थिए। सन् २०२० मा स्पेनिस राष्ट्रिय टिममा डेब्यू गरेका उनले ८ खेल खेलेका छन्। ...
मोइन अलीको उत्कृष्ट प्रदर्शनमा इंग्ल्यान्डले वेस्ट इन्डिजलाई हरायो

मोइन अलीको उत्कृष्ट प्रदर्शनमा इंग्ल्यान्डले वेस्ट इन्डिजलाई हरायो

खेलकुद
वेस्ट इन्डिजविरूद्धको चौथो टी-२० खेलमा इंग्ल्यान्ड विजयी भएको छ। वेस्ट इन्डिजमाथि इंग्ल्यान्डले ३४ रनको जित निकालेसँगै पाँच खेलको सिरिज २-२ को बराबरीको स्थितिमा पुगेको छ। Advertisement ब्रिजटाउनमा भएको खेलमा पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ६ विकेटको क्षतिमा १९३ रन जोड्यो। उसका लागि जासन रोएले ५२ रन र मोइन अलीले ६३ रन जोडे।  बलिङमा वेस्ट इन्डिजका जासन होल्डरले ३ विकेट लिए।  १९४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ५ विकेटको क्षतिमा १५९ रन मात्र जोड्न सक्यो। उसका लागि केल मयार्सले सबैभन्दा बढी ४० रन जोडे।  बलिङमा इंग्ल्यान्डका मोइन अलीले २ विकेट लिए। ...
राप्रपामा २४ पदाधिकारी मनोनीत, को–को परे ?

राप्रपामा २४ पदाधिकारी मनोनीत, को–को परे ?

राजनीति
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले दुई उपाध्यक्ष र दुई महामन्त्रीसहित २४ जना पदाधिकारी मनोनयन गरेका छन् । आइतबार अध्यक्ष लिङ्देनले हेमजंग गुरुङ र मुकुन्दश्याम गिरीलाई उपाध्यक्ष र राजेन्द्र गुरुङ र प्रल्हादप्रसाद साहलाई महामन्त्री बनाएका छन् । Advertisement यसैगरी भक्तिप्रसाद सिटौला, मोहन श्रेष्ठ, सगुनसुन्दर लावती र गोपाल दाहाललाई प्रवक्तामा मनोनयन गरेका छन् । उनले सहायक प्रवक्तामा प्रविन कुमार थोकर तामाङ, दिनेश कुमार साह, पूर्णबहादुर चन्दलाई मनोनय गरेका छन् । सहमहामन्त्रीमा मोहनप्रसाद यादव, धनबहादुर बुढा, श्यामबहादुर शाही, प्रकाश रिमाल, रवीन्द्रप्रताप शाह, झनक प्याकुरेल र रीना गुरुङ मनोनीत भएका छन् । यसैगरी सहायक महामन्त्रीमा रमानन्द न्यौपाने, विजय खड्का, प्...
केपी ओलीलाई कारबाही गर्न माग गर्दै उजुरी

केपी ओलीलाई कारबाही गर्न माग गर्दै उजुरी

राजनीति
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी परेको छ । Advertisement ओलीलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गर्न माग गर्दै अभिजित अधिकारी र विरेन्द्र मडैले उजुरी दिएका हुन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आफू कोभिड संक्रमित हुँदाहुँदै माघ १२ गते एमालेको भ्रातृ संगठन युवा संघले आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी भई कोरोना संक्रमण फैलाउने काम गरेको आरोप उजुरीमा लगाइएको छ ।  “आफू कोरोना संक्रमित भई जानीजानी सार्वजनिक स्थलमा गई अन्य व्यक्तिहरूसँग सम्पर्कमा आई कोरोना संक्रमण फैलाउने कार्य गरी संक्रामक रोग ऐन, २०२० विपरीत कार्य गरेकाले निज केपी शर्मा ओलीलाई कानुनबमोजिम आवश्यक कारबाही गरी पाँऊ । निज केपी शर्मा ओलीको उक्त उपस्थिति र भाषणले समाजमा कोरोना संक्रमण फ...
सहिदका सपना साकार पार्न एक भएर लाग्नुपर्छ : उपराष्ट्रपति

सहिदका सपना साकार पार्न एक भएर लाग्नुपर्छ : उपराष्ट्रपति

राजनीति
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले सहिदको सपना साकार पार्न सबै एक भएर लाग्नुपर्ने बताएका छन् । सहिद दिवस–२०७८ का अवसरमा आज सन्देश दिँदै उनले नेपाली जनताले राजनीतिक अधिकार धेरै हदसम्म प्राप्त गरिसकेका तथा देश विकास र समृद्धिको मार्गमा अघि बढिरहेकाले सहिदका सपना पूरा गर्न सबैको ध्यानाकर्षण गराए । Advertisement प्रजातन्त्र, लोकतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्रलगायत उपलब्धिहरू प्राप्तिको मुख्य श्रेय सहिदहरूलाई जाने उल्लेख गर्दै उपराष्ट्रपतिले प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्र स्थापनार्थ आफ्नो जीवनको आहुति दिने सहिदको योगदानको उच्च मूल्यांकन गर्दै सहिद परिवारजनमा सम्मान व्यक्त गरेका छन् । सहिदहरूको बलिदानी सबै नेपाली जनतालाई अधिकारसम्पन्न, सुखी, खुसी र समृद्ध बनाउँदै शान्त, समुन्नत र समृद्ध राष्ट्र निर्माणका लागि थियो भन्दै उनले सहिदहरूको ...
‘विदेशमाजस्तो दुःख  गरे स्वदेशमा मनग्य आम्दानी गर्न सकिन्छ’

‘विदेशमाजस्तो दुःख गरे स्वदेशमा मनग्य आम्दानी गर्न सकिन्छ’

SYM शुद्ध सकारात्मकता
गलकोट । गाउँ छाडेर जापान जाने गलकोटे युवाको जमातका बीच एक युवाले जापानको बसाइ छोट्याएर गाउँ फर्केर बाख्रापालन सुरु गरेका छन् । गलकोट नगरपालिका–५ भैँसे बाँसबारीका रमेश बस्नेतले आठ वर्षको जापान बसाइ टुङ्ग्याएर बाख्रापालन व्यवसाय थालेका हुन् ।  Advertisement गाउँका युवाको लहैलहैमा जापान पुगेका उनी अहिले गाउँमै फर्केर पेशा व्यवसायमा रमाउन थालेका हुन् । आठ वर्ष अगाडि विद्यार्थी भिसामा जापान पुगेका उनले त्यहाँ विभिन्न दुःखकष्ट सहनुपर्यो । विदेशमा निकै दुःख गरेका उनले अहिले गलकोट–९ गल्याङमा व्यावसायिक बाख्रापालन सुरु गरेका छन् । उनले  व्यवस्थित खोर बनाएर अहिले माउ बाख्रा र पाठापाठीको व्यवस्थापन गर्दै छन् ।  व्यवसायी बस्नेतले प्रविधिक शिक्षा हासिल गरे पनि पेशा भने किसानको अँगालेका छन् । पोखरा इञ्जीनियरिङ कलेजबाट डिप्लोमा इञ्जीनियरिङ अध्ययन गरेका ...
सुदीप र आकाशको राष्ट्रिय टोलीमा डेब्यु

सुदीप र आकाशको राष्ट्रिय टोलीमा डेब्यु

खेलकुद
काठमाडौं । सातदोबाटो युथ क्लबका मिडफिल्डर सुदीप गुरुङ र आकाश बुढामगरले राष्ट्रिय टोलीमा डेब्यु गरेका छन् । Advertisement शनिबार नेपाल र मोरिससबीचको मैत्रीपूर्ण फुटबल खेलमा सुदीप ८५औँ मिनेटमा सुरजज्यू ठकुरीको स्थानमा मैदानमा छिरेका थिए । सातदोबाटो युथबाट जारी लिगमा उत्कृष्ट प्रदर्शन गरेका सुदीप पहिलोपटक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परेका थिए । पहिलोपटक नै उनी राष्ट्रिय टोलीमा डेब्यु गर्न सफल भए । एन्फा एकेडेमीका आकाश थापामगरले पनि पहिलोपटक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा स्थान बनाएका थिए । पहिलोपटक नवप्रवेशी सातदोबाटो युथ क्लबबाट शीर्ष डिभिजनको लिग खेलेका आकाश प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको नजरमा परेका हुन् । नेपालको यू–१५, यू–१८, यू–१९ टोलीबाट खेलिसकेका आकाशले एन्फा एकेडेमीपछि यू–१८ ललित स्मृति भने एपीएफ क्लबबाट खेलेका थि...
जेठभित्रै स्थानीय तहको निर्वाचन गर्ने सत्ता गठबन्धनको निर्णय

जेठभित्रै स्थानीय तहको निर्वाचन गर्ने सत्ता गठबन्धनको निर्णय

राजनीति
काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध पाँच दलका नेताहरू आउँदो जेठभित्रै स्थानीय तहको निर्वाचन गर्ने निष्कर्षमा पुगेका छन् । आज अपराह्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा नेताहरू यस्तो निष्कर्षमा पुगेका हुन् । Advertisement उच्चस्तरीय राजनीतिक समितिको बैठकले जेठभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सरकारलाई सुझाव दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । संविधानसँग बाझिएका कानुनहरू संशोधन गर्नुपर्ने भएको त्यसको तयारी गर्न पनि सरकारलाई सुझाव दिइएको उनले बताए । “अब सरकारले निर्वाचन आयोगसँग परामर्श गरेर मिति तोक्नेछ,” उनले भने, “जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन सम्पन्न हुन्छ ।” ...