२०८१ बैशाख ६

एमसीसी यथास्थितिमा पास गरे राष्ट्रघाती काम ठहरिने छ : भीम रावल

काठमाडौं । नेकपा (एमाले)का नेता भीमबहादुर रावलले अमेरिकी विकास परियोजना एमसीसी यथास्थितिमा पास गरे राष्ट्रघाती काम ठहरिने बताए । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता रावलले नेपालजस्तो मुलुक स्वतन्त्र परराष्ट्र नीतिमार्फत हिँड्नुपर्नेमा जोड दिँदै एमसीसी जस्ताको त्यस्तै पास गरे राष्ट्रघाती काम ठहरिने बताएका हुन् ।


Advertisement


रावलले नेपाली जनताले एमसीसीको राष्ट्रघाती प्रावधानको विरुद्धमा आवाज उठाएको स्मरण गराए । आफूले संसद्मा एमसीसी प्रस्तुत भए आफूले उक्त प्रस्तावको विरुद्धमा मतदान गर्ने पनि उनले बताए ।

उनले एमसीसीको बारेमा प्रधानमन्त्री, सभामुख, दलका नेताहरू, राष्ट्रियसभाका अध्यक्ष र सांसदहरूलाई लेखेको स्मृतिपत्र आफ्नो व्यक्तिगत धारणा भएको पनि स्पष्ट पारे ।

फरक प्रसंंगमा उनले स्थानीय तहका जनप्रतिनिधिहरूको पदावधि पाँच वर्ष पुगेपछि निर्वाचन गर्ने भनेकाले सोहीअनुसार निर्वाचन गर्नुपर्नेमा जोड दिए ।

नेता रावलले आफ्नै पार्टीले गरेको संसद् अवरोधप्रति पनि विरोध जनाए ।

Copy link
Powered by Social Snap