२०८१ बैशाख ११

राप्रपामा २४ पदाधिकारी मनोनीत, को–को परे ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले दुई उपाध्यक्ष र दुई महामन्त्रीसहित २४ जना पदाधिकारी मनोनयन गरेका छन् । आइतबार अध्यक्ष लिङ्देनले हेमजंग गुरुङ र मुकुन्दश्याम गिरीलाई उपाध्यक्ष र राजेन्द्र गुरुङ र प्रल्हादप्रसाद साहलाई महामन्त्री बनाएका छन् ।


Advertisement


यसैगरी भक्तिप्रसाद सिटौला, मोहन श्रेष्ठ, सगुनसुन्दर लावती र गोपाल दाहाललाई प्रवक्तामा मनोनयन गरेका छन् । उनले सहायक प्रवक्तामा प्रविन कुमार थोकर तामाङ, दिनेश कुमार साह, पूर्णबहादुर चन्दलाई मनोनय गरेका छन् ।

सहमहामन्त्रीमा मोहनप्रसाद यादव, धनबहादुर बुढा, श्यामबहादुर शाही, प्रकाश रिमाल, रवीन्द्रप्रताप शाह, झनक प्याकुरेल र रीना गुरुङ मनोनीत भएका छन् ।

यसैगरी सहायक महामन्त्रीमा रमानन्द न्यौपाने, विजय खड्का, प्रेम बलायर, ऋषिराज देवकोटा, ताहिर अलि र दीपककुमार राईलाई मनोनयन गरिएको लिङ्देनले जारी गरेको विज्ञप्तिमामा उल्लेख छ । 

उनले विभिन्न विभागका प्रमुखसमेत तोकेका छन् ।

Copy link
Powered by Social Snap